arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्क नगरपालिका कुरूप, पूर्ण सरसफाईयुक्त नगरपालिका बनाउने अभियानमा धक्काtext size increase   text size decrease   Print    rss (२०७४ पौष २३, आइतवार)


नबिन के.सी 

सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिको प्रवेशद्वारमा रहेको डम्पिङ साइटले नगरपालिकालाई कुरूप बनाएको छ । सन्धिखर्क-गोरुसिंगे सडकमा पर्ने औलाखोलामा रहेको डम्पिङ साइटका कारण सन्धिखर्कलाई पूर्ण सरसफाईयुक्त नगरपालिका बनाउने अभियानमा धक्का लागेको हो । अव्यवस्थित फोहोर विसर्जन तथा जथाभावी प्लास्टिक जलाउने कामले सो क्षेत्रको वातावरणसमेत प्रदूषित हुने गरेको छ ।

उक्त क्षेत्रका घर-परिवार डम्पिङ साइटको प्रत्यक्ष मारमा छन् । सन्धिखर्क नगरपालिकाले सरसफाइ व्यवस्थापन गर्ने भन्दै यस क्षेत्रमा लाखौ रकम खर्च गरे पनि डम्पिङ साइटलाई भने व्यवस्थापन गर्न नसक्दा स्थानीयहरू मारमा परेका हुन् । यस क्षेत्रबाट डम्पिङ साइटलाई अन्यत्र सार्नुपर्ने स्थानीयहरूको माग छ । 'सदरमुकाम आइपुग्ने स्थानमै फोहोर फाल्ने ठाउँ छ' स्थानीय कृष्ण कुमालले भने, 'यहाँ त स्वागत गेट पो हुनुपर्ने हो’ प्लास्टिक जलाउँदा घरमा समेत बस्न नसक्ने अवस्था रहेको स्थानीय मनकला मुखियाले बताइन् । 'प्लास्टिक बाल्दा निस्किएको धुवाँले घरमा पनि बस्न नसक्ने भयो, झिँगा लागेर हैरान भयो, फोहोरको व्यवस्थापन भएन, अब यस ठाउँबाट अन्यत्र सार्नुपर्ने भएको छ ।'

यता, सन्धिखर्क नगरपालिकाले गुरुयोजना बनाएर काम गर्न थालेको र डम्पिङ साइटलाई व्यवस्थापन गर्ने नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकले बताए । 'हामीले साप्ताहिक रूपमा नै सरसफाइ कार्यक्रम गरेका छौँ’ उनले भने 'सन्धिखर्क नगरलाई हराभरा बनाउने सोचका साथ सरसफाइ गुरुयोजना बनाएर अगाडि बढनेछौँ ।' फोहोरको वर्गीकरण गरेर व्यवस्थापन गर्नुपर्ने सरसफाइ क्षेत्रमा काम गर्ने प्रकाश सचेतना समूहका निर्देशक प्रेमनारायण गैरे बताउँछन् । 'हामीले नगरपालिकाको छलफल तथा बैठकमा यस विषयमा कुरा राखेका छौँ । फोहोरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्नुपर्दछ । प्लास्टिकलाई जलाउनुभन्दा पनि रिसाइकल गर्नेतर्फ ध्यान दिनु पर्दछ' उनले भने ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्क नगरपालिका कार्यालयमा सिसिटिभि क्यामरा जडान
सन्धिखर्कमा अाधारभुत सौन्दर्यकर्मी तालिम सन्चालन
युएईबाट धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
कपडा तथा सिलाई व्यवसायी संघ अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशन सम्पन्न
अर्घाखाँची वचत तथा ऋण सहकारी संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
अर्घाखाँचीडट्कममा प्रकासित "पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना" शिर्षक समाचारमा सत्यता नभएको विधालयको भनाई
पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि सन्धिखर्कमा दिपावली
नेविसंघ अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
खिदिममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्कमा २० अौ भुकम्प सुरक्षा दिबस मनाइयो
अर्घाखाँचीमा निर्माणका कामहरु अगाडि सक्नेगरि अगाडि बढाउन सरोकारवालालाई निर्माण ब्यबसायी संघका अध्यक्षको अाग्रह
अर्घाखाँचीको सन्धिखर्क स्थित त्रिवेणीधाममा माघेसंक्रान्ती बिशेष कृषि मेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।
अर्घाखाँची समाज जापानद्दारा धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना
सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज भुसाल चयन
अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मान
http://go.oclaserver.com/afu.php?zoneid=1465736