एमालेद्बारा सहमतीय सरकार गठनको पुरानै अडान देहोर्याउँदै सरकार गठनका लागि अधिकतम लचकता अपनाउने निर्णय
(२०६७ माघ १२, सोमवार)
काठमाडौ - काठमाडौंबाट प्राप्त समाचार अनुसार एमालेले सहमतीय सरकार गठनका लागि लचकता अपनाउने भएको छ । सहमतीय सरकार गठनको पुरानै अडान देहोर्याउँदै एमालेले सरकारको नेतृत्व सम्बन्धमा अधिकतम लचकता अपनाउने निर्णय गरेको हो ।
सोमबार पार्टी मुख्यालय बल्खुमा बसेको स्थायी समितिको बैठकले सरकार गठनमा सहमति जुटाउन सोमबार दिउँसो बस्ने तीन दलको बैठकमा लचिलो भएर प्रस्तुत हुने निर्णय गरेको एमाले महासचिव इश्वर पा्खरेलले संवाददाताहरुलाई जानकारी दिए । उनले भने, ‘हामी सहमतिको सरकार गठन गर्न आफ्नो तर्फबाट देखाउनु पर्ने अधिकतम् लचकता अपनाउने छौं ।’
सरकारको नेतृत्वका लागि छलफल गर्न सबै विकल्प खुला राख्नु अघि एमाले संस्थापन पक्षले आफ्नै पार्टी अध्यक्षको नेतृत्वमा सरकार गठन हुनुपर्ने अडानमा थियो । एमालेको अर्को पक्ष भने सहमतीय सरकार सम्भव नभए कांग्रेसलाई समर्थन गर्नुपर्ने अडानमा छ ।
|