arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
विश्व समाचार

बेल्जियम प्रहरीसमक्ष आत्मसमर्पण गरेका पूर्व क्याटलन नेताहरु सशर्त रिहाtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २०, सोमवार)


बेल्जियम प्रहरीसमक्ष आत्मसमर्पण गरेका क्याटलोनियाका पूर्व नेता र चारजना पूर्व मन्त्रीहरुलाई बेल्जियमका एकजना न्यायाधीशले सशर्त रिहा गरेका छन् ।

बेल्जियम प्रहरीसमक्ष आत्मसमर्पण गरेका उनीहरुले अनुमति बिना बेल्जियम नछाड्ने र आफ्नो बसोबासबारे विस्तृत जानकारी दिने शर्तमा बेल्जियमका एकजना न्यायाधीशले सोमबार रिहा गरेका हुन् ।

स्पेन सरकारले ती नेताहरुलाई विद्रोह, देशद्रोह र राज्यकोषको दुरुपयोगसम्बन्धी मुद्दा चलाउन पक्राउ आदेश जारी गरेको थियो । उक्त घटनापछि क्याटलोनियाका बर्खास्त राष्ट्रपति कारलस पुज्डमोन बेल्जियमको राजधानी ब्रसल्स पुगेका थिए । पुज्डमोनलगायत अन्य नेताहरुले आइतबार बेल्जियम प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

'बीबीसी'का अनुसार केहि समयाअघि क्याटलोनियाको संसद्ले उक्त क्षेत्र स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेपछि स्पेनी केन्द्र सरकारले त्यहाँ प्रत्यक्ष शासन लागू गरेको थियो । स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले क्षेत्रीय संसद् र सरकार विघटन गर्दै निर्धारित समयअगावै चुनावको घोषणा गरेका थिए ।

प्रधानमन्त्री राखोयको घोषणाअनुसार आउँदो डिसेम्बर २१ मा क्याटलोनियामा निर्वाचन हुनेछ ।

सशर्त रिहा भएका क्याटलन नेताहरु आगामी १५ दिनभित्र बेल्जियमको अदालतमा उपस्थित हुने बताइएको छ । तर, बेल्जियमसँग उनीहरुलाई स्पेन फर्काउन ६० दिनको समयावधि भएपनि ती नेताहरुले कानूनी प्रश्न नउठाएमा त्यसअघि नै फर्काउन सकिनेछ । एजेन्सी

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
इरान विश्वका लागि सबैभन्दा ठूलो खतरा:- इजरायली प्रधानमन्त्री नेतन्याहु
इरानमा ६० यात्रु सहित यात्रुवाहक विमान दुर्घटना
इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि मुद्दा चलाउने तयारी
सिरियाले गोली हानेर इजरेली लडाकू विमान खसाल्यो
बङ्लादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई पाँच वर्षको जेल सजाय
माल्दिभ्समा संकटकालिन अवस्था घोषणा
नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर
अफगानिस्तानको काबुलमा एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु, १ सय ५८ घाइते
टर्किस राष्ट्रपतिद्दारा कुर्द लडाकूविरुद्धको संघर्ष पूर्वी इराकसम्म पुर्‍याउने दावी
दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागीमा परी ४१ जनाको मृत्यु
अफगानिस्तानको होटल भिडन्तमा १४ पर्यटकको मृत्यु
भारी हिमपातका कारण युरोपको जनजीवन प्रभावित
अमेरिकाको क्यालिफोर्नियामा बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु
दुई कोरिया पहिलो पटक उच्चस्तरीय वार्तामा
अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन
म्यानमारमा सरकारविरुद्ध लडाइँ जारी राख्ने रोहिंग्या आर्मीको उद्घोष
उत्तर कोरियाले सिओलमा हुने आगामी ओलम्पिक प्रतियोगितामा भाग लिने
पाकिस्तानलाई दिँदै आएको सबैखाले सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा
पेरुमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु
इरानमा जारी प्रदर्शनमा मारिनेको संख्या २२, सयौं पक्राउ
http://go.oclaserver.com/afu.php?zoneid=1465736