arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रधानमन्त्रीद्वारा बिमस्टेकका आदर्श र उद्देश्यप्रति नेपाल पूर्णप्रतिबद्ध रहेको उल्लेख text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)


प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का आदर्श र उद्देश्यप्रति नेपाल पूर्णप्रतिबद्ध रहेको बताएका छन् ।

समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरुपमा हासिल गर्ने उद्देश्यले स्थापित दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकको उपक्षेत्रीय संगठन बिमस्टेकको १५औं मन्त्रिस्तरीय बैठकको बिहीबार राजधानीमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले यसमार्फत् सहयोगका क्षेत्रलाई सदस्य राष्ट्रबीच अझ घनीभूत तुल्याउनुपर्नेमा जोड दिए ।

उनले भने- बिमस्टेक मुलुकका जनतासँग हामी वाचा गरौं कि क्षेत्रीय सहयोगको ढाँचा र यसका प्रमुख विषयमा समझदारी कायम गर्दै व्यापार, लगानी, सम्पर्क विस्तारजस्ता सबै क्षेत्रमा निर्णयमा पुगौं र ऊर्जा, प्रविधि स्रोत र जलवायु परिवर्तनसम्बन्धी बाँकी रहेका कार्यलाई पूर्णरुपमा कार्यान्वयनमा लैजाऔं ।

उनले  आगामी वर्षदेखि बिमस्टेक सदस्य मुलुकका जनतासमक्ष हामीले गरेका निर्णयको प्रतिफल प्राप्तिको प्रारम्भ गर्ने प्रतिबद्धता व्यक्त गरौं भन्दै यस क्षेत्रलाई समृद्धि र प्रगतिको नयाँ उचाइमा पुर्‍याउन सहकार्यको अपरिहार्यता औंल्याए ।

विश्वको भविष्यमा एसियाको महत्वपूर्ण स्थान रहेको र बिमस्टेक क्षेत्र एसियाली समुदायको झन् महत्वपूर्ण क्षेत्र भएको बताउँदै उनले  यस क्षेत्रबीचको भौतिक एवं मानसिक सम्पर्क विस्तारका साथै अनुसन्धाता र दूरदृष्टि भएका विचारकबीचको सम्पर्कलाई सुदृढ बनाउन जरुरी छ- भने ।

उनले भने- विकासका निम्ति दूरदृष्टियुक्त कार्ययोजना चाहिन्छ । हामी अवसर र चुनौती, जटिलता र विरोधाभाषको युगमा छौं, हाम्रा साझा उद्देश्य र लक्ष्य प्राप्तिका निम्ति सहयोग, साझेदारी र सहकार्यको मार्गमा गम्भीररुपमा लाग्नुपर्छ ।

बुद्धका उपदेशबाट प्राप्त शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तले राष्ट्र-राष्ट्रबीचको मैत्रीपूर्ण सम्बन्ध व्यवस्थापनमा चिरस्थायी संरचना प्रदान गरेको बताउँदै प्रधानमन्त्रीले पञ्चशीलका सिद्धान्तबाट शान्ति, स्थायित्व, सुरक्षा र विकास प्रवद्र्धनमा अर्थपूर्ण योगदान पुग्ने बताए ।

२० वर्षअघि बिमस्टेक स्थापना हुनुलाई महत्वपूर्ण उपलब्धिकारुपमा चित्रित गर्दै उनले १३ वर्षअघि बैंककमा भएको बिमस्टेकको पहिलो शिखर सम्मेलनमा आफूले नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गरेको स्मरण गरे ।

उनले बिमस्टेक प्रक्रियालाई गतिशील बनाउन संलग्न सबैको प्रशंसा गरे ।

गतिशीलता र प्रचुर सम्भावनायुक्त एसियाका दुई उपक्षेत्रलाई जोड्ने सेतु बिमस्टेक क्षेत्रको अपार युवा जनसंख्या तथा असीमित प्राकृतिक सम्पदाको उपयुक्त एवं कुशल ढंगले उपयोग गर्नसकेमा समृद्धि प्राप्त हुने विचार उनले व्यक्त गरे ।

उनले भने-बौद्धमार्गले सबै मानवलाई समान ठान्ने हाम्रो साझा सम्बन्ध र विश्वास हो, विविध एवं समृद्ध सांस्कृतिक सम्पदाले हाम्रो क्षेत्रलाई सानो तस्वीरकारुपमा चित्रित गरेको छ । विशाल विविधतायुक्त यो क्षेत्रको एकता र सामञ्जस्यतालाई यसले सहयोगका लागि उत्प्रेरक बन्न आधारशीला खडा गरेको छ । अब हामीले सहयोग, प्रतिबद्धता र सहकार्यलाई बढाउनुपर्छ ।'

अन्य क्षेत्रजस्तै बिमस्टेक पनि अन्तरदेशीय अपराधको जोखिमको मारमा रहेको तथा आतंकवाद र विध्वंसको खतरा, चरमपन्थी अतिवाद, हातहतियार र लागुऔषध ओसारपसारले यस क्षेत्रको शान्ति र मैत्रीमा खलल पुगेको बताउँदै प्रधानमन्त्रीले भने-शान्ति, प्रजातन्त्र, विकास र असल छिमेकीपनमा आतंकवाद सबैभन्दा ठूलो चुनौती बनेको छ, आतंकवादका सबै रुपका प्रकटीकरणलाई नेपाल स्पस्टरुपमा निन्दा गर्दछ । कुनैपनि बहानामा आतंकवाद मान्य हुँदैन ।’

आर्थिक वृद्धि र समृद्धिको मार्गमा गरिबी भीषण चुनौतीकारुपमा रहेको बताउँदै उनले बिमस्टेक क्षेत्रका जनताको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि सबैले सामूहिक एवं निर्णायकरुपमा काम गर्नुपर्ने औंल्याए ।

जलवायु परिवर्तन र प्राकृतिक विपत्तिले हाम्रो अस्तित्वमा गम्भीर खतरा सिर्जना गरेको बताउँदै प्रधानमन्त्री देउवाले दैवी–विपत्तिको जोखिममा नेपाल रहेको पुष्टि सन् २०१५ को भूकम्पले गरेको र जलवायु परिवर्तनका कठोर परिणामले पनि यसलाई गाँजेको बताए ।

यी सबै किसिमका चुनौतीको सामना गर्न सुदृढ एवं सबल सहकार्य सदस्य मुलुकबीच अपरिहार्य भएको उनले बताए ।

प्रधानमन्त्रीले भूकम्पपछि नेपाललाई बिमस्टेकका सदस्य राष्ट्रबाट प्राप्त साथ, सहयोग र समर्थनप्रति आभार व्यक्त गरे ।

नेपालको वर्तमान राजनीतिक विकासक्रमबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाले भने-सन् २०१५ (वि.सं. २०७२) मा संविधानसभामार्फत् घोषणा भएको संविधानलाई कार्यान्वयनमा ल्याउनु हाम्रो मुख्य प्राथमिकता हो । यो संविधानले संघीय संरचना, समावेशी शासन पद्धति र लोकतान्त्रिक छलफललाई आत्मसात् गरेको छ । यिनै संवैधानिक प्रावधानअनुरुप हामीले स्थानीय तहको निर्वाचन गरेका छौं र स्थानीय तहको बाँकी निर्वाचन, प्रादेशिक र संसदीय निर्वाचन गर्न दृढ छौं । हामी सबै राजनीतिक दल यो प्रक्रियामा सहभागी बन्ने अनुकूल वातावरण बनाउन प्रयत्नरत् छौं ।

प्रधानमन्त्रीले देउवाले नेपालको ऐतिहासिक लोकतान्त्रिक संक्रमणकालमा बिमस्टेक सदस्य राष्ट्रबाट प्राप्त निरन्तर सहयोग र ऐक्यबद्धताको सराहना पनि गरे ।

राजनीतिक संक्रमण टुंगिएलगत्तै गतिशील आर्थिक प्राप्तिसहितको सामाजिक न्याय र पर्यावरणीय दिगोपना नेपालको राष्ट्रिय विकासको प्रमुख कार्यसूची रहिरहने विश्वास व्यक्त गर्दै उनले भने- लोकतान्त्रिक पद्धति बहालीका लागि धेरै वर्ष व्यतीत गरेका नेपाली जनता सुखमय जीवन जीउनयोग्य छन् । म गुमेका ती विकासका दशकहरु ब्युँताउनका लागि गम्भीर प्रयास गर्न कटिबद्ध छु । क्षेत्रीय सहयोग र एकीकरण, तीव्र आर्थिक वृद्धि र सामाजिक उन्नयन हासिल गर्ने महत्वपूर्ण पक्ष हुन् भन्ने हाम्रो विश्वास छ ।

उनले भने-क्षेत्रीय सहयोग रहर छैन, बाध्यता हो भन्ने हाम्रो विश्वास हो । भूमन्डलीकरण र आर्थिक अन्तरनिर्भरताको यो युगमा क्षेत्रीय शक्ति सँगसँगै फैलिने आशा नेपालीले राख्नु स्वाभाविक हो । हामी जीवन्त र गतिशील आर्थिक क्षेत्रका रुपमा यो संगठनलार्ई योगदान पु¥याउन चाहन्छौं, जुन शान्ति र सद्भावयुक्त पनि होस् ।

यस क्षेत्रीय समूहको सफलता समतामूलक क्षेत्रबाट सबै सदस्य राष्ट्रले विकासको प्रतिफल हासिल गर्न गरिने एकीकृत प्रयासमा निर्भर रहन्छ भन्दै प्रधानमन्त्री देउवाले जुनकुनै साझा प्रयासमा विकासोन्मुख मुलुक र अल्प विकसित मुलुकले सामना गर्दै आएका चुनौतीलाई पर्याप्त ध्यान दिइनुपर्नेमा जोड दिए । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
मंसिर ४ गते ३१ जिल्लामा केन्द्र र प्रदेशसभाको निर्वाचन गर्न सुझाव
अविरल वर्षा र बाढीले पूर्वी तराईका पाँच जिल्लामा ४ अर्बको कृषि उपजमा क्षति
आगामी मंसिरभित्रै एकैपटक निर्वाचन गराउन तीन दल सहमत
रौतहटमा मृत्यु हुनेको संख्या १९ पुग्यो, बाढीले बगाउँदा बालकको मृत्यु
बाढी प्रभावित जिल्लाहरुमा रोगको संक्रमण भइ नसकेको भन्दै नआत्तिन आग्रह
अहिलेसम्म देशभर बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १२०
राजधानीका सडकमा लत्रिएका तारहरु ७ दिनभित्र हटाउन सन्चारमन्त्रीको निर्देशन
प्रदेश नम्बर-२ मा निर्वाचन आचारसंहिता लागू
बाढी-पहिरोले देशलाई ठूलो विपत्तिमा पुर्‍याएको भन्दै डा. केसीले अनशन स्थगित गरे
अब मौसममा सुधार आउने, अविरल वर्षा नहुने
मृत बालकलाई पुर्ने ठाउँ नपाएर कोशीमा बगाइयो (बाढीको दर्दनाक तस्बिर)
वर्षासँगै आएको बाढीका कारण सुनसरीमा थप दुईजनाको मृत्यु
देश बाढीपहिरोको चपेटामा ! मृत्युको संख्या ७०, बेपत्ता ५० जना
बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ७० पुग्यो, ५० जना बेपत्ता, ३४ हजार घर डुवानमा
सीमावर्ती रक्सौलस्थित भारतीय आयल डिपोले कम इन्धन दिएको भन्दै ढुवानी ठप्प
सर्वोच्चद्वारा स्थानीय तहको संख्या हेरफेर गर्ने सरकारको निर्णय सदर
सरकारद्वारा कृषियोग्य जमिनमा प्लटिङ र कित्ताकाट गर्न रोक
बालविवाह अन्त्य गराउन सरकारी कार्यक्रम प्रभावकारी हुन सकेन : राष्टपति
इन्धन ढुवानीका क्रममा हुने नोक्सानी क्षतिपूर्ति बढाउन माग गर्दै पेट्रोलियम व्यवसायी पुन: आन्दोलनमा
सिन्धुपाल्चोकको जुरे पहिरोबाट प्रभावितहरु तीन वर्षदेखि अस्थायी बासमै बस्न बाध्य