arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

सुर्तीजन्य पदार्थमा उल्लेख्य मात्रामा कर वृद्धि गरे सेवनमा कमी आउने:- अध्ययनtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)


सुर्तीजन्य पदार्थमा उल्लेख्य मात्रामा कर वृद्धि गर्ने हो भने यसको सेवनमा कमी आउने एक अध्ययनले देखाएको छ ।

विश्व बैँक र विश्व स्वास्थ्य सङ्गठनद्वारा दक्षिण अफ्रिका, फिलिपिन्स, थाइल्याण्ड, न्युजिल्याण्ड, अमेरिका, बेलायतलगायतका देशमा हालै गरिएको अध्ययनले ती पदार्थमा १० प्रतिशतसम्म कर वृद्धि गर्दा पनि निम्नवर्ग तथा मध्यम वर्गले सुर्ती सेवनमा उल्लेख्य मात्रामा कमी आएको तथ्य बाहिर आएको छ ।

ती वर्गका नयाँ पुस्ता अर्थात् युवामा सुर्तीजन्य पदार्थको पहुँच कम हुँदा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार आएको प्रतिवेदनले जनाएको छ ।

अमेरिकन क्यान्सर सोसाइटीका आर्थिक र स्वास्थ्य नीति अनुसन्धान विभागका उपाध्यक्ष जेफ्री ड्रपीले भने, “सुर्तीजन्य पदार्थमा १० प्रतिशतमात्र कर वृद्धि गर्दा यसको उपभोगमा चारदेखि आठ प्रतिशतसम्म घटेको देखियो ।”

अध्ययनमा समेत संलग्न रहेका अनुसन्धानकर्ता ड्रपीले सुर्तीजन्य पदार्थमा करको दायरा बढाउँदा स्वास्थ्यको समग्र बजेटमा वृद्धि भएको देखिएको जानकारी दिए ।

पछिल्लो समय नसर्ने रोगअन्तर्गत सुर्तीजन्य पदार्थ सेवन आफैंमा गम्भीर रोगका रुपमा विकसित हुँदै गएको छ ।

यसको सेवनले शरीरका प्रत्येक कोषमा असर पुर्‍याउँछ । क्यान्सर, रक्तचाप, क्षयरोग, निमोनिया, मस्तिष्काघात, हृदयघातजस्ता रोगका प्रमुख कारक तत्वका रुपमा सुर्तीजन्य पदार्थ विकसित भइराखेको छ ।

उपाध्यक्ष ड्रपीले जनस्वास्थ्यको प्रमुख समस्या एवं विभिन्न रोगको प्रमुख कारण पनि सुर्तीजन्य पदार्थ सेवन नै देखिएको जानकारी दिए ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा रोकथामका लागि विश्वभर काम गर्दै आएको सिंगापुरस्थित दी युनियनले विश्व स्वास्थ्य सङ्गठनसित मिलेर गरेको अध्ययन अनुसार नेपालमा प्रत्येक दिन ४२ देखि ६८ जना तथा वर्षमा १६ हजार देखि २५ हजार जनासम्मको अकालमा मृत्युको प्रमुख कारण सुर्तीजन्य पदार्थ सेवन नै भइराखेको देखिएको थियो ।

दी युनियनका उपक्षेत्रीय निर्देशक प्रा डा तारासिंह बम निम्न तथा मध्यमवर्गमा सूक्ष्म मृत्यु (साइलेन्ट किलर)का रुपमा सुर्तीजन्य पदार्थ सेवन विकसित भइराखेको बताउँछन् ।

उनी प्रश्न गर्छन् –“क्यान्सर अस्पताल खोल्नुपर्‍यो भनेर बहस हुन्छ, रोग नै लाग्न नदिन किन नीति निर्माता र सरकारको ध्यान जाँदैन ।”

तेइस वर्षमा पनि कर त बढेन, विनियोजित रकम पनि ‘फ्रिज’

अर्थमन्त्रालयले सन् १९९३ मा पहिलोपटक चुरोटको प्रतिखिल्लीमा एक पैसा थप कर लगाउन सुरु गरेको थियो ।

यसको प्रभावकारी कार्यान्वयन भएपछि पछिल्लो वर्ष दुई पैसा करको दायरा बढाएको थियो तर यसपछि हालसम्म करमा वृद्धि भएको छैन ।

अतिरिक्त करबाट स्वास्थ्य सेवा कर कोषमा वर्षेनी रु १२ अर्बभन्दा बढी रकम संकलन हुने गर्छ ।

संकलित रकममध्ये गत आवमा अर्थमन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई रु ४० करोड मात्र विनियोजन गरेको थियो । सो रकममध्ये रु चार करोड खर्च हुन नसकेर ‘फ्रिज’ भएको थियो ।

“गैरसरकारी संस्थालाई जनचेतना जगाउनका लागि दिइने सो रकम कार्यविधि बन्न नसक्दा फ्रिज भएको हो, कार्यविधि अन्तिम चरणमा पुगेको छ, आगामी वर्ष रकम फ्रिज हुँदैन”-नवनियुक्त स्वास्थ्य सचिव डा किरण रेग्मीले भने ।

करबाट आएको ७५ प्रतिश रकम क्यान्सर रोग र बाँकी रकम हृदयघातलगायत अन्य रोगको उपचारका लागि मन्त्रालयले आफ्ना अस्पताललाई अनुदान दिने गर्छ ।

उनले भने– “चुरोटको खिल्लीमा लगाउने करमा वृद्धि गर्नुपर्छ । यसका लागि अब मन्त्रालयले गृहकार्य सुरु गर्ने छ ।

