arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

इजरायलमा दशैँ गोल्ड कप फुटबल प्रतियोगितामा इस्ट स्पोर्टिंग क्लबको सानदार जित (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ आश्विन १, आइतवार)

 यूवराज थापा

तेल्भिभ इजरयाल । इजरायलमा रहेका सम्पूर्ण नेपाली दाजुभाई  ताथा नेपालि  भाषीहरु बिच भएको दसैँ कप २०१७ फुटबल प्रतियोगिता इजरायालको  वोल्सोन फुटबल मैदान, ह-लोखामिम स्टेट ८ मा येहो सेप्टेम्बर १५- र १६ गते शनिबारको दिन भब्यताका साथ् सम्पन्न भएको छ । 


दसैँ कप २०१७ फुटबल प्रतियोगितामा जम्मा ६ टिमले भाग लिएका थिए ! पहिलो A ग्रुपको खेलमा इस्ट स्पोर्टिंग क्लब  र माउन्ट एभरेष्ट फुटबल क्लब बीच खेल भएको थियो ! उक्त A ग्रुपको खेलमा पहिलो गोल इस्ट स्पोर्टिंग क्लबको तर्फबाट २३ औ मिनेटमा बिष्णु ले दागेका थिए भने दोस्रो गोल खेलको अन्तिमौ मिनेटमा दुर्गा लिम्बुले दागे लगत्तै A ग्रुपको खेलमा इस्ट स्पोर्टिंग क्लबले माउन्ट एभरेष्ट फुटबल क्लब लाइ २-० गोलले पराजित गर्दै सेमीफानलमा प्रवेश गरेको थियो !द्शैँ  गोल्ड कप २०१७ फुटबल प्रतियोगितामा इस्ट स्पोर्टिंग क्लबलाइ  च्याम्पियन बनाउनुको महत्वपूर्ण भूमिका इस्ट स्पोर्टिंग क्लबका खेलाडी तथा टिममा मेनेजर खगेन सिंग याक्काको ठुलो देहन रहेको  उहाको टिमले जनाएको छ । 


ग्रुप B वाट दार्जिलिङ युनाइटेड क्लब  र सम्सारा युथ क्लब बीच खेल भएको थियो उक्त खेलमा पहिलो  गोल  सम्सारा युथ क्लबको तर्फबाट खेल शुरु भएको १०  औ मिनेटमा मिनमार शेर्पाले हानेका थिए भने खेलको दोश्रो गोल पनि १५ औ मिनेटमा मिनमार शेर्पा ले नै हानेका थिए ! सम्सारा युथ क्लबको तर्फबाट १९ औ मिनेटमा बिनोदको तामांगको तर्फबाट टिमको तेस्रो गोल दागेका थिए भने  खेलको पहिलो  हाफ समय पछाडी  २५ औ मिनेटमा बिनोद तामांगले नै  चौथो गोल हानेका थिए  र पाचौ गोल २६ औ मिनेटमा नारायणले दागेका थिए  भने  खेलको २९ औ मिनेटमा सम्सारा युथ क्लबको तर्फबाट नारायण ले नै छैठौ गोल प्रहार गरेक थिए खेलको  अन्तिम औ मिनेटमा छैठौं गोल हाने  लगत्तै सम्सारा युथ क्लबले दार्जिलिङ युनाइटेड कल्बलाइ B ग्रुप बाट ६- ३ गोलको अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको थियो । 


ग्रुप B वाट भएको दार्जिलिङ युनाइटेड क्लब  र  सम्सारा युथ क्लब बीचको  खेलमा दार्जिलिंग युनाइटेड क्लबको तर्फबाट पहिलो गोल १६  औ मिनेटमा जर्शी नम्बर ११ को खेलाडी निशान्त  राइले  हानेको थिए भने दोस्रो गोल जर्शी  नम्बर ४ को  खेलाडीले दागेका थिए र आफ्नो टिमको तर्फवाट पहिलो खेलको हाफ समयपछी २७ औ मिनेटमा पुन निशान्त राइले तेस्रो गोल हाने पनि सम्सारा युथ क्लबको हात बाट ६-३ गोलको अन्तरले पराजित भोग्नु परेको थियो । 


