arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

अर्घाखाँचीमा माओवादी केन्द्रका जिल्ला सदस्य खड्का सहितका नेता एमालेमा प्रवेश text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ६, आइतवार)

अर्जुन भुसाल 

सन्धिखर्क, अर्घाखाँची ।  नेकपा माओवादी कन्द्रका जिल्ला सम्मेलन आयोजक कमिटी  सदस्य मुनाल खड्का सहित केहि व्यक्ति एमालेमा प्रवेश गरेका छन् । 


मदन आश्रित स्मृति भवन सन्धिखर्कमा आयोजित पार्टी प्रवेश कार्यक्रममा  एमाले जिल्ला अध्यक्ष चेतनाायण आचार्य, प्रदेश कमिटी सदस्य नरेन्द्र कुमार क्षेत्री, जिल्ला कमिटी सचिवालय सदस्य जनार्दन खनाल, पिताम्मर भुसाल, तिलक मिश्र, युवराज श्रेष्ठ लगायतका नेताहरुले खड्का सहितका नेताहरुलाई एमालेमा स्वागत गरेका हुन ।

 एमाले प्रवेश गर्नेहरुमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सल्लाहकार विष्णु मिश्र, बाँगी पूर्व गाउँ कमिटी उपाध्यक्ष राजेन्द्र टण्डन, नेकपा माओवादी  क्रान्तिकारीका बागी गाउँ कमिटी उपाध्यक्ष दिपक मिश्र, माओवादी केन्द्रका पार्टी सदस्यहरु धुव्र भुसाल, नारायण प्रसाद मिश्र रहेका छन् । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेको घोषणा समेत गरेका छन् ।


 माओवादी पार्टी राष्ट्रियता र जनजीविकाको सवालमा कमजोर भएको निष्कर्ष निकाल्दै एमालेमा प्रवेश गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । एमाले पार्टीमा प्रवेश गरेका खड्काले एमाले राष्ट्रिय स्वाधीनता रक्षा गर्दै जनताको हक हितका लागि लड्ने पार्टी भएकाले एमालेको बिचारबाट प्रभावित भएर प्रवेश गरेको बताउनुभयो । उहाँले अब एमालेको संगठन विस्तार गर्ने काममा कटीबद्ध भएर लाग्ने बताउनु भयो ।
 
खड्का माओवादी जनयुद्ध काल देखि पार्टीको जिल्ला कमिटीमा रहेर काम गर्दै आउनु भएको थियो । उहाँ युद्ध कालमा तिन वर्ष जेल समेत बस्नु भएको थियो । एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको भन्दै आगामी स्थानीय तहको निर्वाचनमा एमालेले भारी मतले विजयी हासिल गर्ने दावी गर्नुभयो । उहाँले विभिन्न पार्टीका नेता तहका व्यक्ति एमालेमा प्रवेश गरिरहेको बताउँदै अझै धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेको जानकारी गराउनु भयो । 


पाटी प्रवेश कार्यक्रममा जिल्ला कमिटी सदस्य मोतिजङ्ग रायमाझी, सन्धिखर्क विशेष नगर कमिटी सचिव श्रीकृष्ण भुसाल लगायतको आतिथ्यता रहेको थियो ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खिदिममा ८ वर्षिया बालिकालाई जबरजस्ती करणी गर्नेलाई १३ बर्ष कैद सजाय
अर्घाखाँचीमा खोला क्षेत्र सरसफाइ गरी विश्व पानी दिवस मनाइयो (तस्बिर)
खिल्जीबाट असुरकोट जाँदै गरेको जिप दुर्घटना, ३ जना घाइते
धानको उत्पादन सम्बन्धी कार्यक्रम अर्घाखाँचीमा सम्पन्न
मालारानी गाउँपालिकाको हंसपुरमा विभिन्न पार्टी परित्याग गरि २०० जना माओवादी केन्द्रमा प्रवेश
अर्घाखाँचीमा १६ बर्ष पछि अभियुक्त पक्राउ
अर्घाखाँचीकोमा कृषिमा जलवायु परिवर्तन अनुकूलनको लागि एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्न
चुनावी अभियानमा गाउँ गाउँ पुग्दै नयाँ शक्ति पार्टी अर्घाखाँची ।
पटौटीमा ११७ घरधुरि गर्भवती, ग्रामिण नमुना कृषकलाई विउँ वितरण
जातिय समता समाजको जनसभा सन्धिखर्कमा सम्पन्न
अर्घाखाँचीमा १३ राजनीतिक दलले मात्र स्थानीय निर्वाचनमा भाग लिन पाउने
उद्योग बाणिज्य संघ अर्घाखाँचीको छैटौं साधारण सभा सन्धिखर्कमा शुरु (तस्बिर)
पाणिनी गाउँपालीकाको मैदानमा कांग्रेसको पार्टी सुदृणीकरण भेला सम्पन्न
अर्घाखाँचीमा पहिलो पुस्तकालय संचालन गर्ने शिबलाल भुसालको ९२ बर्षको उमेरमा निधन
सन्धिखर्कमा सालझण्डी-ढोरपाटन सडकखण्डको ट्रयाक खोल्ने विवाद दुई बर्ष देखि कायमै
सन्धिखर्कमा महिलाको पाठेघर सम्बन्धी शिबिर सम्पन्न
सन्धिखर्कमा सामुहिक जवरजस्ती करणी गरेका ४ जना युबाहरु ११ बर्ष जेल चलान
अर्घाखाँचीका ३ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटिए
अर्घाखाँची जिल्ला अदालतको अनुगमन निरिक्षण कार्य सम्पन्न
सन्धिखर्कमा एक दृष्टि बिहिन बिद्यार्थीले माध्यमिक शिक्षा परीक्षा दिदै, दोस्रो दिनको नेपाली बिषयकाे परीक्षा शान्तीपूर्ण रुपमा सम्पन्न