यसले निम्न तथा मध्यमवर्गीय परिवारका स्वास्थ्यमा सकारात्मक असर पार्ने छ, यो अध्ययनबाट पुष्टि भइसक्यो ।”

सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगले कानून पालना गरेनन्

सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीले आफ्नो उत्पादनका बाहिरी खोल (र्‍यापिङ)मा ९० प्रतिशत नकारात्मक चित्र अंकित नगरी स्वदेश तथा विदेशमा बिक्री वितरण गर्न नहुने बाध्यात्मक प्रावधान छ ।

स्वास्थ्य मन्त्रालयले लागू गरेको सुर्तीजन्य पदार्थ नियमन सम्बन्धी नियमावलीको सो प्रावधानलाई अझै सूर्य नेपाल कम्पनीले पालना नगरेको पाइएको छ ।

आन्तरिक राजश्व कार्यालयका कर अधिकृत ईश्वर कोइरालाका अनुसार नेपालमा तीनवटा मात्र चुरोट उत्पादन गर्ने उद्योग छन् ।

अन्तःशुल्क कार्यविधि, २०७० अनुसार त्यस्ता उद्योगले चुरोटका आकार र सुर्तीजन्य पदार्थ (खैनी, गुट्खा, पान) का ग्रामअनुसार उत्पादन इजाजत लिएका हुन्छन् ।

“हामीले सुर्तीजन्य पदार्थका उत्पादनमा स्टिकर लगाउनुपर्ने प्रावधानलाई कडाइ गरिएजस्तै र्‍यापिङलाई पनि कडाइ गर्छौं”-उनले भने ।

नेपालमा सुर्तीजन्य पदार्थको नकारात्मक असरका बारेमा लामो समयदेखि पैरवी गर्र्दै आएको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द सुर्तीजन्य पदार्थमा करको दायरालाई ७० प्रतिशतसम्म पुर्‍याउनुपर्ने औँल्याउँछन् ।

उनी भन्छन् –“सुर्तीजन्य पदार्थको उत्पादनमा नै प्रतिबन्ध लगाउन सकिएमा जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।”

विश्वस्वास्थ्य संगठनले आफ्ना सदस्य देशलाई सुर्तीजन्य पदार्थको करमा ७० प्रतिशत पुर्‍याउन सुझाव दिएको छ तर अहिलेसम्म नेपालले यस्तो करमा २८ प्रतिशतभन्दा माथि पुर्‍याउन सकेको छैन ।

चालू आवमा पनि सरकारले मदिरा तथा सुर्तीजन्य पदार्थमा २८ प्रतिशत मात्र अन्तःशुल्क कर पुर्‍याएको छ ।

समन्वयको अभाव

गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयबीचको समन्वयको अभावमा सुर्तीजन्य पदार्थ सम्बन्धी ऐन-नियममा उल्लेखित प्रावधानको समेत प्रभावकारी कार्यान्वन हुन सकेको छैन् ।

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ सेवन तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ तर अहिले पनि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण भइराखेको देखिन्छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पुष्पा चौधरी सुर्तीजन्य पदार्थ सेवनबाट हुने असरका बारेमा थप जनचेतना जगाउन आवश्यक भएको बताउँछिन् ।

सांसद रामहरि खतिवडा भन्छन्-“सुर्तीजन्य पदार्थ सेवनले दैनिक ४२ देखि ६८ जनाको अकालमा मृत्यु हुने विषयलाई सरकार र राजनीतिक दलले संवेदनशील रुपमा लिनुपर्छ । समाधानको उपाय खोजी गरिनुपर्छ ।”
- रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
लामो आन्दोलन र दशैं बिदा पश्चात देशभरका अस्पतालमा ओपीडी सेवा नियमित संचालन
बाढीले बेनी-जोमसोम सडक बगाएपछि सडक अवरुद्ध, सयौं यात्रु अलपत्र
एमाले र माओवादी केन्द्रद्वारा मिलेर चुनाव लड्ने र पार्टी एकता गर्ने सहमति
दशैं मनाउन गाउँ गएकाहरु कर्मथलो फर्कन थाले
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ शुरु
तराई मधेस केन्द्रित दलमा रहेका नेता हृदयेश त्रिपाठी एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने
राष्ट्रपति भण्डारी देखि पूर्व राजा ज्ञानेन्द्र शाहसम्मले दिए दशैंको शुभकामना
बडादसैंको टीका साइत भोलि बिहान ११ बजेर ५५ मिनेट उत्तम
बडादसैंका अवसरमा बाहिर जानेको संख्या बढेपछि काठमाडौंमा सवारी-साधनको आवागमन पातलो
निर्वाचन आचारसंहिता पालना गर्नसबै राजनीतिक दलहरुसँग आयुक्तको आग्रह
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बडादसैंको शुभकामना, इतिहास जोगाउन सबै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए
२ नम्बर प्रदेशमा भएको स्थानीय निर्वाचनको सबै परिणाम सार्वजनिक
सुनसरीे काशीका वडाध्यक्षसहित १२ जना जुवाडे पक्राउ
स्थानीय निर्वाचन उत्कृष्ट ढंगबाट सम्पन्न भएको निर्वाचन आयोगको दाबी
दलहरु आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीमा जुटे
काभ्रेमा जिप र्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुग्यो
चिकित्सक संघले गरेको आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन सरकारको आग्रह
बूढीगन्डकी जलविद्युत् आयोजनाको जिम्मा चिनियाँ कम्पनीलाई दिने सबै प्रक्रिया खारेज गर्न निर्देशन
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कास्कीमा राजनीतिक दलबीच तयारी सुरु
डा.गोविन्द केसीले १२औं अनशन सुरु गरे
http://go.oclaserver.com/afu.php?zoneid=1465736