arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विज्ञान,सुचना-प्रबिधि

सूर्यमा प्वाल, पृथ्वीमा अन्धकार र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकको चेतावनीtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ २९, विहीवार)

सूर्यमा एक विशाल कालो छिद्र (प्वाल) देखापरेको र यसले पृथ्वीसम्म तातो ज्वालाहरु फ्याँक्नसक्ने, केही दिन पृथ्वीमा अन्धकार (ब्ल्याकआउट) हुनसक्ने र भू-उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने भन्दै वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।


वैज्ञानिकहरुले सूर्यअस्तको समयमा खिचेको तस्वीर एआर-२६६५ अनुसार एकलाख २० हजार किलोमिटर फराकिलो उक्त कालो छिद्र (प्वाल) पृथ्वीभन्दा ठूलो रहेको बताएका छन् ।

डेलिमेलकाअनुसार वैज्ञानिकहरुले उक्त छिद्रबाट खतरनाक  एम क्लासको सौर्य ज्वालाहरु उत्पादन गर्नसक्ने बताउँदै पृथ्वीमा रेडियो ब्लाकआउट उत्पन्न भएर विकिरण तुफान आउनसक्ने भएकाले उच्च सर्तकता अपनाउन चेतावनी दिइएको छ ।


यस घटनाले पृथ्वीको सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकहरुले प्रारम्भिक अनुमान गरेका छन् ।

नासा सौर्य गतिशील वेधशालाले गतहप्ता सूर्यमा रहेको उक्त विशाल कालो छिद्र पत्ता लगाएको नासाले उल्लेख गरेको छ ।

नासाकाअनुसार तस्वीरमा उक्त कालो छिद्र एकदमै गहिरो रहेको छ । यस क्षेत्रलाई सूर्यको चिस्यान क्षेत्र (कुलर एरिया) मानिन्छ । यस्तो छिद्रको निर्माण हुनुको कारण सूर्यको चुम्बकीय क्षेत्रसँगको अन्तरक्रियात्मक गतिविधि रहेको वैज्ञानिकहरुले बताएका छन् ।


अहिले सूर्यमा रहेको चुम्बकीय क्षेत्रका कारण उक्त प्वालबाट ज्वालाहरु निस्कन पाएका छैनन् । यदि त्यहाँबाट विस्तारै ज्वालाहरु निस्कने क्रम सुरु भयो भने सूर्यको वरिपरि सतहमा ठूलो मात्रामा ज्वालाहरु मडारिन सक्छ र त्यसको असर सौर्य मन्डलभरि देखापर्दछ ।

नासाद्वारा जारी वक्तव्यमा भनिएको छ- नयाँ  सन्सपट  समूहको दृश्यहरु घुमाएर हेर्दा उक्त छिद्रको आकार बढ्दै गएको देखिन्छ । दुई दिनको अन्तरालमा खिचिएको दृश्यहरुमा एउटामामात्र  सन्सपट समूह देखापरेको छ । हुनसक्छ यो सूर्यको केही सौर्यवर्षाको लागि यस्तो देखिएको हो । तर, भविष्यमा यसले सौर्यमन्डलको लागि कस्तो खतरा उत्पन्न गर्नेछ भन्ने विषयमा सबै वैज्ञानिकहरुलाई चेतावनी दिइएको छ । 


मौसम पूर्वानुमान संस्था  एनओएए ले जारी गरेको वक्तव्यमा भनिएको छ-अहिले पृथ्वीमा  एमक्लास को खतरनाक ज्वालाहरु आउने सम्भावना २५ प्रतिशत रहेको छ । किनभने उक्त क्षेत्र हाम्रो पृथ्वीबाट आमुने सामुने पर्दछ । पृथ्वीको लागि यो खतरनाक चेतावनी हुनसक्छ । केन फोटोग्राफरले यस दुर्लभ तस्वीर खिचेर हामीलाई एक मौका मिलेको छ ।


स्पेसवेदर डटकमका ब्रुनो बोनी डे ओलिभ्रराले आफूले पनि धेरै मिहेनतपछि सूर्यको ‘सन्सपट’ क्षेत्रको फोटो खिच्न सफल भएको बताएका छन् ।

उनले गत मंगलबार अमेरिकाको न्यूयोर्क सहरबाट उक्त फोटो खिच्न सफल भएका थिए । एजेन्सी

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विज्ञान,सुचना-प्रबिधि
प्रबासी नेपाली मंच, साउदी अरबले ३ लाख ३० हजार रुपैया बाढी पिडितको लागि सहयोग गर्यो
अब सवारीसाधनमा क्युरिटी इम्बोसड नम्बर प्लेट सुरु
आज चन्द्रग्रहण लाग्ने, २ बजेर ७ मिनेटदेखि भोजन निषेध
नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्प सार्वजनिक
टेलिकमको डाटा प्याकेज अनलाइनबाटै खरिद गर्न सकिने
बागलुङको तमानखोलामा पहिलो पटक टेलिकमको मोवाईल सेवा पुग्यो
चट्याङबाट हुने जोखिम कम गर्ने तीन उपायहरु
वैज्ञानिकहरुको ठूलो सफलता ! एड्सको उपचार पत्ता लाग्यो
सय वर्षपछि पृथ्वी बस्न लायक नहुने, बाँच्नका लागि अन्य ग्रहमा जानुपर्ने
निर्वाचनका सबै गतिविधि हेर्नसक्ने 'इलेक्सन नेपाल' नामक मोबाइल एप्सको सुरु
नेपालमा अबको १३ वर्ष भित्रमा ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने
अधिक गर्मी र तातो हावाका कारण बाँकेको जनजीवन प्रभावित, नेपालगन्जको तापक्रम ३८ डिग्री
जैविक ऊर्जा रणनीति सार्वजनिक : एलपी ग्यास र इन्धन आयात प्रतिस्थापन गर्न रणनीतिले सघाउने
फोनमा धेरै समय बोल्दा श्रवण शक्ति गुम्ने खतरा
एनसेलका ग्राहकहरुले आजदेखि नि:शुल्क फेसबुक चलाउन पाउने
प्रिपेड मोबाइलमा पनि फोरजी, कल रिङ ब्याक टोन सेवा पुनः सुरु
ललितपुरमा भोलिदेखि मेकानिकल प्रर्दशनी रोबोट फाइट, ड्रोन र इनर्जी भिलेज मुख्य आकर्षण
डन्डिफोर उपचार र बचाउ
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
शिघ्र स्खलनबाट कसरी छुटकारा पाउने