arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

दुई चरणमा मसिंर १० र २१ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यक्रम सार्वजनिक text size increase   text size decrease   Print    rss (२०७४ भाद्र २६, सोमवार)

निर्वाचन आयोगले मंसिरमा तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्तादेखि सम्पूर्ण निर्वाचनको कार्यक्रम सोमबार सार्वजनिक गरेको छ । दुईवटैसभाको निर्वाचन सँग सँगै तर दुई चरणमा मसिंर १० र २१ गरिने यसअघि नै घोषणा भइसकेको छ । कान्तिपुरमा समाचार छ ।  

प्रत्यक्ष तर्फ पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ देखि ८ गतेसम्म र दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गतेदेखि १९ गतेसम्मको निर्वाचन कार्यक्रम ल्याइएको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि भने असोज २९ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने तोकिएको छ ।  

आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा पहिलो चरणमा तथा पहाडी र तराईका ४५ जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले समय कम रहेकाले निर्वाचनको तयारीलाई तिब्र गतिमा बढाइएको बताए । 

राजनीतिक दलहरु प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा केन्द्रीत भइरहेका बेला आयोगले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन कार्यक्रमको तालिका ल्याएको हो । आयोगले गत शुक्रबार नै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, सरकारले कार्यतालिकाप्रति आपत्ति जनाएपछि आयोगले त्यसदिन निर्वाचन कार्यक्रम सार्वजनिक गरेन । प्रधानमन्त्री सहित मन्त्रीहरुले प्रत्यक्ष तर्फको उम्मेदवारी दर्तापछि मात्रै समानुपातिक तर्फको बन्द सूची पेस गर्नुपर्ने गरी कार्यक्रम ल्याउन आयोगलाई आग्रह गरेको थियो ।

तर, आयोगले ल्याएको निर्वाचन कार्यक्रममा त्यस अनुसारको छैन । राजनीतक दलहरुले सुरुमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने छ भने त्यसपछि मात्रै प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुनेछ । प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता पहिलो चरणका लागि कात्तिक ५ र दोस्रो चरणका लागि कात्तिक १६ गते तोकिएको छ । 

कानूनी, प्राविधिक र व्यवस्थापकीय कुनैपनि  दृष्टिकोणले प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताभन्दा पहिले समानुपातिक तर्फको पहिले गर्न मिलेन प्रमुख आयुक्त यादवले भने सबै पक्ष बिचार गरी निर्णय गरिएको छ । उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचन कार्यक्रम चलिरहेको र आगामी निर्वाचनको दिनपनि नजिकिदै गएकाले एकदमै चापमा आयोगले गर्नु परिरहेको बताए । 

आयोगले भदौ २५ गतेदेखिबाटै समानुपातिक तर्फको निर्वाचन कार्यक्रम सुरु भइसकेको जनाएको छ । समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुका लागि भदौ २५ देखि २७ गतेसमम निवेदन पेस गर्नुपर्ने अनिवार्य गरिएको छ । उक्त अवधिमा निवेदन नदिएका दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन नपाउने आयोगले जनाएको छ । 

राजनीतिक दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाका लागि अलग अलग समानुपातिक तर्फको बन्दसूची पेस गर्नुपर्ने हुन्छ । बन्दसूचीमा नाम परेकाले प्रत्यक्ष तर्फबाट उम्मेदवारी दिन नपाउने कानूनी प्रावधान छ । उम्मेदवारको बन्दसूचीको अन्तिम प्रकाशन मसिंर ३ गते गरिने आयोगको कार्यसूचीमा छ । 

प्रत्यक्ष तर्फ पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदारको मनोनयन दर्ता, सोही दिन साँझ दर्ता सूची प्रकाशन, ६ गते उम्मेदवारको बिरोधमा उजुरी दिने, ७ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय, सोही दिन उम्मेदवारीको नामावली प्रकाशन, ८ गते उम्मेदवारको नाम फिर्ता लिने, सोही दिन अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । पहिलो चरणको चुनावी कार्यक्रम तिहार र छठ पर्वको समयमा परेको छ । यसवर्ष कात्तिक २ गते लक्ष्मीपूजा र ९ गते छठ पर्व छ । 

त्यस्तै, मसिंर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ता, सोही दिन दर्ता सूची प्रकाशन, १७ गते उम्मेदवारको बिरोधमा उजुरी दिने, १८ गते उजुरी उपर जाँचबुझ र नामावली प्रकाशन, १९ गते उम्मेदवारी फिर्ता लिने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्द प्रदान गर्ने कार्यतालिका छ । 

आयोगका प्रवक्ता सह सचिव नवराज ढकालले आगामी निर्वाचनलाई लक्षित गरी आयोग सम्पूर्ण जनशक्ति र समाग्री व्यवस्थापन देखि अन्य व्यवस्थापिक र प्राविधिक तयारी तथा  नीति/निर्देशिका निर्माणमा सम्पूर्ण रुपमा व्यस्त रहेको बताए । 'निर्वाचन कार्यतालिका आएसँगै निर्वाचन तयारीको चाप थप बढ्ने छ,'  उनले भने । कान्तिपुरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
विश्वव्यापी युवा नेतृत्व सम्मेलन २०१७ काभ्रेको धुलिखेलमा सुरु
महोत्तरीलाई पशुमा लगाइने औषधि 'डाइक्लोफेन्याक' मुक्त जिल्ला घोषणा
ताप्लेजुङको फक्तांलुङ गाउँपालिका पहिरोका कारण उच्च जोखिममा
कैलाली र कञ्चनपुरका नदीमा पानीको सतह बढेपछि उच्च सतर्कता
प्रा.डा. गोविन्द केसीको स्वास्थ्य स्थिति खस्कँदै
आयल निगमले खरीद गरेका जग्गाको संसदीय समितिले स्थलगत अध्ययन गर्ने
काठमाडौंमा सवारी व्यवस्थापनका विषयमा एक-अर्कालाई आरोप लगाएर पन्छने प्रयासमा
खोटाङमा फोटोसहितको मतदाता नामावली दर्ता गर्न आउनेहरुको भीड
अञ्चल अस्पताल साढे ९ हजार बच्चा जन्मीए, ५ सय १५ जना छोरा बढि, १७५ जना शिसुको मृत्यु
राप्रपा फुट्यो, नयाँ पार्टी दर्ता गर्न पशुपति शमशेर निर्वाचन आयोगमा
बिर्तामोडलाई बन्द, हड्ताल मुक्त गर्ने व्यवसायीहरुको प्रतिबद्धता
अविरल वर्षाका कारण नदीमा पानीको सतह बढ्दा कैलालीका अधिकांश भू-भाग डुबानमा
कपिलवस्तुमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी चारजनाको मृत्यु
म्याग्दीका सबै सडक पहिरोले अवरुद्, यातायात पुरै ठप्प
निर्धारित समयभित्रै निर्वाचन क्षेत्र निर्धारण गर्न प्रमुख निर्वाचन आयुक्तको सुझाव
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड अझै संचालनमा आउन सकेन
प्रधानमन्त्री देउवाद्वारा निर्माणधीन नारायणगढ-मुग्लिन सडकखन्डको निरीक्षण
संसद बैठकमा अलग-अलग तीन विधेयकलाई पारित
शिलन्यास भएको १६ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य सुरु
स्याङ्जामा ५ जनामा स्वाइन रहेको पुष्टि