arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रदेश-२ मा भदौ ३० देखि १ गतेसम्म मतदाता परिचयपत्र वितरणtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २८, बुधवार)

निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ ।

प्रदेश नम्बर-२ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् ।

आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सहीरुपमा मतसंकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नम्बर प्रदेशमा निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेविका परिचालन गरिएको छ ।

स्थानीय सन्चारमाध्यमबाट स्थानीय भाषामा मतदाता शिक्षा प्रदान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।

गैरसरकारी संघ-संस्थामार्फत् पनि यसपटकको निर्वाचनमा मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन सडकनाटकलाई पनि जोड दिइएको छ ।

आयोगले असोज २ गते हुने निर्वाचनलाई दृष्टिगत गरी एक हजारभन्दा बढी स्थानमा नमुना मतदानको कार्यक्रम सन्चालन गरिरहेको जानकारी दिँदै प्रवक्ता ढकालले भने- तेस्रो चरणको निर्वाचनमा आयोगबाट मतदाता शिक्षालाई बढी फोकस गरिएको छ । यसपटकको मतदाता शिक्षाले प्रभावकारी परिणाम दिनेछ । 

तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका विभिन्न पदमा ६ हजार ६२७ प्रतिनिधिको चयन हुनेछ ।

प्रदेश नम्बर-२ का स्थानीय तहका विभिन्न पदमा ३७ हजारभन्दा उम्मेदवारी परेको छ ।

निर्वाचनका लागि आवश्यक जनशक्ति, शान्तिसुरक्षा र निर्वाचन सामग्रीको व्यवस्थापन भइसकेको आयोगले जनाएको छ ।

प्रदेश नम्बर-२ को निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन आचारसंहिता परिपालनमा पनि आयोगले यसपटक निकै जोड दिँदै आएको छ ।

मतदाता परिचयपत्र लिन भरसक आफैं मतदान केन्द्रमा पुग्न आयोगले मतदातालाई आग्रह गरेको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
प्रतिनिधि र प्रदेशसभाको निर्वाचन दुई चरणमाः कुन जिल्लामा कहिले ? विवरण सहित
निर्वाचन आयोगद्वारा सरकारलाई सरकारलाई प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन लक्षित ७ बुँदे निर्देशन
स्वास्थ्यमन्त्रीको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय नयाँ स्वास्थ्य नीति निर्धारण समिति गठन
प्रतिनिधि र प्रदेशसभाको निर्वाचन १० र २१ मंसिर गते दुई चरणमा
सर्वोच्चमा प्रदेश र केन्द्रको निर्वाचनसम्बन्धी मुद्दामा भदौ १९ गते फैसला हुने
कक्षा १२ को नतिजा सार्वजनिक
दसैं आउन एक महिना पनि बाँकी छैन, अग्रिम टिकट बुकिङ खुल्ने टुंगो भएन
आगामी असोज २ गते हुने स्थानीय निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण
निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझायो, कहाँ कति क्षेत्र?
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा आगामी मंसिर १० र २१ गते हुने
भाइरलका कारण कास्की कारागारमा रहेका ५० कैदी एकै पटक बिरामी
लुम्बिनी एक सातादेखि अन्धकारमय
बारामा निर्वाचनको सरगर्मी ह्वात्तै बढ्यो
प्रदेश नम्बर-२ मा असोज २ गते हुने स्थानीय निर्वाचनको सम्पूर्ण तयारी पूरा
अनेरास्वबियू छैठौंले भदौ २३ र २४ गते पाँच नम्बर प्रदेशको प्रथम भेला गर्ने
प्रदेश २ मा स्थानीय चुनाव नजिकदै जाँदा सर्वसाधारणमा उत्साह
ताप्लेजुङमा हत्यारा पत्ता लगाउन माग गदै महिला आन्दोलित
खोटाङमा भाइरल ज्वरोका बिमारीहरुको चाप
संखुवासभामा ८ हजारभन्दा बढी नयाँ मतदाता थपिए
बबईको तटीय क्षेत्रमा त्रास कायमै