arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रदेश-२ मा भदौ ३० देखि १ गतेसम्म मतदाता परिचयपत्र वितरणtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २८, बुधवार)

निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ ।

प्रदेश नम्बर-२ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् ।

आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सहीरुपमा मतसंकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नम्बर प्रदेशमा निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेविका परिचालन गरिएको छ ।

स्थानीय सन्चारमाध्यमबाट स्थानीय भाषामा मतदाता शिक्षा प्रदान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।

गैरसरकारी संघ-संस्थामार्फत् पनि यसपटकको निर्वाचनमा मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन सडकनाटकलाई पनि जोड दिइएको छ ।

आयोगले असोज २ गते हुने निर्वाचनलाई दृष्टिगत गरी एक हजारभन्दा बढी स्थानमा नमुना मतदानको कार्यक्रम सन्चालन गरिरहेको जानकारी दिँदै प्रवक्ता ढकालले भने- तेस्रो चरणको निर्वाचनमा आयोगबाट मतदाता शिक्षालाई बढी फोकस गरिएको छ । यसपटकको मतदाता शिक्षाले प्रभावकारी परिणाम दिनेछ । 

तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका विभिन्न पदमा ६ हजार ६२७ प्रतिनिधिको चयन हुनेछ ।

प्रदेश नम्बर-२ का स्थानीय तहका विभिन्न पदमा ३७ हजारभन्दा उम्मेदवारी परेको छ ।

निर्वाचनका लागि आवश्यक जनशक्ति, शान्तिसुरक्षा र निर्वाचन सामग्रीको व्यवस्थापन भइसकेको आयोगले जनाएको छ ।

प्रदेश नम्बर-२ को निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन आचारसंहिता परिपालनमा पनि आयोगले यसपटक निकै जोड दिँदै आएको छ ।

मतदाता परिचयपत्र लिन भरसक आफैं मतदान केन्द्रमा पुग्न आयोगले मतदातालाई आग्रह गरेको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
तराई क्षेत्रमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण कैलालीका सामुदायिक विद्यालयहरु बन्द
विभिन्न जिल्लामा आन्दोलन चर्किन थालेपछि प्रदेश राजधानी तोक्ने तयारीबाट सरकार पछाडि हट्यो
एमाले र माओवादी केन्द्र पार्टी एकताबारे आन्तरिक छलफलमा
धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै विगत ६ दिनदेखिको आमहड्ताल जारी
पर्वतमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो
काठमाडौंलगायत देशभर निकै चिसो बढ्यो
जनजीवन कष्टकर बन्दै गएपछि धनकुटामा जारी आमहड्ताललाई केही खुकुलो
अत्याधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु
मोरङको राधानगरमा रहेको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न माग
व्यवसायीको हत्याको विरोधमा अनिश्चितकालिन रुपन्देही बन्दको आहवान
जाजरकोटमा रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु, तीनसय बढी विरामी
धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउनुपर्ने माग गर्दै गरेकोे आमहड्ताल जारी
शीतलहरसँगैको चिसो हावाका कारण सप्तरीमा ६ जनाको मृत्यु
प्रदेश नम्बर-५ को राजधानी कपिलवस्तुमा हुनुपर्ने माग गर्दै आन्दोलन सुरु
सिन्धुलीका भूकम्पपीडितले अझै घर बनाउन सकेनन्
शितलहरका कारण सप्तरीको जनजिवन कष्टकर, ३ जनाको मृत्यु, विद्यालय बन्द
देशभर चिसो बढ्दै, जनजीवन कष्टकर
सात प्रदेशका अस्थायी केन्द्रसहित प्रदेश सरकार सञ्चालनसम्बन्धी ५ अन्तरिम कार्यविधिको प्रस्ताव तयार
तौलिहवा अस्पतालमा नवजात शिशु सघन कक्ष सञ्चालनमा ल्याइने
प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रीका भ्रमण खर्च भुक्तानी रोक्का
http://go.oclaserver.com/afu.php?zoneid=1465736