arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

अर्घाखाँचीमा माओवादी केन्द्रका जिल्ला सदस्य खड्का सहितका नेता एमालेमा प्रवेश text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ६, आइतवार)

अर्जुन भुसाल 

सन्धिखर्क, अर्घाखाँची ।  नेकपा माओवादी कन्द्रका जिल्ला सम्मेलन आयोजक कमिटी  सदस्य मुनाल खड्का सहित केहि व्यक्ति एमालेमा प्रवेश गरेका छन् । 


मदन आश्रित स्मृति भवन सन्धिखर्कमा आयोजित पार्टी प्रवेश कार्यक्रममा  एमाले जिल्ला अध्यक्ष चेतनाायण आचार्य, प्रदेश कमिटी सदस्य नरेन्द्र कुमार क्षेत्री, जिल्ला कमिटी सचिवालय सदस्य जनार्दन खनाल, पिताम्मर भुसाल, तिलक मिश्र, युवराज श्रेष्ठ लगायतका नेताहरुले खड्का सहितका नेताहरुलाई एमालेमा स्वागत गरेका हुन ।

 एमाले प्रवेश गर्नेहरुमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सल्लाहकार विष्णु मिश्र, बाँगी पूर्व गाउँ कमिटी उपाध्यक्ष राजेन्द्र टण्डन, नेकपा माओवादी  क्रान्तिकारीका बागी गाउँ कमिटी उपाध्यक्ष दिपक मिश्र, माओवादी केन्द्रका पार्टी सदस्यहरु धुव्र भुसाल, नारायण प्रसाद मिश्र रहेका छन् । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेको घोषणा समेत गरेका छन् ।


 माओवादी पार्टी राष्ट्रियता र जनजीविकाको सवालमा कमजोर भएको निष्कर्ष निकाल्दै एमालेमा प्रवेश गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । एमाले पार्टीमा प्रवेश गरेका खड्काले एमाले राष्ट्रिय स्वाधीनता रक्षा गर्दै जनताको हक हितका लागि लड्ने पार्टी भएकाले एमालेको बिचारबाट प्रभावित भएर प्रवेश गरेको बताउनुभयो । उहाँले अब एमालेको संगठन विस्तार गर्ने काममा कटीबद्ध भएर लाग्ने बताउनु भयो ।
 
खड्का माओवादी जनयुद्ध काल देखि पार्टीको जिल्ला कमिटीमा रहेर काम गर्दै आउनु भएको थियो । उहाँ युद्ध कालमा तिन वर्ष जेल समेत बस्नु भएको थियो । एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको भन्दै आगामी स्थानीय तहको निर्वाचनमा एमालेले भारी मतले विजयी हासिल गर्ने दावी गर्नुभयो । उहाँले विभिन्न पार्टीका नेता तहका व्यक्ति एमालेमा प्रवेश गरिरहेको बताउँदै अझै धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेको जानकारी गराउनु भयो । 


पाटी प्रवेश कार्यक्रममा जिल्ला कमिटी सदस्य मोतिजङ्ग रायमाझी, सन्धिखर्क विशेष नगर कमिटी सचिव श्रीकृष्ण भुसाल लगायतको आतिथ्यता रहेको थियो ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
प्रचार प्रसारको अभावमा अर्घाखाँचीको पाणिनी तपोभूमि आझेलमा
अर्घाखाँचीस्थित पत्थरकोट जंगलबाट सकुशल उद्दार गरिएका दुई वर्षिय कपिलवस्तुका बालकको परिवारलाई हस्तान्तरण
आफनै पौरखी हातमा रमाउँदै अर्घाखाँची पणेनाका सिम्लेलीहरु
सन्धिखर्क हललाईन सड्क कालोपत्रे गर्न माग गर्दै जिविस घेराऊ (तस्बिर सहित)
हलो देखी हाईड्रोसम्म लगानी गर्न व्यावसायीको माग
सत्य तथ्य समाचारलाई ध्यान दिनुपर्नेमा जोड
सन्धिखर्कमा कोशेलिघर संचालन,उद्यमी हर्षित
अर्घाखाँचीको खनमा राजनितिक खिचातानीका कारण उच्च मावि कक्षा ११ बन्द
एमाले अर्घाखाँची द्वारा सन्धिखर्कमा जनसभा तथा साकृतिक कार्यक्रम सम्पन्न/गजुरेलले हसाए दर्शक
ठुलो एकादशी: एमाले अर्घाखाँचीद्वारा सदमुकाम सन्धिखर्कमा भव्य सास्कृतिक कार्यक्रम एवम सभा
प्रेरणा सस्था अर्घाखाँचीको आयोजनामा वार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीको बाँगी गाविसका ताम्राकारहरुको तामाका भाँडा बनाउने पेशा संकटमा
अर्घाखाँचीको बल्कोटमा २ दिने निःशुल्क आँखा शिविर संचालन
अध्यक्षमण्डलको प्रस्ताव अमान्य: एमाले ओली (तस्बिर र अडियो समाचार सहित)
केपी ओलीले आज अर्घाखाँचीको डाडाँकटेरीमा सम्बोधन गर्ने
कर्ण जङ रायमाझी अर्घाखाँची डटकमको दक्षिण कोरिया ब्युरो प्रमुखमा नियुक्त
अर्घाखाँचीमा विद्यार्थीले सहकारी खोलेर गरे आम्दानी
अर्घाखाँचीका तीस कर्मचारी छड्केमा
क्षेत्रिय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयद्बारा अर्घाखाँचीका बिभिन्न ठाउँका पसलहरुमा छापा (प्रजिअसँग अन्तरवार्ता एवम अडियो समाचार)
अर्घाखाँचीको ठुलापोखराको एक उच्च मावीका विधार्थीहरुले उच्च शिक्षा हासिल गर्न राहत होस् भनेर विधार्थी बचत खाता खोले (अडियो समाचार)