arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
खेल

मलेसियामा जारी एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालद्दारा भारतलाई पराजितtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २६, आइतवार)


मलेसियामा जारी एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई पराजित गरेको छ । आइतबार भएको खेलमा नेपालसँग भारत १९ रनले पराजित भएको हो ।

टस जितेर भारतले क्षेत्ररक्षण रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंहले सर्वाधिक ८८ रन बनाए । त्यसैगरी जितेन्द्र सिंह ठकुरीले ३६ र भीम सार्कीले १५ रन बनाएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको भारतले ४८ ओभर एक बलमा सबै विकेट गुमाउँदै १६६ रनमात्र बनाउन सक्यो ।

ब्याटिङमा राम्रो प्रदर्शन गरेका दीपेन्द्र सिंहले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण चार विकेट लिए । त्यस्तै पवल सर्राफ र शहाब आलमले दुई/दुई विकेट लिए भने कमल सिंह र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।

यो जितसँगै नेपालको सेमिफाइनल यात्राको सम्भावना कायमै रहेको छ । यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । भारतले पहिलो खेलमा जित हात पारेको थियो । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धुलावारीमा जारी जुडो विधामा नेपाल आर्मीको अग्रता
राष्ट्रिय खेलकुद प्रतियोगिताभर इटहरी जाँडरक्सी निषेधित क्षेत्र
रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सुरु
बुटवल टुडेको वार्षिकोत्सवमा भलिबल प्रतियोगिता
विश्व फुटबल महासंघ फिफाले जारी गरेको वरियता क्रममा नेपाल १ सय ८१ औं स्थानमा
मैत्रीपूर्ण खेलमा १-० गाेलले नेपालको जीत
बेलायतको महिला रग्बी क्लबका खेलाडीले खेललाई लोकप्रिय बनाउन नांगै मोडलिङ गरे
नेपाली राष्ट्रिय फुटबल टिमले फाइनलमा एएफसी सोलडारिटी कपको उपाधि जित्यो
नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा
कुखुराको भालेको भिडन्त विश्वमै लोकप्रिय खेल
तिलक स्मृति रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता आजबाट सन्धिखर्कमा सुरु
नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा
महिला क्रिकेट टिमले एसिया कपमा खेल्ने, थाइल्यान्डले हङकङलाई पराजित गरेपछि भाग्य खुल्यो
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आयोजक हङकङमाथि ६ रनको रोमाञ्चक जित हात पार्यो
रियो ओलम्पिकको ब्राजिलको रियो दि जेनेरियोमा भव्यताका साथ उदघाटन
क्रिकेट टोली स्वदेस फिर्ता
नवयुग श्रेष्ठ वर्ष पुरूष खेलाडी
यूरोकपको उपाधि पोर्चुगललाई, क्रिष्टियानो रोनाल्डोले खेलको अन्तिममा फेरि हर्षको आँशू झारे
मेसी, म्याराडोना, अर्जेन्टिनी फुटबल र नेपालीबीचको समीकरण
पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736