arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रदेश-२ मा भदौ ३० देखि १ गतेसम्म मतदाता परिचयपत्र वितरणtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २८, बुधवार)

निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ ।

प्रदेश नम्बर-२ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् ।

आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सहीरुपमा मतसंकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नम्बर प्रदेशमा निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेविका परिचालन गरिएको छ ।

स्थानीय सन्चारमाध्यमबाट स्थानीय भाषामा मतदाता शिक्षा प्रदान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।

गैरसरकारी संघ-संस्थामार्फत् पनि यसपटकको निर्वाचनमा मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन सडकनाटकलाई पनि जोड दिइएको छ ।

आयोगले असोज २ गते हुने निर्वाचनलाई दृष्टिगत गरी एक हजारभन्दा बढी स्थानमा नमुना मतदानको कार्यक्रम सन्चालन गरिरहेको जानकारी दिँदै प्रवक्ता ढकालले भने- तेस्रो चरणको निर्वाचनमा आयोगबाट मतदाता शिक्षालाई बढी फोकस गरिएको छ । यसपटकको मतदाता शिक्षाले प्रभावकारी परिणाम दिनेछ । 

तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका विभिन्न पदमा ६ हजार ६२७ प्रतिनिधिको चयन हुनेछ ।

प्रदेश नम्बर-२ का स्थानीय तहका विभिन्न पदमा ३७ हजारभन्दा उम्मेदवारी परेको छ ।

निर्वाचनका लागि आवश्यक जनशक्ति, शान्तिसुरक्षा र निर्वाचन सामग्रीको व्यवस्थापन भइसकेको आयोगले जनाएको छ ।

प्रदेश नम्बर-२ को निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन आचारसंहिता परिपालनमा पनि आयोगले यसपटक निकै जोड दिँदै आएको छ ।

मतदाता परिचयपत्र लिन भरसक आफैं मतदान केन्द्रमा पुग्न आयोगले मतदातालाई आग्रह गरेको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
प्रधानमन्त्री देउवाद्दारा एमालेलाई सरकारमा आउने हतारोका कारण सरकार छाड्न ढिलाइजस्तो देखिएको भनाई
अछामको साँफेबगर नगरपालिकाको नौलाकोट युवाविहीन
एमालेले सर्वसम्मत् हुन नसके चुनावबाट मुख्यमन्त्री चयन गर्ने
सुनसरीका आधा दर्जन गाउँपालिकामा अवैध गाँजाखेती नस्ट
आज शहिद दिवस बिभिन्न कार्यक्रम गरी मनाउदै ।
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत् प्रदेश नम्बर-१ मा ६ जना निर्विरोध निर्वाचित
आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध अकुत सम्पत्ति आर्जनमा अर्को मुद्दा दायर
काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत् १२ जना विदेशी डाक्टर र पाँचजना अस्पताल सन्चालकहरु पक्राउ
माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान, २४ जना निर्विरोध निर्वाचित, ३२ सिटका लागि ५२ जना मैदानमा
प्रदेश नम्बर २ बाट राष्ट्रियसभा सदस्यका आठवटै प्रत्यासी निर्विरोध निर्वाचित
देशभरका २९ विमानस्थलको कमाइ यस्तो छ-
नेपालमा वर्षेनी करिब तीन हजार नयाँ कुष्ठरोग बिरामी देखा
भैरहवा भन्सारबाट भारत तथा तेस्रो मुलुकमा निर्यातको अबस्था सुधार हुँदै, १ अर्ब ८४ करोडको सामान निर्यात
प्रधानमन्त्री देउवाको अर्को पपुलिस्ट घोषणा; दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता दिने निर्णय
समयमै बजार नपाउँदा चिसोको कारण नुवाकोटमा एक करोडभन्दा बढीको माछा मरे
पोखराको गण्डकी मेडिकल कलेजका विद्यार्थी बढी शुल्क माग गरिएपछि आन्दोलित
प्रधानमन्त्री देउवाद्दारा आफ्नो नेतृत्वको सरकारले जनहितमा काम गर्न नपाएको गुनासो
काठमाडौंबाट झापा जाँदै गरेको टाटासुमो दुर्घटनामा मृत्यु हुनेको संख्या ६ जना
नारायणगढ–मुग्लिन सडक दिउँसो ६ घण्टा बन्द
चैत १५ सम्ममा मेलम्चीको पानी राजधानीमा ल्याइने तयारी
http://go.oclaserver.com/afu.php?zoneid=1465736