arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

अनि सरकार, मैले कसरी मानु यो संघियता ? (कविता )text size increase   text size decrease   Print    rss (२०७३ म‌सिर १८, शनिवार)

विनोद भण्डारी

मेरो घर वुटवल

मेरो पुर्खाको घर पाल्पा

मेरो मावल गुल्मी

वुवाको मावल अर्घाखाँची

तर

मेरो ससुराली भैरहवा

किनभने म पहाडी भएर पनि

मधेसीसंग विहे गरेको छु

दशैंमा ससुराली मधेषमा मनाउँछु

तिहार मान्न पहाड जान्छु

यज्ञ जात्रा हुँदा,

मेरो घरमा

गुल्मीवाट आउँछन् आफन्तीहरु

पाल्पावाट झर्छन् इष्टमित्रहरु

र अर्घाखाचीवाट पाहुनाहरु

अथवा भनुँ

मेरो घरको आगँनमा

मधेष पनि हुन्छ, पहाड पनि हुन्छ

वुटवल, भैरहवा मधेस हुन्

पाल्पा,गुल्मी,अर्घाखाची पहाड हुन्

तर म बाँधिएको छु

रुपन्देहीमा पनि, पाल्पामा पनि

गुल्मीमा पनि, अर्घाखाचीमा पनि

अथवा भनुँ

तराइ र पहाड दुवैमा ।

***

मेरो पेशा व्यापार

म पाल्पावाट सब्जी मगाउँछु

वुटवलमा बेच्छु

भैरहवाबाट कपडा मगाउँछु्

अर्घाखाचीमा बेच्छु

गुल्मीवाट कफी मगाउँछु

भैरहवाको बजारमा वेच्छु

मधेषको चामल पहाड पुग्छ

पहाडको तरकारी तराई

तराइका व्यापारि पहाड चहार्छन्

पहाडका व्यापारि तराई

सम्वन्ध आगाध छ

साइनो अटुट छ

दरार आएको छैन

बस् दरार त अव ल्याउन खोजिदैछ

सरकारवाट

हो सरकार

कसलाई सोधेर अलग गर्न लागेको यी जिल्ला ?

***

वुटवलवासीको तिर्खा मेटाउन

पाल्पावाट तिनाउ झरेको छ

चिसो बतास लिएर त्यही नदी

भैरहवाको सुख्खा खेतहरु भिजाउँछ

र त उब्जन्छन् अन्नहरु

मधेसमा ।

अनि

भैरहवावासी मधेसी बन्धुहरु

आफ्नो उत्पादन लिएर

पुग्छन् पहाडी जिल्लाहरु

र त उपभोग गर्न पाउछन्

पहाडीहरु ।

पुर्खाको सम्बन्ध छ

पानिको सम्बन्ध छ

उत्पादनको सम्बन्ध छ

व्यापारको सम्बन्ध छ

अथवा भनुँ

सम्बन्ध पत्र पत्रमा छ

यी जिल्लाहरुबिच ।

तर यही अक्षुण सम्बन्ध धमिल्याउन किन खोजेको ?

भन सरकार, कसलाई सोधेर

अलग गर्न लागेको यी जिल्ला ?

***

वुटवलका मान्छेहरु भाकल गर्छन्

र पुग्छन् सुपादेउराली

जुन अर्घाखाचीमा छ

पाल्पालीहरु

सिद्धवावा दर्शन गर्न

वुटवल झर्छन्

अनि

वुटवलवासीहरु

माघे सक्रान्तिमा स्नान गर्न

रिणीसम्म पुग्छन्

जुन गुल्मीमा छ

पहाडीहरु सवै घुम्न आउँछन् लुम्विनी

जुन मधेसमा छ

तर

यति मिलेर बसेको भूगोल

यतिधेरै स्नेहले बाधिएको क्षेत्र

म बसेको थातवासको सिमाना कोर्ने

तिमी को हौ ?

हो सरकार तिमी को हौ ?

काठमाडौंमा बसेर मेरो जिल्ला चिर्ने

तिमी कोहौ ?

म बसेको पुर्खौदेखीको थातवास

मेरो स्वीकृतिविना

मनलागी सिमाना कोर्न

तिमीलाई कस्ले आज्ञा दियो ?

न मेरा प्रतिनिधि खुसी छन्

न यहाँबस्ने बासिन्दा

न त यो माग सुनिएको थियो

किन यस्तो प्रस्ताव ल्यायौ सरकार

हेर त आन्दोलन हुँदैछ

हजारौ सडकमा ओर्लिएका छन्

हेर त बन्द हुँदैछ

बन्द र आन्दोलन गर्नै हुँदैन

मलाई पनि स्वीकार छैन

तर सरकार

तिमीले काठमाडौंवाट

मेरो जिल्लाहरु बिच सिमा कोर्ने

तिम्रो यो कदम कसरी स्वीकार गरुँ म ?

अनि सरकार

मलाई कुनै राजनितिक पार्टीले उक्साएको होइन

किनभने मलाई राजनितिसँग कुनै मतलब छैन

मेरो चाहना त वस्

नङ्ग मासुको सम्बन्ध भएको

क्षेत्रलाई किन वित्थामा विभाजन गर्ने ?

मिलेर बसेको क्षेत्रलाई

विभाजिन गर्दा

कसलाई राम्रो लाग्छ र सरकार ?

भन सरकार तिमीले भनेको संघियता

यस्तै हो त ?

अल्पसंख्यकलाई अधिकार दिने

दुर्गम वस्तीहरुमा सुविधा पुर्याउने

सरकारी कामकाजलाई

सवै ठाउँमा सहज बनाउने

उद्देश्य होइन र संघियताको ।

हो नी

त्यसमा त कसको विमती हुन्थ्यो र सरकार

वुझिदे सरकार

मेरा मधेसी वन्धुहरुको

उपेक्षित व्याथाहरु

सम्वोधन गरिदे

उनीहरुका जायज मागहरु

दुर्गम ठाउँमा बस्नेहरुको व्याथाहरु

गरिवी र विपन्नहरुका पनि उस्तै कथाहरु छन्

वुझिदे उनीहरुका पीडा पनि

तर

मिलेर बसेकालाई

तेरो क्षेत्र यता अनि तेरो उता

यो के गरेको सरकार ?

एउटाको समस्या वुझिदिने

नाउँमा

अक्षुण सम्बन्ध भएको क्षेत्रलाई

अलग किन गर्न लागेको सरकार ?

मैले वुझिन

मलाई वुझाउ

नभए मैले कसरी मानु तिम्रो यो सिमांकन ?

मैले कसरी मानु म जोडिएको भुमिको विभाजन ?

अनि सरकार

यस्तै हो भने

मैले कसरी मानु तिम्रो संघियता ?

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
गजल:- छाड़ेर गएछ उ
गजल:- अन्तीम एउटा धोको थियो
गजल:- मेरो दील जिगर हौ
गजल:- लिएर कोही जादैन केही
गजल:- सु:ख खोज्दै
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:-यो सालको तिजमा
म आमा भएँ
गजल:- थाहा छैन
उन्यु फुल्दैन किन?के नपुगेर होला
गजल: चुप्प लागेर भएन अब
गजल:- आफ्नै घरको जमीन छोड़ी
संस्कृत साहित्य तथा हिन्दु धर्मका ज्ञाता आचार्य खेमराज केशवशरणको निधन
गजल:- टुक्रेको मूटु
गजल:- गरीन के?
गजल:- तिमी खुशी भई दीए
रोईन (गजल)
गजल:- खेलौना पो रै छु
ज्युँदो मान्छे