arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

अर्घाखाँचीमा माओवादी केन्द्रका जिल्ला सदस्य खड्का सहितका नेता एमालेमा प्रवेश text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ६, आइतवार)

अर्जुन भुसाल 

सन्धिखर्क, अर्घाखाँची ।  नेकपा माओवादी कन्द्रका जिल्ला सम्मेलन आयोजक कमिटी  सदस्य मुनाल खड्का सहित केहि व्यक्ति एमालेमा प्रवेश गरेका छन् । 


मदन आश्रित स्मृति भवन सन्धिखर्कमा आयोजित पार्टी प्रवेश कार्यक्रममा  एमाले जिल्ला अध्यक्ष चेतनाायण आचार्य, प्रदेश कमिटी सदस्य नरेन्द्र कुमार क्षेत्री, जिल्ला कमिटी सचिवालय सदस्य जनार्दन खनाल, पिताम्मर भुसाल, तिलक मिश्र, युवराज श्रेष्ठ लगायतका नेताहरुले खड्का सहितका नेताहरुलाई एमालेमा स्वागत गरेका हुन ।

 एमाले प्रवेश गर्नेहरुमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सल्लाहकार विष्णु मिश्र, बाँगी पूर्व गाउँ कमिटी उपाध्यक्ष राजेन्द्र टण्डन, नेकपा माओवादी  क्रान्तिकारीका बागी गाउँ कमिटी उपाध्यक्ष दिपक मिश्र, माओवादी केन्द्रका पार्टी सदस्यहरु धुव्र भुसाल, नारायण प्रसाद मिश्र रहेका छन् । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेको घोषणा समेत गरेका छन् ।


 माओवादी पार्टी राष्ट्रियता र जनजीविकाको सवालमा कमजोर भएको निष्कर्ष निकाल्दै एमालेमा प्रवेश गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । एमाले पार्टीमा प्रवेश गरेका खड्काले एमाले राष्ट्रिय स्वाधीनता रक्षा गर्दै जनताको हक हितका लागि लड्ने पार्टी भएकाले एमालेको बिचारबाट प्रभावित भएर प्रवेश गरेको बताउनुभयो । उहाँले अब एमालेको संगठन विस्तार गर्ने काममा कटीबद्ध भएर लाग्ने बताउनु भयो ।
 
खड्का माओवादी जनयुद्ध काल देखि पार्टीको जिल्ला कमिटीमा रहेर काम गर्दै आउनु भएको थियो । उहाँ युद्ध कालमा तिन वर्ष जेल समेत बस्नु भएको थियो । एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको भन्दै आगामी स्थानीय तहको निर्वाचनमा एमालेले भारी मतले विजयी हासिल गर्ने दावी गर्नुभयो । उहाँले विभिन्न पार्टीका नेता तहका व्यक्ति एमालेमा प्रवेश गरिरहेको बताउँदै अझै धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेको जानकारी गराउनु भयो । 


पाटी प्रवेश कार्यक्रममा जिल्ला कमिटी सदस्य मोतिजङ्ग रायमाझी, सन्धिखर्क विशेष नगर कमिटी सचिव श्रीकृष्ण भुसाल लगायतको आतिथ्यता रहेको थियो ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
एमाले मालारानी गाउँपालिका १ को भेला सम्पन्न
अर्घाखाँची काठमाण्डौ कलाकार समाजको नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
माओवादी केन्द्र निकट अर्घाखाँची -काठमाडौ संघीय जनसम्पर्क मंचको भेला सम्पन्न
प्रेस युनियन अर्घाखाँचीले स्थानिय निर्वाचनका लागि जिल्लाभर संयाेजक तोक्यो
मालारानी गाउँपालिकाको खनदहमा कांग्रेसको पार्टी कार्यालय उद्घाटन तथा भेला सम्पन्न
कांग्रेस धातिवाङ्गकाे भेला सम्पन्न, चुनावकाे लागि विभिन्न समिति गठन
सन्धिखर्कमा हात धुने कार्यक्रम बारेमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
मालारानी गाउँपालिकाको अर्घातोषका प्राय सरकारी कार्यालय २ नबज्दै बन्द, कर्मचारीको मनोमानी
अर्घाखाँचीका गाउँघर चुनावीमय, युवा उम्मेद्वारको चर्चा, घर-घरमा भोट माग्न आकांक्षी पुगे, कस्ता छन् उम्मेदवारहरु ?
अर्घाखाँचीमा परेको वर्षा र असिनाले कृषिबालीमा क्षति ( तस्बिर)
एमाले भुमिकास्थान नगरपालिका- ३ र ४ को संयुक्त भेला सम्पन्न
कफी खेतिलाई अर्घाखाँचीमा मुख्य खेतिको रुपमा बिकास गर्न सकिने क्षेत्रिय निर्देशकको भनाई
अर्घाखाँचीमा विद्युत सुरक्षा दिवस मनाइयो ( तस्बिर, भिडियो)
भुमिकास्थान नगरपालिकाको धारापानीमा एमालेको बिस्तारित बैठक सम्पन्न
नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीको प्रतिरोध अभियान शुरु, स्थानीय निर्वाचनलाई खारेज गर्न माग
पाणिनी गाउँपालिकाकाे पटाैटीमा घरायसी खाद्यान्न उत्पादन सम्बन्धि २ दिने तालिम सुरू
अर्घाखाँचीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता स्थगन
अर्घाखाँचीमा म्यादी प्रहरीको छनौट प्रक्रिया पुरा (नामावली सहित)
१३ बर्ष अर्घाखाँची उद्योग वाणिज्य संघको अध्यक्ष बनेका श्रेष्ठद्धारा केन्द्रिय सदस्यमा उमेद्धारी घोषणा
अर्घाखाँचीमा एक युवाद्वारा क्रिस्चियन धर्म परिवर्तनका कारण बुबाको दाहसंस्कार, किरिया गर्न इन्कार