arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा माओवादी केन्द्रका जिल्ला सदस्य खड्का सहितका नेता एमालेमा प्रवेश text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ६, आइतवार)

अर्जुन भुसाल 

सन्धिखर्क, अर्घाखाँची ।  नेकपा माओवादी कन्द्रका जिल्ला सम्मेलन आयोजक कमिटी  सदस्य मुनाल खड्का सहित केहि व्यक्ति एमालेमा प्रवेश गरेका छन् । 


मदन आश्रित स्मृति भवन सन्धिखर्कमा आयोजित पार्टी प्रवेश कार्यक्रममा  एमाले जिल्ला अध्यक्ष चेतनाायण आचार्य, प्रदेश कमिटी सदस्य नरेन्द्र कुमार क्षेत्री, जिल्ला कमिटी सचिवालय सदस्य जनार्दन खनाल, पिताम्मर भुसाल, तिलक मिश्र, युवराज श्रेष्ठ लगायतका नेताहरुले खड्का सहितका नेताहरुलाई एमालेमा स्वागत गरेका हुन ।

 एमाले प्रवेश गर्नेहरुमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सल्लाहकार विष्णु मिश्र, बाँगी पूर्व गाउँ कमिटी उपाध्यक्ष राजेन्द्र टण्डन, नेकपा माओवादी  क्रान्तिकारीका बागी गाउँ कमिटी उपाध्यक्ष दिपक मिश्र, माओवादी केन्द्रका पार्टी सदस्यहरु धुव्र भुसाल, नारायण प्रसाद मिश्र रहेका छन् । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेको घोषणा समेत गरेका छन् ।


 माओवादी पार्टी राष्ट्रियता र जनजीविकाको सवालमा कमजोर भएको निष्कर्ष निकाल्दै एमालेमा प्रवेश गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । एमाले पार्टीमा प्रवेश गरेका खड्काले एमाले राष्ट्रिय स्वाधीनता रक्षा गर्दै जनताको हक हितका लागि लड्ने पार्टी भएकाले एमालेको बिचारबाट प्रभावित भएर प्रवेश गरेको बताउनुभयो । उहाँले अब एमालेको संगठन विस्तार गर्ने काममा कटीबद्ध भएर लाग्ने बताउनु भयो ।
 
खड्का माओवादी जनयुद्ध काल देखि पार्टीको जिल्ला कमिटीमा रहेर काम गर्दै आउनु भएको थियो । उहाँ युद्ध कालमा तिन वर्ष जेल समेत बस्नु भएको थियो । एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको भन्दै आगामी स्थानीय तहको निर्वाचनमा एमालेले भारी मतले विजयी हासिल गर्ने दावी गर्नुभयो । उहाँले विभिन्न पार्टीका नेता तहका व्यक्ति एमालेमा प्रवेश गरिरहेको बताउँदै अझै धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेको जानकारी गराउनु भयो । 


पाटी प्रवेश कार्यक्रममा जिल्ला कमिटी सदस्य मोतिजङ्ग रायमाझी, सन्धिखर्क विशेष नगर कमिटी सचिव श्रीकृष्ण भुसाल लगायतको आतिथ्यता रहेको थियो ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
बर्तमान सरकार अहिलेसम्मकै राष्ट्रघाती सरकार भएको राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष रश्मीराज नेपालीको आरोप
देउरालीडाँडा म्युजिकले अर्घाखाँचीमा सास्कृतिक कार्यक्रममा गर्ने/हास्य कलाकार सहित आधा दर्जन बढी कलाकार आउने
अर्घाखाँचीबासी युरोप फाउन्डेशन एवम दि टाईम्स अफ अर्थका फाउन्डर एवम प्रमुख सप्पन के.सी नेपालमा
२५ औं विश्व एड्स दिवसको अवसरमा अर्घाखाँचीमा बिभिन्न कार्यक्रम सम्पन्न / एचआईभी संक्रमितहरु सम्मानित
अर्घाखाँचीका युवा नारायण बाबुको पहिलो लोकभाका बजारमा
अर्घाखॉचीको टुडिखेलमा हानाहान
महिला हिंसा विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा अनेमसंघ अर्घाखाँचीद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा हाल सम्म १०३ जना एचआईभी संक्रमित फेला/पुरुष भन्दा महिला १ जनाले बढी
अन्तराष्ट्रिय रेस्लिङ्ग महाभिडन्त अर्घाखाँचीमा सम्पन्न / विश्वभरबाट एक लाख ३७ हजारले प्रत्यक्ष अर्घाखाँची डट्कम् मार्फत अवलोकन गरे
सन्घिखर्कमा युवा सक्रियता नेपालको स्थापना
सन्धिखर्कमा हुने अन्तराष्ट्रिय रेस्लिङ्गका लागि तयारी अन्तिम चरणमा
नरपानी चुनढुंगा उत्खनन् गर्नमा नेताबीच विवाद / दम गरे प्रतिवाद गर्छौ: गाउँले
दीप सागर यूवा क्लव नुवाकोट च्यूरामाटीको ५औं वार्षिक उत्सव तथा लोकगित कार्यक्रम सम्पन्न
झोलामा राहदानी बोकेर कतारमा भौतारीदै अर्घाखाँचीका कुँवर
सन्धिखर्कबाट भारतीय भुतपुर्ब सैनिकहरुको पेनसन बितरण हुने
प्रेरणा संस्थाद्धारा डा. चित्र शर्मा वाग्लेको उपचारका लागि आर्थिक सहयोग
महिला पुरुष दुबैलाई सचेत बनाउनु पर्ने सन्धिखर्कको कार्यक्रममा सहभागीहरुको भनाई
अर्घाखाँचीको नुवाकोटमा आगो निभाउने क्रममा एक बृद्ध महिला गम्भीर घाइते
राष्ट्रपतिको कदम विरुद्ध एमाओवादी अर्घाखॉचीको विरोध
अर्घाखॉचीमा एमालेको एकादशी मेला कार्यक्रम, सहमतिको बाधक एमाओवादी रहेको आरोप
http://go.oclaserver.com/afu.php?zoneid=1465736