arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

निर्वाचन आयोगद्वारा आचारसंहिता उल्लंघन गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्ने चेतावनीtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र १७, शनिवार)

आगामी तेस्रो चरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न/गराउन निर्वाचन आयोग कठोर बन्ने भएको छ ।


अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट व्यापकरुपमा आर्थिक चलखेल र भड्किलो प्रचार-प्रसार हुँदासमेत कुनै कारबाही गर्न नसकेको भनी चौतर्फीरुपमा आलोचना र आरोप खेपिरहेको आयोगले आगामी निर्वाचनमा भने आचारसंहिता उल्लंघन गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्ने अठोट व्यक्त गरेको हो ।

स्थानीय तह निर्वाचन प्रचार–प्रसार गर्नेक्रममा वीरगन्जमा भएको कार्यक्रममा निर्वाचन आचारसंहिताविपरीत चुनाव चिह्नअंकित टोपी लगाएको भनी पूर्वप्रधानमन्त्री माधव नेपालसँग स्पष्टिकरण सोधिसकेको आयोगले अब कसैलाई पनि नछोड्ने चेतावनी दिएको छ ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले भने–‘सबैभन्दा निर्वाचन आचारसंहिताको उल्लंघन सरकारबाटै भएको छ भन्ने हामी निष्कर्षमा पुगेका छौं, निर्वाचन आयोगको जानकारीबिनै आयोगको सचिव सरुवा गरियो, आचारसंहिताको पालना नगर्ने काम कहीँ–कतैबाट भएको छ भने त्यो सरकारबाटै हुनेगरेको छ ।’

अघिल्ला दुईओटा निर्वाचनमा केन्द्रीयस्तरबाट खटिएका अनुगमन टोलीबाट अपेक्षा गरेअनुरुपको कार्यसम्पादनको स्थिति ज्यादै न्यून रहेको निष्कर्ष निकाल्दै आयोगले आगामी निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेलाई प्रमुख जिल्ला अधिकारीको सहयोगमा ठाउँका ठाउँ कारबाही गर्न निर्देशन दिएको हो ।

अनुगमनमा जाने टोलीलाई निर्वाचन व्यवस्थापनको अध्ययन गर्ने, आचारसंहिता पालना भए/नभएको निगरानी गर्ने, आवश्यक परे नियन्त्रणमा लिइ कारबाही गर्ने तथा जिल्ला न्यायाधीश र प्रमुख जिल्ला अधिकारीको कार्यशैलीकोसमेत अध्ययन गर्ने अधिकार प्रदान गरिएको छ ।

अनुगमनमा खटिजाने टोलीलाई शुक्रबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन प्रचार–प्रसारलाई खर्चिलो र तडक–भडक रोक्न निर्भिक र निष्पक्ष भएर काम गर्न अनुगमनकर्तालाई निर्देशन दिए ।

अनुगमन टोलीले निर्वाचन प्रचार–प्रसार कानुनअनुरुप भए/नभएको, पर्यवेक्षकले आचारसंहितापालना गरे/नगरेको, निर्वाचनसम्बन्धी काम कारबाही स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा भए/नभएको तथा राजनीतिक दल तथा उम्मेदवारले सहजरुपमा प्रचार–प्रसार गर्न पाए/नपाएकालगायतका विषयमा आयोगमा नियमितरुपमा प्रतिवेदन बुझाउनुपर्नेछ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गरी नयाँ नेपालको जग बलियो बनाएर गणतन्त्र, संघीयतालाई स्थायित्व प्रदान गर्दै मुलुकलाई समृद्धिको सुनौलो मार्गतर्फ अघि बढाउने योगदान पुर्‍याउन पनि आयोगले अनुगमन टोलीलाई निर्देशन दिएको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सप्तरीको तिरहुत गाउँपालिकाका बाढीपीडित नयाँ घर पाएपछि खुसी, १८ परिवारले पाए नयाँ घर
केहीदिन यता राजधानीलगायतका पहाडी क्षेत्रको धुम्म मौसम अझै केही दिन जारी रहने
नेपालको ग्रामीण क्षेत्रको शैक्षिक विकासमा पाकिस्तानले सहयोग गर्ने
कपिलवस्तुको दोहनीमा ईशापूर्व चारसय वर्षदेखि मानव बसोबासको प्रमाण फेला
असंबैधानिक कदम चालेकी राष्ट्रपतिलाई तरुण दलले नेपालको संविधान उपहार दिने
पश्चिम नवलपरासीका उखु किसान अख्तियारमा उजुरी दिने तयारीमा , ठगी गर्नेलाई उन्मुक्ति दिएको आरोप
गुण्डा नाइके मनोज पुनसहित दुई जनाको प्रहरीसँगको मुटभेटका क्रममा मारिएको प्रहरीद्दारा स्पष्ट
फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने
काठमाडौंका ६ स्थानमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ वा विरोध प्रदर्शनका कार्यक्रम गर्न नपाइने
राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति, सातबुँदे सहमतिमा हस्ताक्षर
फागुन २१ गते संघीय संसदको अधिवेशन आह्वा‍न
कपिलबस्तुको नेपाल-भारत सीमा क्षेत्र मर्यादपुर खुनुवा क्षेत्रमा बृहत सरसफाइ
प्रधानमन्त्रीद्वारा सुखी नेपाली र समृद्धि नेपाल अपरिहार्य उल्लेख
संघीय संसदमा १३ समिति रहने गरी संसद् नियमावलीको प्रारम्भिक मस्यौदा तयार
प्रदेश ७ का मुख्यमन्त्री भट्टलगायत मन्त्रीहरुद्वारा पदभार ग्रहण
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको गाँठो अझै फुक्न सकेन
मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि दश दिन बन्द हुने
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीद्दारा एमाले र माओवादी केन्द्रबीच एकता हुन नसक्ने उल्लेख
पूर्ववर्ती सरकारले राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिने तयारी
http://go.oclaserver.com/afu.php?zoneid=1465736