arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

उत्तर कोरियाद्वारा अन्तर्राष्ट्रिय नाकाबन्दीको कडा शब्दमा निन्दाtext size increase   text size decrease   Print    rss (२०७४ पौष ९, आइतवार)


उत्तर कोरियाले एकपछि अर्को शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको विरोधमा संयुक्त राष्ट्रसंघले उसमाथि थपेको अर्को नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ ।

अघिल्लो हप्तामात्र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा गरिएको मतदानबाट उसलाई यसअघि लगाइएको नाकाबन्दीमा निरन्तरता दिनुका साथै थप नाकाबन्दीको पनि घोषणा गरिएको थियो ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका सदस्यहरुलाई सो सम्बन्धी मतदानको एजेण्डा पहिले नै दिएर गत बिहीबार त्यसमा मतदान गरिएको जनाइएको छ । यस्तो नाकाबन्दीले आफ्नो देशको सार्वभौमिकता र स्वतन्त्रतामाथि नै धावा बोलेको र यस्ता नाकाबन्दीले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने नभई उल्टै युद्धका लागि प्रेरित गर्ने दाबी उत्तर कोरियाको छ ।

उत्तर कोरियाली विदेश मन्त्रालयले आइतबार एक प्रेस विज्ञप्ति प्रकाशन गरी यस नाकाबन्दीबाट शान्ति स्थापनामा नभएर थप हिंसा र अशान्तिका लागि काम हुने पनि जनाएको छ ।

यो पछिल्लो नाकाबन्दीबाट विशेषगरी प्रशोधित तेलको ९० प्रतिशत निर्यात र आयातमा प्रतिबन्ध लगाएको छ । त्यसैगरी अन्य आर्थिक विषयमा पनि उसलाई अप्ठेरो पर्नेगरी नाकाबन्दी लगाउनेगरी तयारी गरिएको छ ।

हालैमात्र अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध कदम चाल्न नसक्ने हो भने त्यसले घातक परिणाम ल्याउने चेतावनीसमेत दिएका थिए ।

चीनले उत्तर कोरियासँग शान्ति वार्तागरी यसैका माध्यमबाट यो आणविक कार्यक्रम नियन्त्रण गर्न सकियोस् भन्ने चाहेको छ । चीनले सदैव उत्तर कोरियासँग वार्तागरी समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

उत्तर कोरियालाई संयुक्त राष्ट्रसंघले बारम्बार आणविक होड त्याग्न भनेपनि उसले निरन्तरता दिइरहेको छ । त्यसैले अमेरिकाको प्रस्तावमा उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले नाकाबन्दी लगाएको हो ।

पछिल्लो नाकाबन्दी उत्तर कोरियामाथि लगाइएको यस वर्षको तेस्रो चरणको नाकाबन्दी हो । यसअघि पनि करिब पाँच हप्तामात्र अघि उत्तर कोरियाविरुद्ध अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको अर्थतन्त्रलाई नै तहस नहस पार्नेगरी नाकाबन्दी गरेको थियो ।

त्यसको पनि उत्तर कोरियाले कडा शब्दमा विरोध गर्दै आएको छ । (रासस/एएफपी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
अफगानिस्तानको होटल भिडन्तमा १४ पर्यटकको मृत्यु
भारी हिमपातका कारण युरोपको जनजीवन प्रभावित
अमेरिकाको क्यालिफोर्नियामा बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु
दुई कोरिया पहिलो पटक उच्चस्तरीय वार्तामा
अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन
म्यानमारमा सरकारविरुद्ध लडाइँ जारी राख्ने रोहिंग्या आर्मीको उद्घोष
उत्तर कोरियाले सिओलमा हुने आगामी ओलम्पिक प्रतियोगितामा भाग लिने
पाकिस्तानलाई दिँदै आएको सबैखाले सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा
पेरुमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु
इरानमा जारी प्रदर्शनमा मारिनेको संख्या २२, सयौं पक्राउ
चीन, पाकिस्तान र अफगानिस्तानद्दारा तालिवान लडाकूलाई शान्ति वार्ताका लागि अपील
इन्डियाको काश्मिरबाट आयो डरलाग्दो खबर : दोहोरो गोली हानाहानमा वरिष्ठ नेताको मृत्यु
समुद्रले मच्चायो विनाश, १३ देशमा अढाइ लाखभन्दा धेरै लाश छरपस्ट
समुन्द्रले मच्चायो विनाश, १३ देशमा अढाइ लाखभन्दा धेरै लाश छरपस्ट
रुसको राजधानी मस्कोमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
दक्षिणी फिलिपिन्समा आँधीका कारण मृत्‍यु हुनेको संख्या १८०
भेनेजुएलाद्वारा ब्राजिलका राजदूत तथा क्यानेडेली एक कूटनीतिज्ञलाई देश निकाला
दक्षिण कोरियाको जोसेन सहरमा ८ तले भवनमा आगलागी हुँदा २९ जनाको मृत्यु, २६ घाइते
जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली आफ्नो भूमिमा जडान गर्ने
डीभी परेर अमेरीका आउने आप्रवासीहरु खराब रद्दीको टोकरीबाट निकालिएका मान्छे हुन्: डोनाल्ड ट्रम्प
http://go.oclaserver.com/afu.php?zoneid=1465736