arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा माओवादी केन्द्रका जिल्ला सदस्य खड्का सहितका नेता एमालेमा प्रवेश text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ६, आइतवार)

अर्जुन भुसाल 

सन्धिखर्क, अर्घाखाँची ।  नेकपा माओवादी कन्द्रका जिल्ला सम्मेलन आयोजक कमिटी  सदस्य मुनाल खड्का सहित केहि व्यक्ति एमालेमा प्रवेश गरेका छन् । 


मदन आश्रित स्मृति भवन सन्धिखर्कमा आयोजित पार्टी प्रवेश कार्यक्रममा  एमाले जिल्ला अध्यक्ष चेतनाायण आचार्य, प्रदेश कमिटी सदस्य नरेन्द्र कुमार क्षेत्री, जिल्ला कमिटी सचिवालय सदस्य जनार्दन खनाल, पिताम्मर भुसाल, तिलक मिश्र, युवराज श्रेष्ठ लगायतका नेताहरुले खड्का सहितका नेताहरुलाई एमालेमा स्वागत गरेका हुन ।

 एमाले प्रवेश गर्नेहरुमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सल्लाहकार विष्णु मिश्र, बाँगी पूर्व गाउँ कमिटी उपाध्यक्ष राजेन्द्र टण्डन, नेकपा माओवादी  क्रान्तिकारीका बागी गाउँ कमिटी उपाध्यक्ष दिपक मिश्र, माओवादी केन्द्रका पार्टी सदस्यहरु धुव्र भुसाल, नारायण प्रसाद मिश्र रहेका छन् । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेको घोषणा समेत गरेका छन् ।


 माओवादी पार्टी राष्ट्रियता र जनजीविकाको सवालमा कमजोर भएको निष्कर्ष निकाल्दै एमालेमा प्रवेश गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । एमाले पार्टीमा प्रवेश गरेका खड्काले एमाले राष्ट्रिय स्वाधीनता रक्षा गर्दै जनताको हक हितका लागि लड्ने पार्टी भएकाले एमालेको बिचारबाट प्रभावित भएर प्रवेश गरेको बताउनुभयो । उहाँले अब एमालेको संगठन विस्तार गर्ने काममा कटीबद्ध भएर लाग्ने बताउनु भयो ।
 
खड्का माओवादी जनयुद्ध काल देखि पार्टीको जिल्ला कमिटीमा रहेर काम गर्दै आउनु भएको थियो । उहाँ युद्ध कालमा तिन वर्ष जेल समेत बस्नु भएको थियो । एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको भन्दै आगामी स्थानीय तहको निर्वाचनमा एमालेले भारी मतले विजयी हासिल गर्ने दावी गर्नुभयो । उहाँले विभिन्न पार्टीका नेता तहका व्यक्ति एमालेमा प्रवेश गरिरहेको बताउँदै अझै धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेको जानकारी गराउनु भयो । 


पाटी प्रवेश कार्यक्रममा जिल्ला कमिटी सदस्य मोतिजङ्ग रायमाझी, सन्धिखर्क विशेष नगर कमिटी सचिव श्रीकृष्ण भुसाल लगायतको आतिथ्यता रहेको थियो ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
मालारानीमा बाम गठबन्धनको संयुक्त भेला सम्पन्न
सन्धिखर्कबाट बेपत्ता मैदान धारापानीका हरिप्रसाद भट्टराई झुन्डिएको अबस्थामा फुदवाङको जंगलमा मृत फेला
अर्घाखाँचीबाट प्रतिनिधि सभामा टाेपबहादुर रायमाझी, प्रदेश सभा क्षेत्र नं. १ मा चेतनारायण आचार्यले सजिलै जित्ने अनुमान, प्रदेश सभा क्षेत्र नं. २ मा प्रतिस्पर्धा (सम्पूर्ण प्रक्षेपण सहित)
एमाले र माओवादी केन्द्र अर्घाखाँची - काठमाडौं सम्पर्कमञ्को संयुक्त बाम भेला सम्पन्न, पाँच वर्ष भित्रमा अर्घाखाँचीका ग्रामिण सडक कालोपत्रे गरिछाड्ने टोपबहादुरको प्रतिबद्धता (तस्बिर सहित)
मालारानी गाउँपालिकाको मरेङकी एक टुहुरी बालिकालाई १२ कक्षा सम्मको निशुल्क पढाउन सहयोग ! समाजसेवी युवाराज थापाको मुल्याङ्कन भएन्
कांग्रेस अर्घाखाँची क्षेत्र १ द्वारा चुनावी कार्यक्रम सार्वजनिक (कार्तिक २३ देखि मंसिर १४ गते सम्मको कार्यक्रम सुची सहित)
अर्घाखाँचीमा युवा संघ र वाइसीएलले वाम गठवन्धन उम्मेद्वारहरुलाई विजयी गराउन सम्पूर्ण शक्ति परिचालन गर्ने
अर्घाखाँचीमा २ जनाले उम्मेदवारी फिर्ता लिए, बाम गठबन्धनलाई समर्थन गर्ने (अब चुनावमा प्रतिस्पर्दा गर्ने उम्मेदवारहरुको विवरण सहित )
सन्धिखर्कको फुदवाङमा आफ्नै छोरा कुटपिट गर्ने सौतेनी आमा र बुबालाई प्रकाउ
सन्धिखर्कमा मानव अधिकार रक्षकहरुको सुरक्षा सम्बन्धि अन्तर्कृया तथा परिचयात्मक कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा टाेपबहादुर रायमाझीलाई सघाउने भन्दै राष्ट्रिय जनमोर्चाका उम्मेद्वार शेरबहादुर बिसीद्दारा उम्मेद्वारी फिर्ता
मालारानी गाउँपालिकाको मरेङ भण्डारथुममा एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
गाउँका विद्यालय सुधार्न जुटे विदेशमा रहेका शितगंगा नगरपालिकाका युवायुवती
अर्घाखाँचीमा पत्रकार महासंघका अध्यक्ष, उपाध्यक्ष लगायत पत्रकार बाम गठबन्धनलाई चुनाव जिताउन लागि परे, महासंघको अर्घाखाँची शाखा खारेज गर्न माग
मालारानी गाउँपालिकाको गोखुङ्गामा कार्तिके पुर्णिमा मेला सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीका वाम गठवन्धन उम्मेद्वारसँगको चुनावी भेटघाट कार्यक्रम बुटवलमा सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीमा टोप बहादुर रायमाझी विरुद्ध बागी उम्मेदवारी दिई असहयोग गर्ने चेतावनी दिएका चन्द्र बहादुर खड्काले अन्तत: वाम गठबन्धनलाई सहयोग गर्ने
अर्घाखाँचीमा कांग्रेस उम्मेदवार डा. रामबहादुर विसीद्दारा चुनाव जिते संसद्को तलब क्यान्सर पिडितलाई दिने घोषणा
अर्घाखाँचीमा बाम गठबन्धनद्दारा कार्तिक २३ देखि मंसीर १८ गते सम्मका चुनावी सभा तथा भेटघाट कार्यक्रम सार्वजनिक (जिल्लाभरका कार्यक्रम सुची सहित)
अर्घाखाँचीमा वामपन्थी गठबन्धनद्वारा चुनावी कार्यक्रम सार्वजनिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736