arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

रोजगारीको लागि आकर्षक गन्तब्य मुलुक दक्षिण कोरियामा पछिल्लो समय मृत्युको शृंखला बढ्दो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

world news

रोजगारीको लागि आकर्षक गन्तब्य  मुलुक दक्षिण कोरियामा पछिल्लो समय मृत्युको शृंखला बढेको छ। कार्यस्थल दुर्घटना, आत्महत्या, सुतेकै अवस्थामा मृत्यु हुने आदि कारणबाट सन् २०१७ को ८ महिनाकै अवधिमा १९ जना नेपालीले ज्यान गुमाइसकेका छन्।

यसरी मृत्यु हुनेमा सबैभन्दा धेरै कार्यस्थल दुर्घटनाबाट ७ जनाले ज्यान गुमाएका छन् भने ५ जनाले आत्महत्या गरेका छन्। त्यस्तै सुतेकै अबस्थामा (मृत्युको कारण थाहा नभएको ) मृत्यु हुनेको संख्या  ५ पुगेको छ भने २ जनाको निधन रोगको  कारणबाट भएको छ l

सन् २०१७  को पछिल्लो ३ महिनाको अवधिमै ५ जनाले आत्महत्या गरेका छन्। अगस्टको पहिलो सातामै ३ जनाले ज्यान गुमाए। गुल्मीका बिष्णुप्रसाद घिमिरेको कार्यस्थल दुर्घटनामा परि मृत्यु भएको ३ दिनमै पर्बतका केशब श्रेष्ठले पासो लगाएर आत्महत्या गरे भने त्यसैको ठीक भोलिपल्ट कञ्चनपुरका दिपक सिंहले पनि झुन्डिएर आत्महत्या गरे।

सन् २००८ मा रोजगार अनुमति प्रणाली इपिएस लागू भएयता कोरियाको रोजगारीमा १ सय ३२ जनाले बिभिन्न कारणले ज्यान गुमाइसकेका छन् भने औधोगिक दुर्घटनामा परि अंगभंग हुनेको संख्या पनि उत्तिकै बढेको छ।

सोलस्थित नेपाली दूतावासको तथ्यांकअनुसार सन् २०१५ मा सबैभन्दा धेरै २२ जना नेपालीको मृत्यु भएको थियो भने सन् २०१६मा २० जनाले ज्यान गुमाएका थिए।

यसरि बिभिन्न कारणबाट मृत्यु हुने नेपालीको संख्या दिनानुदिन बढ्दै गैरहेको भएता पनि सम्बन्धित निकायबाट निराकरणको लागि  चालिएको कदम त्यति प्रभाबकारी भने बन्न सकेको  छैन।

नेपाली दूतावास, कोरियाको पुरानो संस्था एनसीसी, तथा गैह्र आबासीय नेपाली संस्था एन आर एन कोरिया लगाएतले समय समयमा मानसिक तनाब  ब्यावस्थापन तथा निराकरण सम्बन्धित कार्यक्रम राख्दै आएको भएता पनि आत्महत्या गर्नेको संख्यामा भने कमि आउन सकेको छैन।

यसैबीच कोरियामा लामो समयदेखि प्रवासी मजदुरको हकहितमा आवाज उठाउँदै आइरहेका प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले इपिएस सम्झौतामा  भएको खराब नीतिकै कारणले आत्महत्या ,दुर्घटना आदि बढेको बताउँछन्। उनी भन्छन्- जब सम्म एउटा मजदुरले आफु स्वतन्त्र भएर काम गरिरहेको अनुभब गर्दैन तब सम्म यस्ताखाले घटना घटी नै रहन्छन।

प्रवासी मजदुरले आफूखुसी कम्पनि परिबर्तन गर्न पाउने हो भने यस्ता घटनामा ८० प्रतिशत कमि आउने राईको बुझाई छ। हामीले यो समाचार सेतोपाटीबाट लिएका हौ

 

           

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
अमेरीकामा झापालीहरू संगठित हुदै
नेपाली जनप्रगतिशील मंच बहराइनको राजदुतसँग भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न (तस्बित सहित)
साउदी अरबमा धुर्मुस - सुन्तली साझको तयारी अन्तिम चरणमा
साउदी अरबमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली ) आउदै
इजरायलमा म्ह: पुजा तथा नेवा: राष्ट्रिय महिला ड्रेस प्रतियोगिता सम्पन्न (तस्बिर -भिडियो सहित )
रक्तिम साँस्कृतिक अभियान द्धारा प्रगतिशील देउसी भैलो सम्पन्न
इजरायलमा अन्तर्राष्ट्रिय कलाकार मंचद्दारा सामुहिक तिहार साङ्गितिक साँझ २०७४ भब्यताका साथ सम्पन्न (तस्बिर - भिडियो सहित )
के वाइ सि इजरायलद्दारा बलिहाङ कप २०७४ फुटबल प्रतियोगिता आयोजना, के वाइसि क्लबको सानदार जित (तस्बिर सहित)
पर्वत युवा सेवा समाज कतारको भलिबल खेल सम्पन्न
कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
दिल्लीमा नेपाली देशभक्त आवाजद्दारा अलपत्र कपिलवस्तुकी नेपाली महिलाको उद्दार
http://go.oclaserver.com/afu.php?zoneid=1465736