arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रदेश-२ मा भदौ ३० देखि १ गतेसम्म मतदाता परिचयपत्र वितरणtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २८, बुधवार)

निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ ।

प्रदेश नम्बर-२ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् ।

आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सहीरुपमा मतसंकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नम्बर प्रदेशमा निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेविका परिचालन गरिएको छ ।

स्थानीय सन्चारमाध्यमबाट स्थानीय भाषामा मतदाता शिक्षा प्रदान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।

गैरसरकारी संघ-संस्थामार्फत् पनि यसपटकको निर्वाचनमा मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन सडकनाटकलाई पनि जोड दिइएको छ ।

आयोगले असोज २ गते हुने निर्वाचनलाई दृष्टिगत गरी एक हजारभन्दा बढी स्थानमा नमुना मतदानको कार्यक्रम सन्चालन गरिरहेको जानकारी दिँदै प्रवक्ता ढकालले भने- तेस्रो चरणको निर्वाचनमा आयोगबाट मतदाता शिक्षालाई बढी फोकस गरिएको छ । यसपटकको मतदाता शिक्षाले प्रभावकारी परिणाम दिनेछ । 

तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका विभिन्न पदमा ६ हजार ६२७ प्रतिनिधिको चयन हुनेछ ।

प्रदेश नम्बर-२ का स्थानीय तहका विभिन्न पदमा ३७ हजारभन्दा उम्मेदवारी परेको छ ।

निर्वाचनका लागि आवश्यक जनशक्ति, शान्तिसुरक्षा र निर्वाचन सामग्रीको व्यवस्थापन भइसकेको आयोगले जनाएको छ ।

प्रदेश नम्बर-२ को निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन आचारसंहिता परिपालनमा पनि आयोगले यसपटक निकै जोड दिँदै आएको छ ।

मतदाता परिचयपत्र लिन भरसक आफैं मतदान केन्द्रमा पुग्न आयोगले मतदातालाई आग्रह गरेको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सबैभन्दा बढी क्षति भएको सर्लाहीका बाढीपीडित किसानले अझै राहत पाएनन्
३१ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन
बस दुर्घटनापछि सप्तरी शोकमग्न, एकै परिवारका पाँचजनाको मृत्यु
सप्तरीका सबै स्थानीय तह बस दुर्घटनाको शोकमा आइतबार बन्द हुने
त्रिशूलीमा बस खस्दा मृत्यु भएका ३१ जना मध्ये २४ को सनाखत
कम्युनिष्ट गठबन्धन राष्ट्रियताविरुद्ध षड्यन्त्र गर्न बनेको प्रधानमन्त्री देउवाको आरोप
त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुग्यो
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छाप्न थालियो
काठमाडौंमा रगतको अभाव, रक्तदान गर्न आह्वान
तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेको प्रमुख निर्वाचन आयुक्तको प्रस्ट
म्यादी प्रहरीलाई नगद मै पोशाक भत्ता
बिर्तामोडमा अनिश्चितकालीन कर्फ्यु
सर्वोच्चले अलग-अलग पानामा मतपत्र छाप्न आदेश दिएपछि निर्वाचन आयोग अन्योलमा
दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनका लागि ४५ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
माओवादी केन्द्रका प्रचन्डद्दारा समयभित्रै निर्वाचन नभए संसद स्वतः पुनःस्थापना हुने उल्लेख
मंसिर १० गते हुने निर्वाचनको अन्तिम नामावली सार्वजनिक
नारायणगढ-मुग्लिन सडकखन्ड निर्माणका लागि पुनः दिउँसो यातायात रोकेर काम थालिने
झापामा डेंगुको संक्रमण फैलियो, एक महिलाको मृत्यु, ३ सय ४१ संक्रमित
कांग्रेसमा दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी चयन प्रक्रिया शुरु
मोरङमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र थपिए
http://go.oclaserver.com/afu.php?zoneid=1465736