arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
धर्म, समाज, संस्कृति

आज भाईटिका ! दिदीबहिनीहरुद्धारा दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै, हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदैtext size increase   text size decrease   Print    rss (२०७३ कार्त्तिक १६, मंगलवार)

आज हिन्दूहरूको महान् चाड तिहारको अन्तिम दिन भाईटिका, परम्पराअनुसार दिदीबहिनीले दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै, हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै छ ।

Image result for आज भाईटिका  arghakhanchi.com
फाइल तस्बिर 

भाइटीकाका लागि शुभसाइत बिहान ११:५२ मिनेटमा रहेको भए तापनि भाइटीका मध्याह्न तथा अपराह्न पनि गर्न सकिने नेपाल पञ्चाङ्ग समितिले जनाएको छ ।
 
भाइटीका अगाडि दिदीबहिनीले यमराजको प्रार्थना,  धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज । पाहि मां किङ्करैः साद्धं सूर्यपुत्र नमोऽस्तुते  ।। तथा पूजा गरेर आफ्ना दाजुभाइलाई धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला, सप्तरङ्गी टीका लगाइदिएर चिरायुको कामना गर्छन् ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ ।
 
हरेक वर्ष भाइटीकाको दिन खुला गरिने रानीपोखरीस्थित बालगोपाल मन्दिरमा पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि भाइटीका नहुने भएको छ ।  भूकम्पले क्षतिग्रस्त भएको मन्दिरको अझैपनि जीर्णोद्धार नहुँदा मन्दिरमा टीकाको कार्यक्रम नराखिएको हो । तर, बसन्तपुरस्थित काष्ठमन्डपमा अस्थायी पाल राखेर सामूहिक भाइटीका गर्ने तयारी गरिएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
सोमबार ईदको अवसरमा सार्वजनिक बिदा
आज मातातीर्थ औंसी आमाको मुख हेर्ने दिन धुमधाम मनाईंदै
नयाँ वर्ष २०७४ को मुलुकभर भव्य स्वागत
हिन्दु जागरण नेपालले गर्यो पाल्पाको बराङ्ग्दी धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा
मौलिक संस्कृति जगेर्ना गर्न आव्हान: सत्यमोहन जोशी
ज्योतिष बिज्ञानको चमत्कार: कुन अक्षर भएका ब्यक्तिको कस्तो चरित्र ?
स्वस्थानी ब्रत आरम्भ
नयाँ वर्ष २०१७ को स्वागत
क्रिसमसमा सार्वजनिक विदा
आयुर्वेद ऋषि कमलानन्द अभिनन्दित
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै
हिन्दु जागरण नेपालकाे विषेश पशिक्षण कपिलवस्तुमा सम्पन्न
दिदी बहिनी संगि टिका कार्यक्रम सम्पन्न ।
दोस्रो ठूलो चाड तिहार: यम पञ्चकको चौथो दिन हर्षोल्लासका साथ आज परम्पराअनुसार गोवर्धन पूजा गरिँदै
यमपञ्चकको तेस्रो दिन आज गाई तिहार, हर्षोल्लासका साथ धनधान्यकी देवी लक्ष्मीको पूजा, आराधना गरिंदै
यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार, देशभर कुकुरको पूजा गरी मनाइदै
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु ! आज काग तिहार
काठमाडौंले तिहारमा देउसी-भैलो कार्यक्रम राति १० बजेसम्म गर्न पाउने
दसैँको टीका थाप्न जानेहरुको देशभर चहलपहल जारी
बडादसैँ: आफ्ना मान्यवरबाट टीका र जमरा तथा आशीर्वाद लिने क्रम जारी