arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

अर्घाखाँचीमा माओवादी केन्द्रका जिल्ला सदस्य खड्का सहितका नेता एमालेमा प्रवेश text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ६, आइतवार)

अर्जुन भुसाल 

सन्धिखर्क, अर्घाखाँची ।  नेकपा माओवादी कन्द्रका जिल्ला सम्मेलन आयोजक कमिटी  सदस्य मुनाल खड्का सहित केहि व्यक्ति एमालेमा प्रवेश गरेका छन् । 


मदन आश्रित स्मृति भवन सन्धिखर्कमा आयोजित पार्टी प्रवेश कार्यक्रममा  एमाले जिल्ला अध्यक्ष चेतनाायण आचार्य, प्रदेश कमिटी सदस्य नरेन्द्र कुमार क्षेत्री, जिल्ला कमिटी सचिवालय सदस्य जनार्दन खनाल, पिताम्मर भुसाल, तिलक मिश्र, युवराज श्रेष्ठ लगायतका नेताहरुले खड्का सहितका नेताहरुलाई एमालेमा स्वागत गरेका हुन ।

 एमाले प्रवेश गर्नेहरुमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सल्लाहकार विष्णु मिश्र, बाँगी पूर्व गाउँ कमिटी उपाध्यक्ष राजेन्द्र टण्डन, नेकपा माओवादी  क्रान्तिकारीका बागी गाउँ कमिटी उपाध्यक्ष दिपक मिश्र, माओवादी केन्द्रका पार्टी सदस्यहरु धुव्र भुसाल, नारायण प्रसाद मिश्र रहेका छन् । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेको घोषणा समेत गरेका छन् ।


 माओवादी पार्टी राष्ट्रियता र जनजीविकाको सवालमा कमजोर भएको निष्कर्ष निकाल्दै एमालेमा प्रवेश गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । एमाले पार्टीमा प्रवेश गरेका खड्काले एमाले राष्ट्रिय स्वाधीनता रक्षा गर्दै जनताको हक हितका लागि लड्ने पार्टी भएकाले एमालेको बिचारबाट प्रभावित भएर प्रवेश गरेको बताउनुभयो । उहाँले अब एमालेको संगठन विस्तार गर्ने काममा कटीबद्ध भएर लाग्ने बताउनु भयो ।
 
खड्का माओवादी जनयुद्ध काल देखि पार्टीको जिल्ला कमिटीमा रहेर काम गर्दै आउनु भएको थियो । उहाँ युद्ध कालमा तिन वर्ष जेल समेत बस्नु भएको थियो । एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको भन्दै आगामी स्थानीय तहको निर्वाचनमा एमालेले भारी मतले विजयी हासिल गर्ने दावी गर्नुभयो । उहाँले विभिन्न पार्टीका नेता तहका व्यक्ति एमालेमा प्रवेश गरिरहेको बताउँदै अझै धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेको जानकारी गराउनु भयो । 


पाटी प्रवेश कार्यक्रममा जिल्ला कमिटी सदस्य मोतिजङ्ग रायमाझी, सन्धिखर्क विशेष नगर कमिटी सचिव श्रीकृष्ण भुसाल लगायतको आतिथ्यता रहेको थियो ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
राष्ट्रिय जनमोर्चाकाे भुमिकास्थान नगरपालीका ७ र ८ काे नुवाकोट पाेखेडाडामा भेला तथा भेटघाट कार्यक्रम सम्पन्न
नरपानीमा राष्ट्रिय जनमोर्चाकाे चुनावी प्रचार प्रसार तथा जनभेटघाट कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा स्थानीय निर्वाचन दोस्रो चरणमा जेठ ३१ गते हुने
राष्ट्रिय जनमोर्चा सन्धिखर्क - ७ को चुनावी भेला फुदवाङमा सम्पन्न, वार्ड उम्मेदवार सिद्दि भट्टराई (फोटो फिचर)
अर्घाखाँचीमा चुनावी रौनक, टिकटका लागि तिब्र लबिङ, पत्रकार पनि चुनावी दौडामा
भूमिकास्थान नगरपालिकामा स्थानीय निर्वाचन राष्ट्रिय जनमोर्चाले जित्ने संभावना बढी, एमाले, कांग्रेस कमजोर
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको धनचौर र सन्धिखर्कको तुमकोटमा चुनाबी सभा, भेला सम्पन्न
अर्घाखाँचीमा स्थानीय निर्वाचनको मतपत्र यस्तो हुनेछ
सन्धिखर्कमा निजामती कर्मचारीकाे ६७ अाैं स्थापना दिवसको अबसरमा बिरामीलाई फलफुल बितरण
सन्धिखर्कमा पत्रकार भेटघाट, स्थानीय तहको निर्वाचन नरोकिने रक्षामन्त्री खाँडको ठोकुवा
अर्घाखाँचीका युवा-युवतीहरु सुपादेउराली युथ नेटवर्क मार्फत सामाजिक कार्यमा नयाँ सन्देश छर्दै
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा चुनाबी कार्यक्रमलाई तिब्र, सन्धिखर्क- ८ को भेला सम्पन्न
सन्धिखर्कमा गुल्मीबाट आउदै गरेको जिप दुर्घटना, १७ जना घाईते
कुवेतमा सडक दुर्घटनामा परी अर्घाखाँचीबासी एक महिलाको निधन
सुपा देउरालीमा आउने धार्मिक पर्यटकको संख्यामा वृद्धि, नयाँ वर्षको दिन १२ हजार बढीले दर्शन गरे
अर्घाखाँचीबाट दक्षिण कोरियामा रहेका युवाहरुले मालारानी गाउँपालिकाका मृगौला रोगीलाई आर्थिक सहयोग गरे
पाणिनी गाँउपालिकाको दुर्गाफाटमा अबैध रुपमा राखेको ३८ क्युफिट काठ बरामद
पाणिनी गाउँपालिकाको श्री आधारभूत विद्यालय भर्तापुरमा अन्तिम परिक्षाको नतिजा प्रकाशन
एकिकृत राप्रपा (राष्ट्रवादी) अर्घाखाँचीको भेला नयाँ नेतृत्वको चयन गर्दै सन्धिखर्कमा सम्पन्न
अर्घाखाँचीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना