arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

अमेरिकी हवाई आक्रमणमा १६ अफगान प्रहरीको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण ७, शनिवार)

अफगानिस्तानमा भएको अमेरिकाआवद्ध हवाई आक्रमणमा परी १६ अफगान प्रहरीको मृत्यु भएको अधिकारीहरुले शनिबार (आज) जानकारी दिएका छन ।

यस युद्धग्रस्त देशमा वासिंगटनले गरेको पछिल्लो शान्ति वार्ताको प्रयास असफल भएको थियो ।

हेलमान्ड प्रान्तमा शुक्रबार अफगान प्रहरीको एक समूहले गाउँमा तालिवान आतंककारीहरु लक्ष्य गर्दै कारबाही गरिरहेको अवस्थामा सो घटना भएको प्रहरी प्रवक्ता सलाम अफगानले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

हेलमान्ड प्रान्तको गेरेसक जिल्लामा तालिवान आतंककारी समूहले नियन्त्रणमा लिएको परिसर लक्षित सो हवाई आक्रमण भएको थियो ।

अफगान सुरक्षाबललाई सघाउन गरेको यस हवाई आक्रमणमा आफ्ना अफगान मित्रहरुको नै मृत्यु भएको ‘नेटो मिसन इन अफगानिस्तान’द्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित विज्ञप्तिमा दुभाग्यबस भएको यस घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई गहिरो समवेदना व्यक्त गरिएको पनि बताइएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले यस घटनाको अनुसन्धान र पिडितका परिवारलाई सहयोग गर्नको लागि मन्त्रालयबाट एक प्रतिनिधि मण्डल त्यसतर्फ पठाएको बताएका छन ।

गत फेब्रुअरीमा सनगीन जिल्लामा अमेरिकाआवद्व एकहवाई आक्रमणमा परी १८ सर्वसाधारण मारिएका थिए । मारिएका ती सर्वसाधारणमा प्रायः महिला र बालबालिका रहेका थिए ।

गत नोभेम्बरमा उत्तरपूर्वी प्रान्त कुन्दुजमा भएको अमेरिकाआवद्व हवाइ आक्रमणमा ३२ अफगान नागरिक मारिएका थिए ।

सन् २०१५ को अक्टोबरमा अमेरिकाआवद्व एकहवाई आक्रमण अस्पतालमा पर्दा ४२ व्यक्तिको मृत्यु भएको थियो । रासस /एएफपी

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
डीभी परेर अमेरीका आउने आप्रवासीहरु खराब रद्दीको टोकरीबाट निकालिएका मान्छे हुन्: डोनाल्ड ट्रम्प
हेलिकप्टर दुर्घटनामा परी राष्ट्रपतिकी बहिनीसहित ६ जनाको ज्यान गयो
जाम्बिायाको लुसाकामा हैजाका कारण कम्तीमा पनि २० जनाको मृत्यु
भारतीय कांग्रेस पार्टीका नवनिर्वाचित अध्यक्ष राहुल गान्धीद्दारा सत्तारुढ भाजपा हिंसा फैलाउने कोशिसमा रहेको आरोप
इरानमा शक्तिशाली भूकम्प, ७३ जना घाइते
LIVE UPDATE- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विषेश २०७४
साउदी अरबद्दारा हुथी विद्रोहीबाट मुक्त रहन यमनलाई आग्रह
दक्षिण कोरिया सीमा क्षेत्रमा दशौं हजार सेनाको अहिलेसम्मकै सबैभन्दा ठूलो संयुक्त अभ्यास सुरु, उत्तर कोरिया क्रुद्ध
श्रीलंका र दक्षिणी भारतमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २६
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा सेनाको कारबाहीमा १७ जना तालिबान मारिए
यूरोपको अर्थतन्त्रमा व्यापक सुधार, रोजगारीका अवसर अत्यधिक तीव्र दरमा सिर्जना
जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, सरकारी टेलिभिजन र रेडियो सेनाको नियन्त्रणमा
बंगलादेशको एक गाउँमा धार्मिक दंगा भड्किदा एकजना मारिए
साउदी नेतृत्वको सेनाद्वारा यमनी रक्षा मन्त्रालयमा आक्रमण
नयाँदिल्लीको प्रदूषित तुवाँलो हटेन, जनजीवन प्रभावित, सबै प्राथमिक विद्यालयहरु बन्द
पाकिस्तानको एट्टोक जिल्लामा बस दुर्घटना, कम्तीमा २२ जनाको मृत्यु
नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा बढेर दिउँसै विषालु हावाले अंधकार भएर जनजिवन अस्तव्यस्त
बेल्जियम प्रहरीसमक्ष आत्मसमर्पण गरेका पूर्व क्याटलन नेताहरु सशर्त रिहा
क्याटालनले स्वतन्त्र भएको घोषणा गरेपछि स्पेनद्दारा प्रत्यक्ष शासन लागु
भ्रष्टाचारको आरोपमा पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरीफविरुद्ध पक्राउ आदेश जारी
http://go.oclaserver.com/afu.php?zoneid=1465736