arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सुपादेउराली मन्दिरमा खाँचीकोटकी कमला र सीतापुरकी तारालाई टपरी बनाउन भ्याइनभ्याइtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण १९, विहीवार)


वीरेन्द्र केसी कान्तिपुर 

सुपादेउराली, अर्घाखाँची । टपरी बनाउन सीप सानै उमेरदेखि थियो। उतिबेला टपरीमै भात, आँटो खाने चलन थियो। त्यसैले दैनिक टपरी चाहिन्थे। बिस्तारै हट्दै गएर विवाह, पूजापाठ र पुण्यतिथिसम्म चल्यो। तर, अहिले प्लास्टिकका थाल, गिलास र कचौराले पातले बनाएका टपरी विस्थापित भए। युवा पुस्ता धेरैमा टपरी बनाउने सीप छैन।

तर, खाँचीकोटकी कमला घिमिरे र सीतापुरकी तारा गुरुङले बाल्य उमेरको सीपले उद्यमी नै बनाएको छ। एक वर्ष अघिसम्म गाउँघरमा कसैलाई टपरी चाहिए जंगल पुगी साल, कटुस, चिउरीका पात टिपेर दुना, टपरी तयार गरेर दिन्थे। अब भने एउटा पनि टपरी बिनापैसा दिँदैनन्। 

सुपादेउराली मन्दिरमा आउने भक्तजनले पूजापाठका सामग्री टपरीमै राखेर लैजान्छन्। सडक छेउमा सानो ट्यांकीमा घिमिरे र गुरुङलाई पटरी बनाउन भ्याइनभ्याइ छ। 'मन्दिरमा दर्शन गर्न जाँदा फूलपाती टपरीमै लैजान्छन्,' घिमिरेले भनिन, 'पुर्‍याउनै सकिँदैन। माग धेरै छ।' ९/१० वर्षको उमेरमा आमाले सिकाएको सीपले अहिले खुसी ल्याएको छ। भक्तजनको भीड हुँदा छिनभरमै एक डेढ सय टपरी बिक्री हुन्छन्। एउटा टपरी ३ रुपैयाँमा बिक्री हुन्छ। कहिलेकाहीं दिनमा चार सय वटासम्म टपरी बिक्री हुन्छ। त्यसबाट दैनिक १२ सय आम्दानी हुन्छ। 'दैनिक एक सय वटा टपरी बिक्री नभएको दिन नै छैन,' उनले भनिन्, '३ सय रुपैयाँ सजिलै कमाइ हुन्छ।' मन्दिर नजिकैका पसलमा टपरी नपाइँदा भक्तजनले प्लास्टिकका झोला प्रयोग गरेका थिए। 

भक्तजनले पाएसम्म टपरीमै फूलपाती लैजान्छन्। तर, नजिकै सालका रूख छैनन्। पात खोज्न करिब ३५ किमि टाढाटाढाको चक्ला जंगल धाउनुपर्छ। 'सातामा एक दिन पात टिप्नै लाग्छ,' उनले भनिन्, 'बोरामा प्याकिङ गरेर गाडीबाट ल्याउँछौं र बसेर टपरी तयार गर्छौं।' आम्दानीले घरखर्च चलाउन सजिलो भएको उनले बताइन्। टपरी तयार गर्ने, पात टिप्ने काम घिमिरे र गुरुङ सँगै गर्छन्। वारिपारि घर छन्। दुवै जना छिमेकी थिए। 

एकआपसमा सहयोगी पनि। १७ वर्षअघि मितेरी साइनोमा दुवै जना जोडिए। 'झनै मायाप्रेम बस्यो,' गुरुङले भनिन्, 'टपरी तयार गर्ने, पात टिप्न जाने मात्रै होइन, मेलापात पनि सँगै काम गर्छौं।' सुखमा दुई हाँस्ने र दु:खमा एकले अर्काेलाई सहयोग गर्ने उनले बताइन्। घरमै चुलो चौकोमा बसेर हुँदैन, आफैं कमाएर बाँच्नुपर्छ भन्ने सोचले टपरी बनाउन सुरु गरेको उनले बताइन्। 

'सुरुमा त बिक्री हुँदैन कि भन्ने लागेको थियो,' उनले भनिन्, 'सोचेभन्दा राम्रो बिक्री भएको छ।' टपरी बिक्री होला र आम्दानी होला भन्ने कल्पना पनि थिएन। जस्तो भए पनि सीप काम लाग्दोरहेछ। टपरीको सीपले खुसी ल्याएको छ। सालको रूखमा भुइँमा खसेर खेर जाने पात र सिन्काले जीवन चलाउने आम्दानीको माध्यम बनेकामा दुवैजना खुसी छन्। 'डोरी, टीका किन्ने साथमा पैसा हुँदैनथ्यो, अहिले खल्तीमा दुई चार हजार पैसा छ,' उनले भनिन्।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खिल्जीको बेल्बोटमा लागेको आगलागी नियन्त्रणमा (तस्बिर सहित)
छत्रदेव ७ काे ढिकुरामा भैलाे खेलेर उठेको रकमबाट पधेरा कुवा संरक्षण
केरुंगाकी शान्ता र वाङ्लाका विजयको दाइजो गरगहना बिनानै विवाह, विहे खर्च सबै बाढी पीडितलाई सहयोग
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको स्वास्थ्य अवस्था स्थिर, बाबुको निधन
भूमिकास्थानको पकले मेयलपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
अर्घाखाँचीमा समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चाका धेरै भोट् सूर्य र गोलाकारभित्र हसिया हथौडामा परे
पाणिनी बहुमुखी क्याम्पसमा शुल्क वृद्धि गरेको विरोधमा तालाबन्दी
अर्घाखाँचीमा समानुपातिकतर्फको मतगणना जारी | प्रतिनिधिसभामा काँग्रेस अगाडि, प्रदेश सभामा एमाले अगाडि (सबै दलका मत विवरण सहित)
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नम्बर १, २ का यि उम्मेद्वारको जमानत जफत भयो (विवरण सहित)
अर्घाखाँचीमा ५ जना प्रतिनिधिसभा उम्मेद्वारको जमानत जफत (विवरण सहित)
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहान रुपन्देहीमा दुर्घटना परी गम्भीर घाइते
सन्धिखर्कमा वाम गठबन्धनको विजयी -र्याली, सभा सम्पन्न (भिडियो, तस्बिर सहित)
संयुक्त वाम गठबन्धनले आज सन्धिखर्कमा विजयी जुलुश सहित सभा गर्ने
अर्घाखाँचीमा वाम गठबन्धनको क्लिन स्वीप
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे विजयी
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य विजयी
त्रिशुली नदीमा बस दुर्घट्ना परि बेपत्ता मध्ये फेरि अर्घाखाँचीका एक जनाको शब फेला
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा बामगठबन्धन एमालेको अग्रता, मतगणना जारी
अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी नजिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736