arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
सम्पादकिय

दलहरु सरकार बनाओ-संबिधान सभालाई तुहाएमा पाप लाग्ने छ-सम्पादकियtext size increase   text size decrease   Print    rss (२०६७ माघ ६, विहीवार)

                                                                                                                   उमाकान्त पाण्डे गाउले-अन्तराष्ट्रिय प्रमुख प्रतिनिधि
 
राजनीतिक दलहरूलाई सहमतिका आधारमा सरकार बनाउन राष्ट्रपति डा. रामवरण यादवले फेरि आह्वान गरेका छन्। भोली शुक्रबारसम्मको समय तोकी अन्तरिम संविधानको धारा ३८-१ बमोजिमको सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिले दलहरूलाई आह्वान गरेका हुन्।राष्ट्रपतिको यो आह्वान र अब विकसित हुने घटनाक्रमले मुलुकले नयाँ सरकार पाउने सम्भावना बढाएको छ । तर शकां र उपशकां अझ बढी छन जती सकरात्मक हुनु पर्ने हो।

झन्डै सात महिनादेखि मुलुक कामचलाउ सरकारको भरमा छ । प्रकृया मिचेर भन्न नमिले पनि कामचलाउ सरकारले अहिलेसम्म दर्जनौं महत्त्वपूर्ण निर्णय गरिसकेको छ।कामचलाउ सरकारको दायित्व र अधिकारभित्र नपर्ने निर्णय पनि स्वाभाविक रूपले भएका छन्।शान्ति प्रक्रियाको भविष्यसँग गाँसिएको नेपालका लागि राष्ट्रसंघीय मिसन -अनमिन)लाई मुलुकबाट बिदाइ गरिएको छ।त्यससँगै अनमिनले गर्दै आएको काम सेना समायोजन विशेष समितिले पाएको छ ।

केही न्यूनतम र कामचलाउ किसिमका सहमति भए पनि मुलुकमा दिर्घकालीन रूपमा सकारात्मक अर्थ राख्ने निर्णय भएका छैनन्।दलहरू मात्र नभएर सरकारको निर्णयमा पनि भर पर्ने कतिपय विषयहरू अझै अलपत्र छन् । यो अवस्थामा सहमतीय त के बहुमतीय सरकार पनि निर्माण हुन सकेको छैन । दलहरू बहुमतीय सरकार निर्माणका लागि न्यूनतम सहमति जुटाउने र सामान्य लोकतान्त्रिक प्रणालीजस्तो बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष बनाउने विषयमा समेत सहमति जुटाउन असफल भएका छन्।१६ पटकसम्म प्रधानमन्त्री निर्वाचनमा पराजित भएपछि कांगे्रसले आफ्नो  उम्मेदवारलाई मैदानबाट पछि हटाएको छ । दलहरूबीच आन्तरिक द्वन्द्व र आपसी कटुताले सरकार गठन हुन नसकेको यथार्थ कसैबाट छिपेको छैन । केही सकारात्मक लक्षण देखिए पनि राष्ट्रपतिको आह्वानजस्तो सजिलै सहमतीय सरकार निर्माण हुने सम्भावना देखिँदैन । तर, जनताले बहुमतीय नै भए पनि सरकार निर्माण भएको हेर्न चाहेका छन् । मुलुकको अहिलेको न्यूनतम आवश्यकता पनि यही हो ।

राज्यका कुनै पनि निकायले काम नगरेको समयमा जनता र राज्यबीचको दूरी बढ्ने गर्छ । यतिबेला राज्यका अधिकांश निकायसँग जनताको विश्वास घट्दो छ । ऐतिहासिक संविधानसभा म्याद थपिए पनि निकम्माजस्तै भएको छ भने संसद्ले पनि प्रभावकारी रूपमा काम गर्न सकेको छैन । मुलुकको इज्जत जाने गरी सात महिनादेखि कामचलाउ सरकार मात्र अस्तित्वमा छ । राज्यका अन्य अंग पनि जनअपेक्षाअनुसार चलेका छैनन् । यी सबै घटनामा दलहरू मूकदर्शक मात्र बनिरहेका छन् । राष्ट्रपतिको आह्वान निकट विगतमा जस्तो १६ पटक प्रधानमन्त्री निर्वाचन गर्दा पनि परिणाम नआउने बाटोमा अब मुलुक नहिँडोस् । जनताले दलहरूसँग त्यति अपेक्षा गरेका छन् किनभने उनीहरू स्थिर सरकार, दलहरूबीच न्यूनतम सहमति र शान्ति प्रक्रियाको निष्कर्ष हेर्न चाहन्छन् । दलहरूले जनअपेक्षा बुझने र नेपाली जनताको आकांक्षा पूरा गर्ने हो भने यो न्यूनतम सहमतिमा पुग्नैपर्छ। सरकारको अनिस्चितता सँगै संबिधान बनाउने प्रकृया धरापमा पर्नु आँफैले जन्माएको बच्चा लाई आँफैले हत्या गर्नु हो। त्यसर्थ दल हरु समयमै सचेत भएर काम गर।

  • Tulsi ram bhusal २०६७ माघ ६, विहीवार

    its good Umakanta ji   
  • Ramesh Banjade २०६७ माघ ६, विहीवार

    Umakanta Ji, Its Great Article , keep in touch ....www.arghakhanchi.com now become very famous in Qatar - Doha - Beause of Umakanta Pandey's Article. nice to see again same ....Uma ji please touch in Qatar allso..i saw ur article in jillaa news about sports..anyway we are careing about Umakanta Gaule and hole arghakhanchi.com GO ahead same in future   
अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सम्पादकिय
च्याट: आफ्नो भावना,, विचार साटासाट गर्नुस् [ Arghakhanchi Chat ]
संकटकालिन बजेट ,कार्यान्वयनमा चुनौती
राजनीतिक समीकरणको खाँचो
नदीले आफ्नो बाटो आफैँ बनाउँछ ।
राष्ट्र बैंकको नोट विस्थापन नीति र नेपाल सरकार ले सबिधान नबनाउने कुरा उस्तै उस्तै
सहिद दिवसको सन्देश
नेपाल पर्यटन बर्ष २०११ का कुरा ''भिल्लको देशमा मणि''
पौडेललाई प्रधानमन्त्रीमा चयन गर