arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा माओवादी केन्द्रका जिल्ला सदस्य खड्का सहितका नेता एमालेमा प्रवेश text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ६, आइतवार)

अर्जुन भुसाल 

सन्धिखर्क, अर्घाखाँची ।  नेकपा माओवादी कन्द्रका जिल्ला सम्मेलन आयोजक कमिटी  सदस्य मुनाल खड्का सहित केहि व्यक्ति एमालेमा प्रवेश गरेका छन् । 


मदन आश्रित स्मृति भवन सन्धिखर्कमा आयोजित पार्टी प्रवेश कार्यक्रममा  एमाले जिल्ला अध्यक्ष चेतनाायण आचार्य, प्रदेश कमिटी सदस्य नरेन्द्र कुमार क्षेत्री, जिल्ला कमिटी सचिवालय सदस्य जनार्दन खनाल, पिताम्मर भुसाल, तिलक मिश्र, युवराज श्रेष्ठ लगायतका नेताहरुले खड्का सहितका नेताहरुलाई एमालेमा स्वागत गरेका हुन ।

 एमाले प्रवेश गर्नेहरुमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सल्लाहकार विष्णु मिश्र, बाँगी पूर्व गाउँ कमिटी उपाध्यक्ष राजेन्द्र टण्डन, नेकपा माओवादी  क्रान्तिकारीका बागी गाउँ कमिटी उपाध्यक्ष दिपक मिश्र, माओवादी केन्द्रका पार्टी सदस्यहरु धुव्र भुसाल, नारायण प्रसाद मिश्र रहेका छन् । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेको घोषणा समेत गरेका छन् ।


 माओवादी पार्टी राष्ट्रियता र जनजीविकाको सवालमा कमजोर भएको निष्कर्ष निकाल्दै एमालेमा प्रवेश गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । एमाले पार्टीमा प्रवेश गरेका खड्काले एमाले राष्ट्रिय स्वाधीनता रक्षा गर्दै जनताको हक हितका लागि लड्ने पार्टी भएकाले एमालेको बिचारबाट प्रभावित भएर प्रवेश गरेको बताउनुभयो । उहाँले अब एमालेको संगठन विस्तार गर्ने काममा कटीबद्ध भएर लाग्ने बताउनु भयो ।
 
खड्का माओवादी जनयुद्ध काल देखि पार्टीको जिल्ला कमिटीमा रहेर काम गर्दै आउनु भएको थियो । उहाँ युद्ध कालमा तिन वर्ष जेल समेत बस्नु भएको थियो । एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको भन्दै आगामी स्थानीय तहको निर्वाचनमा एमालेले भारी मतले विजयी हासिल गर्ने दावी गर्नुभयो । उहाँले विभिन्न पार्टीका नेता तहका व्यक्ति एमालेमा प्रवेश गरिरहेको बताउँदै अझै धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेको जानकारी गराउनु भयो । 


पाटी प्रवेश कार्यक्रममा जिल्ला कमिटी सदस्य मोतिजङ्ग रायमाझी, सन्धिखर्क विशेष नगर कमिटी सचिव श्रीकृष्ण भुसाल लगायतको आतिथ्यता रहेको थियो ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
राष्ट्रिय बाल दिवस मनाईदैं गर्दा अर्घाखाँचीमा चरम बाल श्रम शोषण
अन्तरास्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको काठमाण्डौ सम्पर्क समिती गठन
अर्घाखाँची जिल्ला अदालतका नयाँ जिल्ला न्यायाधीशमा रामचन्द्र पौडेल
अर्घाखाँचीमा बाघ मार्नका लागि भोली देखि हतियारसहित बिशेष प्रहरी परिचालन, सुरक्षा टिम र नगरपालिकाका प्रतिनिधिले खचिकोटका पीडित परिवारलाई भेटे
गच्छेखोला बजारमा फेला परेका अचेत व्यक्तीको मृत्‍यु
अर्घाखाँचीमा मानव र वन्यजन्तुबीच द्वन्द्व र विकल्प
अर्घाखाँचीमा सुरक्षाको प्रत्याभुति दिलाउन प्रहरी प्रशासन असफल ! बाघको आक्रमणबाट ठुलो मानविय क्षती भएपछि संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग
खाचिकोटको प्रगतीनगर भालुखोला बाजाबारीमा बाघले बच्चा खायो
जनज्योती मावी चुत्राबेशीका पुर्व प्राध्यापक तथा खाचिकोटका समाजसेवी दिपक शाहको निधन
जनज्योती मावी चुत्राबेशीका पुर्व प्राध्यापक तथा खाचिकोट समाजसेवी दिपक शाहको निधन
अर्घाखाँची जिल्ला अदालतमा उत्कृष्ट कर्मचारी सम्मान
सन्धिखर्क र चुत्राबेंसीका सडक क्षतविक्षत, मुख्य गल्लीका सडक हिलाम्मे
सन्धिखर्कमा भलिबल प्रतियोगिता हुने
अर्घाखाँचीमा भ्रष्टाचार बिरुद्धको अभियान ग्रामिण तह सम्म
राष्ट्रिय जनमोर्चाको जलुकेमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा राष्ट्रिय शिक्षा दिबस तथा अन्तराष्ट्रिय साक्षरता दिबस मनाइयो
अर्घाखाँचीमा भ्रष्टाचार बिरुद्धको अभियान बिभिन्न कार्यक्रम गरी मनाइयो
अर्घा गच्छेगैरामा मकै खेती समापन तथा कृषक दिवस कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सडक निर्माण धमाधम
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी पोखरेललाई बिदाई