arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

निर्वाचन आयोगद्वारा सरकारलाई सरकारलाई प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन लक्षित ७ बुँदे निर्देशनtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र १५, विहीवार)

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन लक्षित आचारसंहिता कार्यान्वयन सन्दर्भमा सरकारलाई ७ बुँदे निर्देशन दिएको छ । आयोगले आगामी निर्वाचनका लागि आचारसंहिता लागू गरिसकेको छ ।

आयोगले भदौ १४ गते बाट निर्वाचन आचार संहिता लागू भएकाले त्यसको पूर्ण रुपले पालना गर्न र गराउन सरकारलाई बिहीबार निर्देशात्मक पत्रचार गरेको हो । आयोगले पठाएको पत्रमा निर्वाचन आचार संहिता सन्दर्भमा सरकारले के गर्न नहुने विषयहरु खुलाइएको छ ।  

सरकारी कोषबाट खर्च हुने गरी कुनै राजनीतिक नियुक्ति नगर्न, यून वा सार्क जस्ता अन्तर्राष्ट्रिय संगठनहरुमा राज्यको प्रतिनिधित्व गर्ने बाहेकका वैदेशिक भ्रमणमा रोक लगाउने, त्यस्तोमा जान परेपनि निर्वाचन आयोगको सहमति लिनुपर्ने आयोगले बिहीबार सरकारलाई निर्देश गरेको छ । 

आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचनलाई मर्यादित, स्वच्छ तथा पारदर्शि ढंगले सम्पन्न गर्न गराउन अचारसंहिताको पालनामा जोड दिइएको बताए । उनले कर्मचारीहरुको सरुवा/काज सरुवामा समेत रोक लगाइएको जानकारी दिए ।  

आयोगले योजनाहरुमा बजेट थप, रकमान्तर तथा कार्यक्रमको संशोधनमा पनि रोक लगाएको छ । प्राकृतिक प्रकोप वा अकल्पनीय घटना, उच्च राष्ट्रिय प्राथमिकतासँग सम्बन्धित विषयहरुमा वा राष्ट्रिय गौरवका योजनाहरुको हकमा आयोगको पूर्वस्विकृति लिएर बजेट थप, रकमान्तर तथा कार्यक्रम संशोधन भने गर्न पाइनेछ । 

प्रधानमन्त्रीले वा मन्त्रीले हेलिकप्टर प्रयोग गर्दा आयोगको पूर्व सहमति लिनुपर्ने आयोगको निर्देश छ ।  मन्त्री तथा सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी काममा हेलिकप्टरको प्रयोग गर्न नपाउने तर निजी हेलिकप्टर प्रयोग गर्नुपर्दा पनि आयोगसँग स्विकृति लिनुपर्ने छ । 

राजनीतिक नियुक्ति पाएका व्यक्तिले जिल्ला भ्रमण गर्द निर्वाचन प्रचार प्रसारमा सरकारी सवारी साधनको प्रयोग गर्न नपाउने आयोगको सरकारलाई निर्देशात्मक पत्र पठाएको हो । कान्तिपुरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
आगामी निर्वाचनमा सीमा क्षेत्रको सुरक्षा सतर्कता बढाउन नेपाल र भारतका सुरक्षा अधिकारीहरु सहमत
प्रधानमन्त्री देउवाद्दारा निर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन
ढुक्क भएर मतदान गर्न आममतदाताहरुलाई निर्वाचन आयोगको अपिल
पहिलो चरणमा आइतबार निर्वाचन हुने ३२ जिल्लाका शैक्षिक संस्था बन्द
पहिलो चरणमा चुनाव हुने ३२ जिल्ला ३७ निर्वाचन क्षेत्रमा मौन अवधि सुरू
आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी पूरा
मतपत्र खसालिएको ३२ जिल्लाका मतपेटिकाको सुरक्षामा भित्र प्रहरी, बाहिर सेना
संघीयताले वार्षिक ८२० अर्ब दायित्व बढाउँदै, राजश्व संकलनबिना केही हुन नसक्ने
पहिलो चरण अन्तर्गत भोलि रातिदेखि दलहरुले चुनाव प्रचार गर्न नपाउने, मौन अवधि सुरु
प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आचारसंहिता उल्लंघनका घटना बढे
दोस्रो चरणको ४५ जिल्लामा हुने निर्वाचन अनुगमनका लागि ७५ जना सहसचिव खटाइयो
बागलुङमा कांग्रेसको प्रचार टोलीमाथि बम प्रहार
बम विस्फोटमा प्रमाणसहित फेला परेकालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय
पहिलो चरणमा हुन लागेको निर्वाचन लक्षित नेपाल-भारत सीमा ७२ घण्टा बन्द गरिने, मतगणनासम्म मदिरा निषेध
माओवादी केन्द्रले प्रचण्ड पुत्र प्रकाशको सम्झनामा सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने
प्रधानमन्त्री देउवाले पुत्रशोकमा रहेका प्रचण्डलाई घरमै पुगेर भेटी समवेदना व्यक्त गरे
उम्मेदवार लक्षित आक्रमण बढेपछि मन्त्रिपरिषदबाटै ठोस निर्णय गर्ने तयारी
बाजुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी
चितवनमा 'प्रचण्ड'का पुत्र प्रकाशको शोकमा चुनाव प्रचारप्रसारका सबै कार्यक्रम स्थगित
पुत्रशोकमा परेका दाहाललाई राष्ट्रपति र उपराष्ट्रपतिबाट समवेदना व्यक्त
http://go.oclaserver.com/afu.php?zoneid=1465736