arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा माओवादी केन्द्रका जिल्ला सदस्य खड्का सहितका नेता एमालेमा प्रवेश text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ६, आइतवार)

अर्जुन भुसाल 

सन्धिखर्क, अर्घाखाँची ।  नेकपा माओवादी कन्द्रका जिल्ला सम्मेलन आयोजक कमिटी  सदस्य मुनाल खड्का सहित केहि व्यक्ति एमालेमा प्रवेश गरेका छन् । 


मदन आश्रित स्मृति भवन सन्धिखर्कमा आयोजित पार्टी प्रवेश कार्यक्रममा  एमाले जिल्ला अध्यक्ष चेतनाायण आचार्य, प्रदेश कमिटी सदस्य नरेन्द्र कुमार क्षेत्री, जिल्ला कमिटी सचिवालय सदस्य जनार्दन खनाल, पिताम्मर भुसाल, तिलक मिश्र, युवराज श्रेष्ठ लगायतका नेताहरुले खड्का सहितका नेताहरुलाई एमालेमा स्वागत गरेका हुन ।

 एमाले प्रवेश गर्नेहरुमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सल्लाहकार विष्णु मिश्र, बाँगी पूर्व गाउँ कमिटी उपाध्यक्ष राजेन्द्र टण्डन, नेकपा माओवादी  क्रान्तिकारीका बागी गाउँ कमिटी उपाध्यक्ष दिपक मिश्र, माओवादी केन्द्रका पार्टी सदस्यहरु धुव्र भुसाल, नारायण प्रसाद मिश्र रहेका छन् । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेको घोषणा समेत गरेका छन् ।


 माओवादी पार्टी राष्ट्रियता र जनजीविकाको सवालमा कमजोर भएको निष्कर्ष निकाल्दै एमालेमा प्रवेश गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । एमाले पार्टीमा प्रवेश गरेका खड्काले एमाले राष्ट्रिय स्वाधीनता रक्षा गर्दै जनताको हक हितका लागि लड्ने पार्टी भएकाले एमालेको बिचारबाट प्रभावित भएर प्रवेश गरेको बताउनुभयो । उहाँले अब एमालेको संगठन विस्तार गर्ने काममा कटीबद्ध भएर लाग्ने बताउनु भयो ।
 
खड्का माओवादी जनयुद्ध काल देखि पार्टीको जिल्ला कमिटीमा रहेर काम गर्दै आउनु भएको थियो । उहाँ युद्ध कालमा तिन वर्ष जेल समेत बस्नु भएको थियो । एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको भन्दै आगामी स्थानीय तहको निर्वाचनमा एमालेले भारी मतले विजयी हासिल गर्ने दावी गर्नुभयो । उहाँले विभिन्न पार्टीका नेता तहका व्यक्ति एमालेमा प्रवेश गरिरहेको बताउँदै अझै धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेको जानकारी गराउनु भयो । 


पाटी प्रवेश कार्यक्रममा जिल्ला कमिटी सदस्य मोतिजङ्ग रायमाझी, सन्धिखर्क विशेष नगर कमिटी सचिव श्रीकृष्ण भुसाल लगायतको आतिथ्यता रहेको थियो ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर २१ गते हुने
शीतगंगा नगरपालिकाको देउरालीमा अबैध गाजा नष्ट (तस्बिर सहित)
अब अर्घाखाँचीमा रात्रिकालीन समयमा होटल तथा रेस्टुरेन्टमा कडाई, मापसे गरेर होहल्ला गर्नेलाई प्रहरीले नछोड्ने
भुमिकास्थान नगरपालिका -६ मा रहेको दुर्बाङ्ग फाट पर्यटकको पखाईमा
अर्घाका एक गन्धर्व बालकको आर्थिक कारणले उपचार हुन् नसक्दा मृत्‍यु, बाबु बेपत्ता
अखिल छैठौं अर्घाखाँचीको सन्धिखर्कमा पाँचौ पूर्ण बैठक सम्पन्न
अर्घाखाँचीमा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र हुने (तपाईंको गाउँ/नगर कुन निर्वाचन क्षेत्रमा पर्‍यो थाहा पाउनुहोस् )
बल्कोट स्वास्थ्य केन्द्रका लागी एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीमा भाइरल ज्वरोका बिरामी बढे, अस्पतालमा चाप
मालारानी गाउँपालिकाको खनमा भीरबाट लडेर एकको मृत्‍यु
सन्धिखर्कमा सगरमाथा युथ क्लवद्धारा आयोजीत अन्डर १० कक्षाका बिधार्थिहरुको क्रिकेट टुर्नाममेन्ट सम्पन्न (तस्बिर सहित)
श्री जनज्योति मावि चुत्राबेसीका पुर्ब प्रधानाध्यापक वीर बहादुर सिंहको ७७ बर्षको उमेरमा निधन
सुशासन प्रर्बधनका लागि नागरीक सञ्जाल अर्घाखाँचीको गठन
सरकारी अड्डामा जग्गाधनी पुर्जाको अभिलेख नहुँदा अर्घाखाँचीवासी अप्ठ्यारोमा
खनका मृगौला पिडितको उपचारका लागि आर्थिक सहयोग रकम हस्तान्तरण
अर्घाखाँचीबाट बुटवल जादै गरेको बस दुर्घट्ना, ६ जना घाइते
अर्घाखाँचीमा चितुवा, भालु, बाँदर र बँदेलको आतंक, स्थानीय तहबाटै तलब दिई बाँदर हेरालु नियुक्त
मालारानी गाउँपालिकाको प्रथम गाउँसभा ५ नम्वर वार्डको विवादका कारण स्थगित
सन्धिखर्कमा मोटरसाईकलको ठक्करवाट एक घाईते
डिभर्नाको सल्लिकोट चिल्याथुममा कांग्रेसको शोक सभा सम्पन्न