arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
सुदुरपश्चिमाञ्चल

गाउँपालिका केन्दलाई लिएर दक्षिण रोल्पाका स्थानीयबासी आन्दोलितtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

रोल्पा । गाउँपालिका केन्द्र पहिले सहमति भए अनुसारको नभएको भन्दै दक्षिण रोल्पाका केहि गाबिसका स्थानीयबासी आन्दोलित भएका छन् । पहिले जिल्लाको सर्वदलीय समितिले नै पारित गरी गाउँपालिका केन्द नुवागाउँको त्रिवेणीमा निश्चित गरिएको भएपनि अहिले सरकारले जुँगारमा केन्द्र तोकेको भन्दै आन्दोलित भएका हुन ।

त्रिवेणी गाउँपालिकाको केन्द्र जुँगार भएको भन्दै असन्तुष्ट नुवागाउँ, गैरीगाउँ, करेटी लगायतका स्थानीयहरुले सोमबार जिल्ला समन्वय समितिको कार्यालय रोल्पा घेराउ समेत गरेका छन् ।

गाउँपालिकामै आन्दोलन गर्दै आईरहका स्थानीयबासी आफुहरुको माग सम्बोधन नभएको भन्दै सदरमुकाम नै आएर आन्दोलन गरेका हुन् । दुई दर्जन बढी मोटरसाईकल र एउटा स्थानीय बस नै रिर्जभ गरेर कालो झण्डा बोकेर आएका संयुक्त संघर्ष समितिले पायक पर्ने ठाउँमा केन्द्र हुनु पर्छ भन्दै चर्को नरावाजी गरेका थिए । उत्तेजित भएका स्थानीयबासीलाई प्रहरीले निकै रोक्ने प्रयास गरेको थियो ।

तर आन्दोलनरत पक्षहरुले जबरजस्ती जिल्ला समन्वय समितिको कार्यालय रोल्पा भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास स्वरुप अश्रुग्यास छोडेको थियो । शुक्रवार त्रिवेणी गाउँपालिकाको बोर्ड साविकको जुँगार गाविसको कार्यालयमा टासिएको बिरोधमा नुवागाउँ, गैरिगाउँ, करेटीका स्थानीयले केन्द्र त्रिवेणीमा हुनुपर्ने माग गर्दै चरणबद्ध विरोधका कार्यक्रम गरिरहेका छन् ।

उता शुक्रबार गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतको अनुपस्थितिमा पनि जुँगारका स्थानीयले गाउँपालिकाको बोर्ड टासी अनौपचारिक कार्यक्रम समेत सम्पन्न गरेका थिए । संघर्ष समितिले पश्चिम दक्षिण रोल्पाको यातायात समेत ठप्प पारेका छन् । त्यस क्षेत्रमा चल्ने कुनैपनि सवारीका साधन चल्न नसकेपछि त्यस क्षेत्रका सेवाग्राही मर्कामा परेका छन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुदुरपश्चिमाञ्चल
बाख्रा चराउन जङ्गलमा गएको बेला भिरबाट लडेर सल्यानमा १३ वर्षीया बालिकाको मृत्यु
बांकेको कोहलपुरमा दाईले चलाएको टयाक्टरले ठक्कर दिंदा ३५ बर्षीय भाईको घटना स्थालमै मृत्यु
अछाममा ढुंगाले च्यापिएर ३ जना र सर्पले डसेर २ जनाको मृत्यु
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र सेनाको मुठभेडमा एक शिकारीको मृत्यु
हिमपातका कारण मध्य तथा सुदूरपश्चिमको जनजीवन प्रभावित
डोल्पाबाट नेपालगञ्ज आएको तारा एयरको विमानभित्र एक यात्रुको मृत्यु