arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

संस्कृतिविद् तथा सन्चारकर्मी जनार्दन घिमिरेको निधनtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड १, सोमवार)


संस्कृतिविद् तथा सन्चारकर्मी जनार्दन घिमिरेको सोमबार बिहान उपचारकाक्रममा निधन भएको छ ।

शुक्रबार सिन्धुपाञ्चोकको खाडीचौरमा बस दुर्घटनामा परी करङमा चोट लागेका घिमिरेको उपचारकाक्रममा महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा सोमबार बिहान निधन भएको राष्ट्रिय धर्मसभा नेपालका सचिव अरुणकुमार पाण्डेले जानकारी गराए ।

काठमाडौंबाट स्थानीय तहको निर्वाचनमा सपरिवार मतदान गर्न दोलखा जानेक्रममा भएको सो दुर्घटनमा उनका बुबा मुक्तिनाथ र आमा रत्नकुमारीको घटनास्थलमै निधन भएको थियो । उनका श्रीमती र बहिनी भने घाइते छन् ।

घाइते भएपछि उनलाई उपचारकाक्रममा काठमाडौं ल्याइएको थियो । दोलखाको गौरीशंकर गाउँपालिकाको लामीडाँडा घर भएका घिमिरे भक्तपुरको कौशलटारमा बस्दथे ।

त्रिविका उपप्राध्यापक घिमिरे रेडियो कान्तिपुर एफएममा धार्मिक कार्यक्रमका सन्चालकसमेत रहेका थिए । उनी दोलखाको गौरीशंकर गाउँपालिकाका लामीडाँडा, बाब्रेगाउँलाई संस्कृतग्राम बनाउने अभियानमा रहेका थिए ।

शब्द सन्दोह कृतिका लेखक घिमिरे पाणिनी व्याकरणको धातुपाठ सम्बन्धी विषयमा विद्यावारिधि गर्दै थिए ।

नेपाली, अंग्रेजी र संस्कृत भाषाका ज्ञाता ४८ वर्षीय घिमिरेका दुई छोरा र एक छोरी छन् । उनको सोमबारै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदैछ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
गजल:- छाड़ेर गएछ उ
गजल:- अन्तीम एउटा धोको थियो
गजल:- मेरो दील जिगर हौ
गजल:- लिएर कोही जादैन केही
गजल:- सु:ख खोज्दै
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:-यो सालको तिजमा
म आमा भएँ
गजल:- थाहा छैन
उन्यु फुल्दैन किन?के नपुगेर होला
गजल: चुप्प लागेर भएन अब
गजल:- आफ्नै घरको जमीन छोड़ी
संस्कृत साहित्य तथा हिन्दु धर्मका ज्ञाता आचार्य खेमराज केशवशरणको निधन
गजल:- टुक्रेको मूटु
गजल:- गरीन के?
गजल:- तिमी खुशी भई दीए
रोईन (गजल)
गजल:- खेलौना पो रै छु
ज्युँदो मान्छे