arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
मध्यपश्चिमाञ्चल

नुवाकोट र धादिङमा विभिन्न स्थानमा गोरु जुधाएर रमाइलो गरि माघेसंक्रान्ति मनाउदै।text size increase   text size decrease   Print    rss (२०७४ माघ २, मंगलवार)

world news

माघेसंक्रान्तिमा गोरु जुधाउने चलन नुवाकोट धादिङतिर वर्षौदेखि चलि आएकामा पछिल्लो समय हराउँदै गएको गोरु जुधाउने चलनलाई २०६२ सालदेखि तारुकाका व्यवस्थित रुपमा जुधाउन थालेपछि अहिले यसको प्रचार व्यापक भएको छ ।

यो वर्ष पनि नुवाकोटको तीन स्थान गोरु जुधाईलाई सफलरुपमा सञ्चालन भएको छ ।तारकेश्वर गाउँपालिका– ३ तारुकामा २० हल र विदुर नगरपालिका–१० बेत्रावतीमा १० हल र पञ्चकनयामा ५ हला गोरु जुधाइएको छ ।

तारुकामा माघेसंक्रान्ति गोरु जुधाई संरक्षण संस्था र बेत्रावतीमा गोसाईकुण्ड युवा क्लबको आयोजनामा मेला सञ्चालन हुने गरेको हो । दुबैस्थानमा नेपाल पर्यटन बोर्डसमेत प्रबद्र्धनको लागि सहयोग गरेको छ ।

मेलामा विजेता गोरु धनीलाई ५ हजार नगद र प्रमाणपत्र तथा उपविजेतालाई ३ हजार पुरस्कार प्रदान गरिएको थियो ।

तारुकाको विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो ।

यस्तै, नुवाकोटको विदुर नगरपालिका वडा नं. १० बेत्रावतीमा १० हल गोरु जुधाइएको आयोजक गोसाईकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिए ।बेत्रावतीमा विजेता गोरुको धनीलाई ३ हजार र उपविजेता गोरुको धनीलाई २ हजार ५ सय प्रदान गरिएको थियो ।

यो वर्ष पनि तारुमा हजारौं दर्शकहरुले गोरु जुधाएको मनोरन्जन लिन पुगे । तारुकामा २० हल गोरु जुधाइएको थियो ।तारुकाको गोरु जुधाई हेर्न एमाले महासचिव ईश्वर पोखरेल, एमाले केन्द्रीय सदस्य सूर्य थापा लगायत पनि पुगेका थिए ।महासचिव पोखरेलले परम्परालाई जोगाई राख्ने हो भने यो मेलालाई व्यवस्थित र सुरक्षित गराउन ध्यान दिनु पर्ने बताए ।

पञ्चकन्या गाउपालिकाको घलेभञ्याङ्मा भएको गोरु जुधाईमा बिष्णु लामिछाने भद्रुटार र बेलबहादुर थापा पञ्चकन्याको गोरु पहिलो, राजकुमार थापा भद्रुटार दोस्रो ,तेजबहादर थापा पञ्चकन्या तेस्रो भएको छ ।

पहिलोलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिएको थियो ।जिल्लाको अन्य स्थानमा एक पटक जुधाएर हालजीत भएपछि फेरी दोस्रो चरणमा जुधाउने चलन छैन ।

तर पञ्चकन्यामा जित्ने जित्नेलाई फेरि जुधाएर पहिलो, दोस्रो र तेस्रो घोषणा गरिएको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मध्यपश्चिमाञ्चल
पर्वतको कुश्मामा भीरबाट खसेर एकजना शिक्षकको मृत्यु
सिन्धुलीमा कमला नदीले बगाउँदा एक जनाको मृत्यु
दैलेखमा बस दुर्घटनामा परी मृत्यु भएका र घाइतेका आफन्तहरुद्धारा कर्णाली राजमार्ग अवरुद्ध
नवलपरासीको बेलाटारी तनावग्रस्त, १५ राउण्ड अश्रुग्याँस प्रहार
हेटौडाबाट चितवनतर्फ जाँदै गरेको रात्रिबस एकापसमा ठोक्किादा दुई यात्रुको घटनास्थलमा मृत्यु
सप्तरीको कोसी नहरमा डुबेर बेपता भएका दुई बालिकाको शव फेला
चितुवाको आक्रमणबाट काभ्रेमा एक बालकको मृत्यु
नवलपरासीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
एकिकृत माओवादीले आठ वर्ष अगाडी सिराहामा मारिएको स्मृति दिवस मनायो
चितवनको मुग्लिन बजारमा रहेका फोहोर होटलहरुमा अनुगमन
काठमाडौंबाट नुवाकोट जांदै गरेको बस एक जनाको मृत्यु, २० भन्दा बढी घाइते
दक्षिणपूर्वी सिरहामा आगलागी हुंदा १० परिवारका ५५ वटा घर गोठ जलेर नष्ट
रौतहटरमा भीषण आगलागी हुंदा एकजनाको मृत्यु
राजधानीमा पेट्रोलियम पदार्थको अभाव
लमजुङमा ४.० रिक्टर स्केलको भूकम्प
संखुवासभामा धारीलो खुकुरी हानेर ३५ वर्षीय आफ्नै ज्वाईं हत्या
कपडा धुन गएकी २६ बर्षीया युवती भेरी नदीमा बगेर बेपत्ता
पश्चिम दैलेखमा खोलाले बगाउँदा एक जना बेपत्ता
मर्स्याङ्दी नदी तर्ने क्रममा वगाएर आमाछोरीको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आक्रमणबाट र घर भत्कदा १-१ जनाको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736