दसैँ कप २०१७ फुटबल प्रतियोगितामा भाग्यशालि टिम अर्थात ६ टिमको प्रतियोगितामा  बाइ पाउने टिमहरु  KYC क्लब  र कायपलट क्लब थिए ! आयोजकको टाइसेटको नियम अनुसार पहिलो खेल A ग्रुपबाट विजय हासिल गर्ने टिम VS कायपलट र B ग्रुपबाट विजय गर्ने टिम VS KYC क्लब बीच सेमिफानल खेल भएको थियो । 


ग्रुप A बाट माउन्ट एभरेष्टलाइ २-० ले परजित गर्दै बाइ पाएको टिम कायपलट क्लब संग् सेमीफाइनल खेल्न मैदानमा उत्रेको इस्ट स्पोर्टिंग क्लबले खेलको १४ औ मिनेटमा १० नम्बर जर्शी लगाएको खेलाडी दुर्गा लिम्बुले पहिलो गोल दागेका थिए भने खेलको २४ औ मिनेटमा दुर्गा लिम्बुले नै टिमको तर्फबाट दोस्रो गोल दागेका थिए !इस्ट स्पोर्टिंग क्लबको तर्फबाट सेमिफाइनल खेलमा तेस्रो गोल जर्शी नम्बर ९ को खेलाडीले ले हानेका थिए ! चौथो र पाचौ गोल भने  कृष्ण लिम्बु र प्रताप लिम्बुले दागे लगत्तै इस्ट स्पोर्टिंग क्लबले कायपलट क्लब संग् सेमीफाइनल खेलमा ५-० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । 


उता ग्रुप B बाट दार्जीलिङ युनाइटेड क्लबलाइ ६-३ गोलको अन्तरले पराजित गर्दै प्रतियोगितामा  बाइ पाएको टिम KYC क्लब संग सेमिफाइनल खेल खेल्न  मैदानमा उत्रेको सम्सारा युथ क्लबले खेलको २५ औ मिनेटमा बिष्णु अधिकारिले पहिलो गोल हानेका थिए भने  सम्सारा युथ क्लबको तर्फबाट दोस्रो र तेश्रो गोल बिनोद तामांगले हाने लगत्तै KYC क्लब लाइ ३-१ गोलको अन्तरले पराजित गर्दै फाइनल मा प्रवेश  गरेको थियो !KYC क्लब को तर्फबाट १ -गोल दाग्ने खेलाडी थिए सुन्दर नेपाल । 


शनिवार दिउसो सम्सारा युथ क्लब र इस्ट स्पोर्टिंग क्लब बीच वोल्सोन फुटबल मैदान, ह-लोखामिम स्टेट ८ मा भएको प्रतिस्पर्धात्मक खेलमा खेलको ७ औ मिनेटमा सम्सारा युथ क्लबको तर्फबाट २३ नम्बर जर्शी लगाएको खेलाडी अरुण लामा ले आफ्नो टिमको तर्फबाट १ गोल हानेका थिए भने इस्ट स्पोर्टिंग क्लबको तर्फबाट १६ औ मिनेटमा राज भट्टराईले १ गोल प्रहार गरेका थिए भने दोस्रो गोल २५ औ मिनेटमा १० नम्बरको जर्शी लगाएको खेलाडीले दागे लगत्तै सम्सारा युथ क्लबलाइ २-१ गोलको अन्तरले दशैँ  गोल्ड कप २०१७ फुटबल प्रतियोगिता इस्ट स्पोर्टिंग क्लबले विजय हासिल गरेको छ । 


