arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रदेश-२ मा भदौ ३० देखि १ गतेसम्म मतदाता परिचयपत्र वितरणtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २८, बुधवार)

निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ ।

प्रदेश नम्बर-२ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् ।

आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सहीरुपमा मतसंकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नम्बर प्रदेशमा निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेविका परिचालन गरिएको छ ।

स्थानीय सन्चारमाध्यमबाट स्थानीय भाषामा मतदाता शिक्षा प्रदान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।

गैरसरकारी संघ-संस्थामार्फत् पनि यसपटकको निर्वाचनमा मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन सडकनाटकलाई पनि जोड दिइएको छ ।

आयोगले असोज २ गते हुने निर्वाचनलाई दृष्टिगत गरी एक हजारभन्दा बढी स्थानमा नमुना मतदानको कार्यक्रम सन्चालन गरिरहेको जानकारी दिँदै प्रवक्ता ढकालले भने- तेस्रो चरणको निर्वाचनमा आयोगबाट मतदाता शिक्षालाई बढी फोकस गरिएको छ । यसपटकको मतदाता शिक्षाले प्रभावकारी परिणाम दिनेछ । 

तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका विभिन्न पदमा ६ हजार ६२७ प्रतिनिधिको चयन हुनेछ ।

प्रदेश नम्बर-२ का स्थानीय तहका विभिन्न पदमा ३७ हजारभन्दा उम्मेदवारी परेको छ ।

निर्वाचनका लागि आवश्यक जनशक्ति, शान्तिसुरक्षा र निर्वाचन सामग्रीको व्यवस्थापन भइसकेको आयोगले जनाएको छ ।

प्रदेश नम्बर-२ को निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन आचारसंहिता परिपालनमा पनि आयोगले यसपटक निकै जोड दिँदै आएको छ ।

मतदाता परिचयपत्र लिन भरसक आफैं मतदान केन्द्रमा पुग्न आयोगले मतदातालाई आग्रह गरेको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले देउवा क्याम्प छोडर सभापति सुशील कोइराला क्याम्पमा प्रवेश
सुदूरपश्चिम बन्दका कारण प्रहरीको स्कर्टिङ्गमा जाँदै गरेको यात्रुबस कञ्चनपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु
कास्कीको माछापुच्छ्रे स्थित अन्नपूर्ण हिमशृङ्खला पग्लिएर आएको भीषण बाढीले बगाएर १३ को मृत्यु
एमाले झलनाथ खनालद्धारा निर्धारित समयमै संविधान बन्ने-नबन्ने अझै ग्यारेन्टी गर्न सक्ने अवस्था नभएको उल्लेख
समग्र मधेस एक प्रदेश हुनुपर्ने माग गर्दै सप्तरीमा मशाल जुलुस प्रदर्शन
चार राजनीतिक पक्षबीच भएको पाँच बुँदे दुनियाँलाई उल्लु बनाउने सहमति भएको भन्दै माओवादी वैद्यपक्षद्धारा गम्भीर आपत्ति र असहमति
राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिमा हस्ताक्षर गरेको भोलिपल्ट एमालेमा भने सरकारमा नजानेको बहुमत
संघीयताविरुद्ध खरो उत्रिएका राजमोका चित्रबहादुर केसीलाई १५ दिनभित्रै मार्ने धम्की
थारु संर्घष समितीको दुई दिन तराई बन्द
सरकारद्धारा नेपाली सेना र सशस्त्र प्रहरीमा तीन उच्च अधिकृतको बढुवा, भन्सार महशुल बृद्धि गर्ने निर्णय
जातिय आधारमा राज्यको पुनर्संरचना गर्न नहुने भन्दै संयुक्त क्षेत्री ब्राम्हण समाजद्धारा नुवाकोट बन्द
सरकारद्धारा जनकपुर धर्नामा भएको विस्फोटमा मारिएका चार जनालाई शहीद घोषणा
आज विश्व प्रेस स्वतन्त्रता दिवस
अपहरण अभियोगमा जेल परेका श्यामसुन्दर गुप्ताको निवेदन सर्वोच्च अदालतमा दर्ता
अखण्ड सुदूरपश्चिमको मागलाई जनमतसंग्रहबाट टुङगाउन आग्रह
जनकपुरको रामानन्द चोकमा फेरि बम विस्फोट
पत्रकारलाई नियमित रुपमा पारिश्रमिक नदिने संचार गृहहरुलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण
अखण्ड सुदूरपश्चिमको माग राख्दै आह्वान गरेको बन्द यथावत रहेपछि जवजिवन थप कष्टकर
माओवादी सीपी गजुरेलद्धारा आफ्नै पार्टीका पुष्पकमल दाहाल गद्दार भएको आरोप लगाउदै पार्टीबाट हटाएरै छाड्ने उद्‍घोष
असहमतिलाई बहुमतीय प्रक्रियाबाट टुङ्गो लगाउन संविधान सभा नियमावली संशोधन विधेयक पारित