arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा एक मतदान केन्द्र बाहेक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न, ६४.४५ प्रतिशत भोट् खस्यो (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ म‌सिर २१, विहीवार)

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा  प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको निर्वाचनमा एक मतदान केन्द्र बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।  


आज ९३ मतदान केन्द्र मध्ये ९२ केन्द्रमा सम्पन्न निर्वाचनमा ६४.४५ प्रतिशत अर्थात ८७,८३४ मत खसेको छ । जसमा ४९,२२१ जना महिला र ३८,६१३ जना पुरुष रहेका छन् । ९२ केन्द्रमा १३६, २८४ मतदाता रहेका छन् ।     

अर्घाखाँची जिल्लामा जिल्लामा कुल १३८,३२८ मतदाता संख्या रहेको छ । भने सन्धिखर्क नगरपालिका ५ वाङला  स्थित मथुरा  मावि केन्द्रमा २०४४ मतदाता रहेका छन् ।  अर्घाखाँचीमा स्थानिय तहमा ७० प्रतिशत मत खसेको थियो । 



छिट्टै अर्को मिति तोकिने

सन्धिखर्क नगरपालिका ५ वाङला  स्थित मथुरा  मावि केन्द्रमा स्थगित भएको निर्बाचन पुन: मतदानको लागि छिट्टै अर्को मिति तोकिने  भएको छ । 

सन्धिखर्क नगरपालिका वडा नं. ५  मा रहेको  मथुरा नन्दराम मावि  मतदान स्थलको ख नं. मतदान केन्द्रमा पुन मतदान हुने भएको छ। निर्वाचन अधिकृतको हस्ताक्षर बिनाको मतपत्रमा मतदान गर्न लगाएपछि कांग्रेस कार्यकर्ताले मतपत्र जालाउनुका साथै मतपेटिका समेत फालेका थिए। मतपत्र जलाएपछि सो मतदान स्थल दिनभर तनावग्रस्त बनेको थियो।  

मतदान केन्द्र ख मा तनाव भएपछि मतदान केन्द्र क को मतदान पनि स्थगित गरिएको छ। यि दुइ केन्द्रमा गरि २ हजार ४४ मतदाता रहेका थिए  करिव ५० प्रतिशत मतदान भएपछि  विवाद उत्पन्न भएको थियो। ख मतदान केन्द्रमा पुन मतदान हुने भएको छ भने क मतदान केन्द्रमा बाँकी रहेका मतदाताले मतदान गर्ने भएका छन्। नेपाली कांग्रेसका नेता कार्यकर्ताले निर्वाचन अधिकृत सुरेन्द्र राज अधिकारीले नियोजित ढंगले मतपत्रमा हस्ताक्षर नगरि बाडेको आरोप लगाएका छन्।  मतदान अधिकृत अधिकारीले भुलवस हस्ताक्षर नगरेका मत पत्र वितरण गरिएको बताएका छन् । मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले निर्वाचन आयोगमा राय सहितको प्रतिवेदन पठाएको  बताउँदै निर्वाचन आयोगले मिति तोकेको निर्वाचन  गराउने  बताए।


 अर्घाखाँचीमा  ९३ मतदान स्थलमा १ सय ७४ मतदान केन्द्र तोकिएको  थियो । अन्य निर्वाचन केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ। अर्घाखाँचीमा ६० प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख केदारनाथ शर्माले जानकारी दिए। जिल्लामा  कुल १ लाख ३८ हजार ३ सय २८ मतदाता रहेका  थिए। निर्वाचनमा महिला मतदताको संख्या धेरै रहेको थियो। कुल मतदता मध्ये ७१ हजार ३ सय ५० महिला र ६६ हजार ९ सय ७८ पुरुष मतदाता रहेका थिए । निर्वाचन क्षेत्र नं. १ मा ६५ हजार २ सय ६ र   निर्वाचन क्षेत्र नं. २ मा  ७३ हजार १ सय २२ मतदाता थिए।   निर्वाचनमा  सुरक्षाकर्मी बाहेक  १ हजार ३ सय ९२  कर्मचारी परिचालन गरिएको थियो।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीका हरेक गाउँमा घरैपिच्छे विमा गर्नेहरुको सख्या बढदै
अर्घामा प्रहरीले ६० किलो सुगन्धवाला सोमेलता नामको जडीबुटी बरामद
नयाँ संविधान सम्बन्धी एमालेको अवधारणा विषयक कार्यक्रम सन्धिखर्कमा सम्पन्न
जिल्ला बिकास समिति अर्घाखाँचीको आयोजनामा नेत्रहिन तालिम सुरु
ब्राम्हण समाज नेपाल अर्घाखाँचीको आयोजनामा पाणेना ब्राम्हणहरुको भेला सम्पन्न
नेपाल रेडक्रस सोसाईटि उपशाखाको दोस्रो अधिवेशन अर्घाखाँची-किमडाँडामा सम्पन्न
माछापुच्छ्रे महिला बिकास सस्था अर्घाखाँची डिभर्नाको तेस्रो साधारण सभा सम्पन्न
मानव अधिकारका लागि एकल महिला विषयक कार्यक्रम अर्घाखाँचीको डिभर्नामा सम्पन्न
माओवादी किमडाडा अर्घाखाँचीको आयोजनामा पकलेमा भेला-प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपाल लेखापढी कानुन व्यवसाय एशोसिएसन अर्घाखाँचीको जिल्ला अधिवेसन सम्पन्न
अर्घाखाची जिल्लामा फैलियो मोटरबाटो,ढाकावाङ- ३ मा ४ किलोमिटर कच्चीबाटो निर्माण
बुटवलमा मोटरसाइकल-जीप जुद्दा अर्घाखाँची ठुलापोखराका सन्दिप राना गम्भीर घाइते
अर्घाखाँचीको पाली गाविस स्थीत बेङ्गदी खोलामा डुबेर ३ बालीकाको मृत्यु
अर्घाखाँचीको नुवाकोटमा आगालागी,लाखौको क्षती
अर्घाखाँचीको ढाकावाङ गाबिसमा बन्दैछ उच्च मावी
नेपाल विधार्थी सघं जनज्योती माबी अर्घाखाँचीको आयोजनामा श्रद्धान्जली सभा सम्पन्न
अर्घाखाँचीको सिद्धारा गाविसमा हुलाकबाट पठाएको चिठी पुग्न एक महिना
जिल्ला प्रशासन अर्घाखाँची र विधार्थीहरुबीच यातायात भाडा सम्बन्धी वैठक सम्पन्न
माओवादी अवरोधले सिद्धाराको हर्रे सोलर खानेपानी योजना अलपत्र
आफना कार्यकर्ता हत्या गरेको बिरोधमा अर्घाखाचीमा पनि बन्दको प्रभाव
http://go.oclaserver.com/afu.php?zoneid=1465736