arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

बाँदर आतङक नियन्त्रणको लागी बाँदर हेरालुहरु खटाइयो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २१, शनिवार)

world news


विक्रम पाण्डे समान्ता 
    बाँदरको आतङक बढेपछि अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका वडा नं. १२ मा बाँदर आतङक नियन्त्रणको लागी भनि बाँदर हेरालुहरु खटाइएको छ ।


   वडामा दैनिक जसो बाँदरले किसानहरुले लगाएको अन्न बाली खाइ  दिने , नोक्सान क्षेती तथा  गरी दिने हुनाले वडामा वाली संरक्षणको लागी भन्दै हेरालुहरु खटाइएको हो ।


सन्धिखर्क नगरपालीकाद्धारा नगरपालीकाका प्रत्येक वडाहरुमा वाली संरक्षण अभियान नै चलाइएको छ । जस अन्तर्गत वडा नं. १२ मा बाँदरले वडाका गाउँटोलहरुमा आतङक मच्चाउन थालेपछि वडा कार्यालयले यस्तो निर्णय गरेको हो ।


 वडाका झेडी , सल्लिकोट , परालीकर्ख , बस्यालटोला , जिमुरथुम , भद्राचौर , छाप , टाकुरा चुँदालीटोला ,गायत्रीटोल लागायतका गाउँटोलहरुमा बाँदर हेरालुहरु खटाइएको छ । बाँदर हेरालुहरुले गाउँमा बाँदर आएको छ या नआएको भनि सुचना गाउँका अन्य ब्यक्तीहरुलाई दिनेछ र खबर पाए अनुसार  सबै जना जम्मा भइ बाँदर नियन्त्रणमा लाग्ने छन् । बाँदर हेरालुको काम गरे वापत हेरालुहरुले प्रति हेरालु १० हजारका दरले तलव पाउने छन् । 


वडामा एक दुई दिनमा २ जना हेरालु थप्ने गरी १० जना हेरालु सङख्या रहने छ । ८ जनाले अहिले बाँदर हेर्ने र खबर पुर्याउने काम गरीरहेका छन् । उनीहरुले डेढ महिना सम्म बाँदर हेर्ने काम गर्नेछन् ।  


उता बाँदर नियन्त्रण गर्न हेरालुहरु खटाइएको भन्दै किसानहरुले खुसी ब्यक्त गरेका छन् । किसानहरु विहान उठे देखि साझ सम्म खेतवारीमा बाँदरले क्षेती पुर्याउछ की भनेर बारीमा बस्थे । दैनिक जसो बाँदरले मकै खाइदिने घरमा पसी घर भित्रका सामानहरु ल्यैदिने गरेको थियो ।

समयमै खाना खान नपाइने, घरको अन्य काम गर्न नपाइने  , नानी बाबुहरुलाई विद्यालय पठाउन निकै गाह््रो भएको थियो पारालीखर्कका एक किसान कमल पौडेल बताए । बाँदर हेरालु राखे सँगै वडाका गाउँहरुमा  बाँदर आए नआएको भन्ने खबर थाहा पाउने र बाँदर नियन्त्रणमा सबै जना सहभागी हुँदा मकै खेति जोगिएको बताएका छन् । 
नगरपालीकाबाट १२ लाख रकम विनियोजित भए सँगै विभिन्न वडाहरुमा वाली संरक्षणका कार्यक्रम सञ्चालन भएका छन् । प्रत्येक वडाहरुलाई एक एक लाख रकम छ्ट्टयाइएको हो ।


त्यस्तै वडा नं. १२ को जोरीखोला देखि जिमुरथुम सम्म र जिमुरथुम देखि डिभर्ना सम्मका विग्रीएको सडकमा गिट्टी विछ्याउने कार्य सम्पन्न भएको वडा नं. १२ मा वडा अध्यक्ष नारायण खड्काले जानकारी दिएका छन् ।
 
 

           

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
फोटो फिचर अर्घाखाँचीमा तिहारको भाईटिका लगाइयो
नारायणी नदीले बगाएर बेपत्ता सन्धिखर्कका दुई दाजुभाइ मध्ये भाई राजकुमार श्रेष्ठको शब फेला पर्‍यो
नारायणी नदीमा बेपत्ता भएका सन्धिखर्कका दुई श्रेष्ठ दाजुभाइ शुक्रबार राती सम्म पनि फेला परेनन्
फोटो फिचर भाई टिकाको अघिल्लो दिन सन्धिखर्क - ७ को सुन्दरता
अर्घाखाँचीमा सम्पन्न दोश्रो एसीए क्रिकेट प्रतियोगिताको उपाधी एम्स क्रिकेट क्लवको पोल्टामा
छत्रदेव गाउँपालिकाको अर्घातोषमा संस्कृति जोगाउन युवाहरु परम्परागत रुपमा भैलो खेल्दै
नेपाल संवत ११३८ को अवसरमा सन्धिखर्कमा र्‍याली
सन्धिखर्कका दुई दाजुभाई चन्द्र र राजकुमार श्रेष्ठकोको देवघाटमा नारायणी नदीले बगाएर बेपत्ता : प्रहरी
अर्घाखाँचीका दुई दाजुभाइ देवघाटमा श्राद्धका लागि नुहाउने क्रममा नारायणी नदीले बगाएर बेपत्ता
अर्घाखाँचीमा तिहारको बेला बिक्रीका राखिएका परिकार गुणस्तरहिन, जिल्लाभर सुरक्षा व्यवस्थामा कडाई
अर्घाखाँचीमा सञ्चार क्षेत्रको संरक्षण र प्रर्बधनका देउसी भैली
अर्घाखाँचीमा चाडपर्वका बेला दैनिक ३ करोड रेमिटयान्स भित्रिदै
सन्धिखर्कका सडक कव्जा गर्दै आएका व्यापारीहरुलाई हटाउदै प्रहरी प्रशासन
काठमाडौंबाट अर्घाखाँची जादै गरेको बस दुर्घटना हुनबाट बच्यो
सन्धिखर्कमा जारी दोश्रो एसीए क्रिकेट टुर्नामेन्टमा आज ४ वटा खेल सम्पन्न, यसो छ विजयी समूहको विवरण
अर्घाखाँचीमा प्रहरीद्वारा पटाका बेच्ने चार जनालाई सार्वजनिक मुद्दा
अर्घाखाँचीमा वाम गठबन्धन भएर पनि पौडेल उम्मेदवार भए कांग्रेसले सजिलै क्षेत्र नम्बर २ जित्ने अनुमान
अर्घाखाँचीमा मौरीपालन व्यावसाय फस्टाउँदै, आधुनिक घारमा महको उत्पादन तेब्बर बढ्यो
अर्घाखाँचीमा रेडियो देउरालीले स्टुडियोबाटै गर्‍यो काग सम्मेलन
छत्रदेव गाउँपालिकाको सरस्वती मावि सुर्यथुममा स्वागत कार्यक्रम सम्पन्न