मान्छे यस्तो छ
(२०६९ भाद्र १७, शनिवार)
- बाबु रोका(मगर)अपरिचित असुरकोट-९ अर्घाखाँची हाल(दिल्ली भारत)
कसैलाई केही नभनी बस्दछु सबैजना मलाई अपहेलना गर्दछन केही गर्नु पर्छ है भनेर अघी सर्न खोज्दछु सबै जना खुट्टा तान्ने कोशीस गर्दछन |
ठुला बडाहरुको सम्मान गर्दछु उनिहरु मलाई कम्जोर ठान्दछन् अन्यायमा परेकोलाई न्याय दिलाउन खोज्दछु उनिहरु मलाई जोकर ठान्दछन् |
कोही-कोही मान्छेहरु तिमी राम्रो गरेका छौ भन्दछन् कोहि-कोही मान्छेहरु सर्बसाधारणको अघी हिरो बन्छ भन्दछन् कोहि-कोही व्यक्तिहरु स्यावास पनि भन्दछन् कोहि-कोही व्यक्तिहरु घमन्डी छ पनि भन्दछन् |
आखिर मान्छे यस्तो रहेछ कि धेरै स्वार्थी रहेछ न आफु गरी खाने न अर्कोलाई गरी खान दिने एउटालाई समस्या पर्दा अर्कोले निदाएको नाटक गर्दछ खबरदार निदाएको नाटक नगर किनकी भोली तिम्रो पालो पर्नेछ | |