arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा स्थानीय जातको धान लोप हुँदैtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र १८, आइतवार)


वीरेन्द्र केसी कान्तिपुर 
 
सन्धिखर्क, अर्घाखाँची । दसैं-तिहारलगायतका चाडपर्वमा भात र रोटीका परिकार खानलाई स्वास्थ्यकर, मीठो र स्वादिष्टका लागि अनदी जातको धान रोप्थे । पाहुनालाई पनि यही चामलको भात पस्किने चलन थियो । उति बेला थोरै भए पनि सबैले रोप्थे । 'त्यस्तो मीठो भात खान अहिले कतै पाइँदैन, बीउ पनि नासिँदै गयो,' खिल्जीकी ८० वर्षीया हुमकला थापाले भनिन्, 'थोरै फल्यो भनेर अनदी धान मासियो । धेरै फल्ने धानको भात मीठै छैन ।'

जिल्लामा स्थानीय जातको धान लोप हुँदै गएको छ । उन्नत जातको हाइब्रिडले रैथाने धान विस्थापित भए । ढाकाबाङ खाकाबेसी खेतमा ढालबहादुर खनालले लामे र जडन जातको धान रोप्थे । तर, अहिले पाँच वर्षयता रोप्न छाडे । । रैथाने धान रोप्दा अलि ढिलो पाक्ने र कम फल्ने गथ्र्याे । तर, खानलाई स्वादिलो थियो । 'धेरै फल्ने जात भित्रिएपछि लामे र जडान धान रोप्न छाड्यौ,' उनले भने, 'जुन धान बढी फल्छ त्यही लगाउने हो । पुराना जातका धानका बीउ सबैले रोप्न छाडिसके । थोरै जग्गामा उत्पादन धेरै हुने जातको सबैको रोजाइमा छ ।'  

किसानले घरमा बीउ राख्न छाडे । बर्सेनि बीउ बदल्ने चलन छ । उन्नत जातको धानको बीउ बजारबाट किनेर ल्याएर रोप्ने चलन बढ्दो छ । ब्याड राख्ने बेलामा पैसा नहुनेले ऋण खोजेर भए पनि नयाँ बीउ किन्ने गरेको उनले बताए । 

अर्घाखाँचीमा लामेधान, जडन, कालीचन्द, मार्सी, आगेधान, वास्मतीलगायतका ३० थरीका स्थानीय जातका धान रोप्ने गरिन्थ्यो । तर, बजारमा आएको नयाँ जातले रैथानेलाई विस्थापित गराएको कृषक भुमबहादुर थापाले बताए । 'हामीले दस रोपनीमा वास्मती धान रोप्थ्यौं,' उनले भने, 'भात पकाउँदा वास्ना राम्रो आउने र स्वादिलो हुन्थ्यो । तर, उत्पादन धेरै चाहिएकाले उन्नत धान रोप्न थाल्यौं ।' पहिलेको जस्तो काम गर्ने युवा जनशक्ति छैन । भएका पनि खेत बाँभिँmदै गएका छन् । खेतमा गोबरमल प्रशस्त राखिन्थ्यो र धान धेरै फल्थ्यो । अहिले युरिया मलको भरमा धेरै उत्पादन गर्नुपरेको उनले बताए । 

अर्घाकी मधुकला खत्रीले जब ब्याड राख्ने बेला हुन्छ । उनी बजार गएर धेरै फल्ने जातको बीउ किन्छिन् । छ वर्षदेखि उनी बर्सेनि जात फेरिरहन्छिन् । 'यो वर्षभन्दा अर्काे वर्ष धेरै फल्ने जात चाहिन्छ,' उनले भनिन्, 'जात बर्सेनि बदले पनि फल्न उस्तै-स्तै हो ।' मार्सी धानको खेती गरेको उनलाई ताजै छ । 'मार्सी चामलको भात सम्झनामै रह्यो,' उनले भनिन् । जिल्लामा अहिले खुमल चार, खुमल आठ, खुमल दस र हाइब्रिड जातको धान उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । 

कृषि प्रचार अधिकृत थिरलाल गैरेले उन्नत र हाइब्रिड जातले स्थानीय रैथाने जातका धानका बीउ लोप भएको बताए । किसानले धेरै फल्ने जात खोज्न थाले । कसैले संरक्षण नै नगरेपछि रैथाने बीउ पाइन छाडेको उनले बताए । स्थानीय जातको संरक्षण गर्न राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्क नगरपालीकामा रहेका स्वास्थ्य संस्थाहरुमा अब औषधी अभाव नहुने
सन्धिखर्कको शान्ति बगैचाको सार्वजनिक शौचालय र सडक बिजोग, नेताहरुको चुनाव जित्न चिल्ला गफ र खोक्रा भाषण मात्र
अर्घाखाँचीमा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी कार्यक्षेत्रमा खटिए (भिडियो-तस्बिर सहित)
कांग्रेसको चुनाव प्रचार प्रसार कार्यक्रम १ को अर्घातोष, भगवती र २ को नरपानीमा सम्पन्न
वामगठबन्धनको वाङ्गलामा वामगठबन्धनको चुनावी सभा सम्पन्न (तस्बिर सहित)
वाम गठबन्धनद्वारा मालारानी ८ मा चुनावी प्रचारमा तिव्रता (तस्बिर सहित)
अर्घाखाँचीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेसलाई समर्थन गर्ने
सिद्धाराका मतदाता मंसिर २१ गते हुने चुनावको अघिल्लै दिन मतदान केन्द्र पुग्ने तयारीमा
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कले मार्सिक शुल्क बृद्धि फिर्ता नगरे विधार्थीहरुले आल्दोलन गर्ने
वाम गठबन्धनको मालारानी ४ मा महिला-युवाको चुनावी भेला सम्पन्न
छत्रदेव गाउंपालिकाको वार्ड नं १ र नुवाकोटको लम्चीमामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
भुमिकास्थान नगरपालिकाको नुवाकोट गनेरिबोट कमलीपोखरामा जीप दुर्घटना, १४ जना घाइते (तस्बिर र घाइतेको नामावली सहित)
अर्घाखाँचीमा तपाईंको मतदान केन्द्र कहाँ पर्‍यो, मतपत्र यस्तो हुनेछ (सम्पूर्ण विवरण सहित)
सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक उत्सव तथा स्थापना दिवस सम्पन्न
पणेना र अर्घामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
कांग्रेस अर्घाखाँचीको चुनावी प्रचारप्रसार कार्यक्रम २ को खिल्जी, असुरकोट र १ को ठुलापोखरामा सम्पन्न
मतदाता रिझाउन नेताहरु गाउँगाउँमा, वाम गठवन्धनको चुनावी सभा बाँगीको गुराँसे, भण्डार र आरुखोर सम्पन्न (तस्बिर सहित)
त्रिबेणी सहकारी संस्था सन्धिखर्कको आयोजनामा सम्पन्न बक्तित्व कलामा ज्ञान प्रकास मावि सल्लीकोट प्रथम (तस्बिर सहित)
पाणिनी गाँउपालिकाको लहरेधाराले निर्वाचन वहिस्कार गर्ने संभावना वढ्यो स्थानीयवाँसी आक्रोशित
जलुके र धारापानीका बिभिन्न ठाउँमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736