arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रदेश-२ मा भदौ ३० देखि १ गतेसम्म मतदाता परिचयपत्र वितरणtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २८, बुधवार)

निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ ।

प्रदेश नम्बर-२ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् ।

आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सहीरुपमा मतसंकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नम्बर प्रदेशमा निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेविका परिचालन गरिएको छ ।

स्थानीय सन्चारमाध्यमबाट स्थानीय भाषामा मतदाता शिक्षा प्रदान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।

गैरसरकारी संघ-संस्थामार्फत् पनि यसपटकको निर्वाचनमा मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन सडकनाटकलाई पनि जोड दिइएको छ ।

आयोगले असोज २ गते हुने निर्वाचनलाई दृष्टिगत गरी एक हजारभन्दा बढी स्थानमा नमुना मतदानको कार्यक्रम सन्चालन गरिरहेको जानकारी दिँदै प्रवक्ता ढकालले भने- तेस्रो चरणको निर्वाचनमा आयोगबाट मतदाता शिक्षालाई बढी फोकस गरिएको छ । यसपटकको मतदाता शिक्षाले प्रभावकारी परिणाम दिनेछ । 

तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका विभिन्न पदमा ६ हजार ६२७ प्रतिनिधिको चयन हुनेछ ।

प्रदेश नम्बर-२ का स्थानीय तहका विभिन्न पदमा ३७ हजारभन्दा उम्मेदवारी परेको छ ।

निर्वाचनका लागि आवश्यक जनशक्ति, शान्तिसुरक्षा र निर्वाचन सामग्रीको व्यवस्थापन भइसकेको आयोगले जनाएको छ ।

प्रदेश नम्बर-२ को निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन आचारसंहिता परिपालनमा पनि आयोगले यसपटक निकै जोड दिँदै आएको छ ।

मतदाता परिचयपत्र लिन भरसक आफैं मतदान केन्द्रमा पुग्न आयोगले मतदातालाई आग्रह गरेको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
भारतमा पक्राउ परेका देवनारायण रिहा
कांग्रेसद्वारा राष्ट्रिय जनमोर्चासँग प्यूठान, बाग्लुङ र अर्घाखाँचीमा मिलेर चुनाव लड्ने प्रस्ताव
लामो समयदेखि प्रतिक्षा गरिरहेको कर्मचारी समायोजन सम्बन्धि विधेयक व्यवस्थापिका संसदबाट पारित
संघीय र प्रादेशिक निर्वाचनका लागि तेह्रथुमका प्रमुख दलहरुद्वारा उम्मेदवार सिफारिस
जुन दलको चुनाव चिह्नमा चुनाव लड्यो, सोही दलको सदस्य रहने निर्वाचन आयोगको प्रष्ट
प्रहरीका निवर्तमान डीआइजी नवराज सिलवाल एमालेमा प्रवेश
वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका क्षेत्र ३ दिनभित्र बाँडफाँड गर्ने
कांग्रेसद्वारा माओवादीको सरकारमा बस्ने नैतिक आधार समाप्त भएको निष्कर्ष
कांग्रेसद्वारा लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउन पार्टीबाट तीनजनाको नाम सिफारिस
साना पार्टीको ३३ दलीय मोर्चा पनि वाम एकतामा, हँसिया-हथौडामा निर्वाचन लड्ने
कांग्रेसलगायतका दलहरु लोकतान्त्रिक गठबन्धन बनाउनेतर्फ अग्रसर
एमाले, माओवादी केन्द्र र नयाँशक्तिद्वारा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल, पार्टी एकीकरण गर्ने घोषणा
दशैंको टीका लगाउन जाने क्रममा सर्लाहीमा लखन्देही खोलाले बगाएर ६ जना बेपत्ता
लामो आन्दोलन र दशैं बिदा पश्चात देशभरका अस्पतालमा ओपीडी सेवा नियमित संचालन
बाढीले बेनी-जोमसोम सडक बगाएपछि सडक अवरुद्ध, सयौं यात्रु अलपत्र
एमाले र माओवादी केन्द्रद्वारा मिलेर चुनाव लड्ने र पार्टी एकता गर्ने सहमति
दशैं मनाउन गाउँ गएकाहरु कर्मथलो फर्कन थाले
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ शुरु
तराई मधेस केन्द्रित दलमा रहेका नेता हृदयेश त्रिपाठी एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने
राष्ट्रपति भण्डारी देखि पूर्व राजा ज्ञानेन्द्र शाहसम्मले दिए दशैंको शुभकामना
http://go.oclaserver.com/afu.php?zoneid=1465736