arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

दीप गायन ताराको उपाधि बुटवल कालीकालाईtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन ५, विहीवार)

world news

बुटवल,फागुन ५ । रुपन्देहीको बुटवल-१०, सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको जिल्ला स्तरीय अन्तर मा.वि. दीप गायन ताराको उपाधि कालीका मा.वि. बुटवलका दीपाशुं श्रेष्ठले प्राप्त गरेका  छन् । उपाधिसँगै उनले नगद १५ हजार, मेडल, र प्रमाणपत्र प्राप्त गरेका छन् ।

गायन क्षेत्रमा नयाँ प्रतिभा खोज्ने उद्धेश्यका साथ  छैंठौं  सस्ंकरणका रुपमा आयोजित प्रतियोगितामा ग्लोरी बोर्डिङ बुटवलकी आकाङ्क्षा भण्डारी द्वितीय भई नगद १० हजार प्राप्त गरेकी छन् । यस्तै, न्यू होराइजनकी खुसी पंगेनी तृतीय भई ५ हजार र बुद्ध इङ्लिस बोर्डिङ् सैनामैनाका माधव पौडेल र बुद्धदीप स्कुल रुद्रपुरका नितेश क्षेत्री सान्त्वना भई नगद २-२ हजार सहित मेडल  र प्रमाणपत्र प्राप्त गरेका छन् ।  
रुपन्देही जिल्ला भित्रका मा.वि. तहसम्म अध्ययनरत विद्यार्थीहरूबीच आयोजित प्रतियोतिामा ३७ विद्यालयका विद्यार्थी सहभागी भएकोमा आज उत्कृष्ठ १० विद्यार्थीहरुले फाइनलमा प्रतिस्पर्धा गरेको निर्णायक संयोजक नारायण थापाले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रुपन्देहीका जिलला शिक्षा अधिकारी टेक बहादुर थापाले  नव प्रतिभाहरूको खोजी गरी कलाकारितामा पहिचान बनाउन यस प्रकारका कार्यक्रमले महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले गायन प्रतिभाको खोजी गर्न कार्यक्रम आयोजना गरिएको र यसलाई आगामी दिनमा निरन्तरता दिइने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख सुरेनद्र पराजुली, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, उपप्राचार्यद्वय ज्ञानु थापा, सुरेन्द्र कुमार शाक्य , प्लस टु संयोजक वसन्त जोशी र रेखा श्रेष्ठले यस्ता कार्यक्रमले प्रतिभाको पहिचानलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यालय सवै प्रतिभाको लागि साझा चौतारो बन्नुपर्नेमा जोड दिनुभयो ।  

 प्रतियोगिता संयोजक सङ्गीता शाक्यको संयोजकत्वमा भएको कार्यक्रममा विद्यालयका सह प्राचार्य कलाधार अर्यालको स्वागत तथा पुरुषोत्तम पाण्डेय, दिनेश खड्का र महेश खनालले कार्यक्रम सञ्चालन  गर्नुभएको थियो भने धन्यवाद ज्ञापनसह संयोजक अर्जुन पन्तले गर्नुभएको थियो ।

यस्तै, विद्यालयले बिहिबार ३६ औ वार्षिक उत्सवको अवसरमा विभिन्न सम्मान तथा पुरस्कार वितरण गरेको छ ।  उत्कृष्ठ नतिजा दिने शिक्षकहरु र प्राप्त गर्ने  विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपाने, गायक बसन्त श्रेष्ठ, राज कुमार बरली , पूर्व दीप गायन तारा प्रिया भण्डारी लगायतका कलाकारको प्रस्तुती रहेको  थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
भारतीय वरिष्ठ चलचित्र निर्देशक शाहको हृदयघातका कारण निधन
वरिष्ठ रेडियो कार्यक्रम सन्चालक एवं गायक वासुदेव मुनालको निधन
पहिलो नेपाल आइडल बुद्ध लामा
दोर्जे डोल्मा गुरुङको पोल्टामा मिसेस ग्लोबल २०१७को ताज
संगीतकार तथा गायक कमल सौरागको सन्धिखर्कको सभागृहमा एकल साँझ हुने
ठाडोभाकाका गायक भेंडीखर्के साइँलाको ८५ बर्षको उमेरमा निधन
ओ एस नेपाल म्युजिक अवार्ड २०७४ सम्पन्न
योगराज पोखरेलको कमेडि गीत “ कुखुरी पहिले कि अण्डा बजारमा ( भिडियो सहित)
यो बर्षको मिसेस नेपाल आईडल २०१७ रक्की श्रेष्ठलाई
अर्घाखाँचीमा जन्मेका चर्चित एरेन्जर कमल सौरागले छाया छबी तीज अवार्ड हात पारे
काठमाडौंमा ''हिमआँधी'' बहुभाषिक चलचित्रलाई शुभ मुहूर्त
अव यि पांच मध्ये एक बन्ने छन लुम्बिनी राईजिङ स्टार
'भन सरकार धरहरा खोई' सार्वजनिक
भारतीय कलाकार इन्दर कुमारको मृत्यु
पूजा पुरीको तिजको कोशेली "राडोको घडी" सार्बजनिक
छत्रदेवका पौडेलले प्रेमिकाले धोका दिएपछी यसरी फोडे टाउको (हेर्नुस भिडियोमा)
अर्घाखाँचीका चर्चित गायक जोडी तिलक बेल्वासे र रुक्मिणा घिमिरेको तिजको कोशेली "चिनिन मैले त" सार्वजनिक
चलचित्र २ रुपैयाँको कुटुमा कुटु गीतले नयाँ रेकर्ड बनायो
प्रशान्त तामाङ लाई बंगाल सरकारले प्रहरीको जागिरबाट बर्खास्त गर्यो
चर्चा विवाहको