arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रदेश-२ मा भदौ ३० देखि १ गतेसम्म मतदाता परिचयपत्र वितरणtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २८, बुधवार)

निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ ।

प्रदेश नम्बर-२ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् ।

आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सहीरुपमा मतसंकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नम्बर प्रदेशमा निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेविका परिचालन गरिएको छ ।

स्थानीय सन्चारमाध्यमबाट स्थानीय भाषामा मतदाता शिक्षा प्रदान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।

गैरसरकारी संघ-संस्थामार्फत् पनि यसपटकको निर्वाचनमा मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन सडकनाटकलाई पनि जोड दिइएको छ ।

आयोगले असोज २ गते हुने निर्वाचनलाई दृष्टिगत गरी एक हजारभन्दा बढी स्थानमा नमुना मतदानको कार्यक्रम सन्चालन गरिरहेको जानकारी दिँदै प्रवक्ता ढकालले भने- तेस्रो चरणको निर्वाचनमा आयोगबाट मतदाता शिक्षालाई बढी फोकस गरिएको छ । यसपटकको मतदाता शिक्षाले प्रभावकारी परिणाम दिनेछ । 

तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका विभिन्न पदमा ६ हजार ६२७ प्रतिनिधिको चयन हुनेछ ।

प्रदेश नम्बर-२ का स्थानीय तहका विभिन्न पदमा ३७ हजारभन्दा उम्मेदवारी परेको छ ।

निर्वाचनका लागि आवश्यक जनशक्ति, शान्तिसुरक्षा र निर्वाचन सामग्रीको व्यवस्थापन भइसकेको आयोगले जनाएको छ ।

प्रदेश नम्बर-२ को निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन आचारसंहिता परिपालनमा पनि आयोगले यसपटक निकै जोड दिँदै आएको छ ।

मतदाता परिचयपत्र लिन भरसक आफैं मतदान केन्द्रमा पुग्न आयोगले मतदातालाई आग्रह गरेको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
भिडियोमा माओवादी दाहालद्धारा चार चार पटक पनि चुनाव हुन सक्छ भन्दै अब चुनावमा जाँदा फेरि पुरानै एजेण्डा लिएर जाने
कङ्ग्रेस-एमालेलगायतका साना दलद्धारा प्रधानमन्त्रीले गरेको चुनाव घोषणा अवैधानिक भएको ठहर, सहमतिको सरकार तत्काल गठन गर्न आग्रह
माओवादी पुष्पकमल दाहालद्धारा चार चार पटक पनि संविधान सभा चुनाव हुन सक्छ भन्दै संविधान बन्न नसकेकोमा क्षमायाचना,
एमाले ताजा निर्वाचनमा जान तयार (प्रेस विज्ञप्तिको पूर्ण पाठ)
संविधान सभा विघटनपछिको अवस्थाबारे छलफल गरी आगामी रणनीति तय गर्ने उद्देश्यले कङ्ग्रेस, एमाले, माले, मधेसी फोरमको सर्वदलीय छलफल सुरु
संबिधान सभाबाट संबिधान घोषणा नभएपछि जनआक्रोश बढ्दो, माओवादी पुष्पकमल दाहाल र प्रधानमन्त्री भट्टराईको पुत्ला दहन
माओवादी बैद्य र रामबहादुर थापाले सरकारको कदमप्रति गम्भीर आपत्ति, प्रधानमन्त्री भट्टराइको राजीनामा माग
चित्रबहादुर केसीद्धारा संविधानसभाले संविधान दिन नसकेमो दुख व्यक्त गर्दै मुलुक ध्वस्त हुनबाट जोगिएको टिप्पणी
विघठित संविधानसभाकाका पाँच दलद्धारा प्रधानमन्त्री भट्टराईले घोषणा गरेको निर्वाचन अवैद्यानिक भएको भन्दै राजीनामा माग
भिडियोमा राष्ट्रका नाउँमा सम्बोधन: प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा मंसिर ७ गतेको लागि ताजा निर्वाचनको घोषणा
एमालेबाट सरकारमा उप्रधानमन्त्री रहेका ईश्वर पोखरेलद्धारा राजीनामा
आगामि मंसिर ७ गतेकोलागी संविधानसभाको अर्को निर्वाचन
संबिधान नआउने पक्का, बिकल्पः चुनाव वा संकटकाल,संबिधानसभा जोगाउन सकिएन् ।-माओवादी अध्यक्ष प्रचण्ड
संबिधान नआउने पक्का, बिकल्पः चुनाव वा संकटकाल,संबिधानसभा जोगाउन सकिएन् ।-माओवादी अध्यक्ष प्रचण्ड
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने तयारी ,युवा सभासद्हरु छलफलमा जुट्दै
प्रत्क्षय टि.भी लाईभ: आज नेपालमा नयाँ संविधान जारी गर्ने अन्तिम दिन ज्येष्ठ १४
मूख्य दलहरुले संविधानका विवादित विषय सुल्झाउन प्रयास तिव्र, माओवादी हदै लचक
एक वर्ष जेल सजायबाट बच्न प्रधानमन्त्रीबाट प्रधानन्यायाधीशलाई महाअभियोग, प्रधानमन्त्री निकट सांसदहरु हस्ताक्षर गर्दै, सत्ता कब्जाको आशंका
संविधानसभा भवन अगाडि घेराउ र नाराबाजी मतदानबाटै भएपनि संविधान ल्याउन आग्रह
आज ज्येष्ठ १४ अर्थात नयाँ संविधान जारी गर्ने दिन, दलहरु बिचको वार्ता प्रयास जारी, संविधानसभा विघटनको संघारमा
http://go.oclaserver.com/afu.php?zoneid=1465736