मिथिलावासीहरुले माता दुर्गा भवानीको अध्यात्मिक विधि अनुसार विदाई
(२०६८ आश्विन २१, शनिवार)
गाजा–बाजा, ढोल–पिपही बजाउँदै, नाच्दै, गाउँदै शक्तिस्वरुपा माता दुर्गा भवानीको मिथिलावासीहरुले अध्यात्मिक विधि अनुसार आज विदाई गरेका छन् ।
त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले लंकापति रावणमाथि विजय प्राप्त गरेको खुशीयालीमा मिथिलावासीले प्रत्येक बर्ष नवरात्रमा माता दुर्गा भवानीको पूजापाठ गरी अन्तिम दिन विजय उत्सव मनाई मूर्तिहरुलाई जलाशयमा विसर्जन गरिन्छ ।
जनकपुरको रामानन्द चोकमा आकर्षक पण्डालभित्र निर्माण गरिएको दुर्गा भवानीको मूर्तिसहित सबै मूर्तिलाई कमला नदीमा सेलाईएको हो ।
रामानन्द युवा क्लब जनकपुरको अगुवाईमा निस्केको जुलुश नगरको विभिन्न भागको परिक्रमा गर्दै जनकपुरबाट करिब ४० किलोमिटर टाढा कमला नदीमा पुगी मूर्तिहरुलाई पूजापाठ गरी विसर्जन गरिएको थियो । |