दशैँ  गोल्ड कप २०१७ फुटबल प्रतियोगितामा  उत्कृष्ट र अनुशासित् टिमको अवार्ड दार्जिलिङ युनाइटेड क्लबले हात पारेको छ !
दशैँ  गोल्ड कप २०१७ फुटबल प्रतियोगितामा  उत्कृष्ट खेलाडी अवार्ड दार्जिलिङ युनाइटेड क्लबका खेलाडी सतिस राइलाइ दिएको छ । 


 इस्ट स्पोर्टिंग क्लब र माउन्ट एभरेष्ट बीच भएको खेलमा उत्कृष्ट खेलाडी अवार्ड दुर्गा लिम्बुले हात पारेका छन् । कायपलट क्लब र इस्ट स्पोर्टिंग क्लब बीच भएको खेलमा उत्कृष्ट खेलाडी अवार्ड प्रताब लिम्बुले हात पारेका छन् । KYC क्लब VS सम्सारा क्लब बिचको खेलमा उत्कृष्ट खेलाडी अवार्ड बिनोद तामांगले हात पारेका छन् भने उत्कृष्ट खेलाडी ओफ द टुर्नाममेंट पनि बिनोद तामांगले नै हात पारेका छन् । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
इजरायलमा अन्तर्राष्ट्रिय कलाकार मंचद्दारा सामुहिक तिहार साङ्गितिक साँझ २०७४ भब्यताका साथ सम्पन्न (तस्बिर - भिडियो सहित )
के वाइ सि इजरायलद्दारा बलिहाङ कप २०७४ फुटबल प्रतियोगिता आयोजना, के वाइसि क्लबको सानदार जित (तस्बिर सहित)
पर्वत युवा सेवा समाज कतारको भलिबल खेल सम्पन्न
कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
दिल्लीमा नेपाली देशभक्त आवाजद्दारा अलपत्र कपिलवस्तुकी नेपाली महिलाको उद्दार
प्रवासी नेपाली मन्च दक्षिण कोरियाको छैठौ अधिबेसन सम्पन्न, अध्यक्षमा सापकोटा सर्वसमत छनौट
बहराइनमा रहेका तीन वाम शक्तिहरुहरुका वैचारिक संगठनहरुद्वारा एउटै कम्युनिस्ट वाम पार्टी एकता गर्ने निर्णयको स्वागत
नेपाल आईडलका सुरज र सागरले कोरियाको राजधानी सऊल तताए
कोरियामा हुने सुपादेऊराली सांगेतिक सौगातको सम्पुर्ण तयारी पुरा
नेपाली देशभक्त आवाजको दशै हिमाचलको रोहडुमा सम्पन्न (तस्बिर सहित)
अल्मराई दशैं शुभकामना आदान प्रदान सॉझ सम्पन्न
अन्तराष्ट्रिय समन्वय परिषदमा दिपक ओलीको युवा प्रतिनिधिमा आधिकारिक घोषणा
केवाईसी इजरायल क्लबको आयोजना हुन् गहिरहेको बलिहाङ कप फुटवल प्रतियोगिताको पत्रकार कार्यक्रम सम्पन्न ( खेलका सम्पूर्ण विवरण सहित)
एनआरएनए एनसीसी इजरायलको कार्यसमितिको धन्यवाद ज्ञापन तथा विदाई कार्यक्रम सम्पन्न ( तस्बिर सहित)
इजरायलमा बडा दशैँको अवसर पारेर दशैँ गोल्ड कप-२०१७ को आयोजना हुने
नेपाल आईडलका चर्चीत गायक सुरज थापा कोरिया आऊँदै
वाढि पिडितको वस्ति निर्माणार्थ सहयोग रकम हस्तान्तरण
बाढि पीडितका लागि राहतस्वरूप ओमानबाट रकम संकलन
इजरयालमा बाढी पीडितहरुको सहयोगार्थमा सामुहिक तिज कार्यक्रम सम्पन्न ( तस्बिर सहित)