arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विचार,विश्‍लेषण,अन्तरवार्ता

कस्तो सोंचलाई सकारात्मक मान्ने?text size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक १५, बुधवार)

world news

केशब पोखरेल/ दक्षिण कोरिया 

केहि दिन पहिले अर्घाखाँची डटकममा  "बाम गठबन्धनका मुख्य संयोजकहरुलाई कोरियाबाट खुल्ला पत्र" शिर्षकमा लेख लेखेको थिए। त्यसमा बिभिन्न सल्लाह सुझाब एंव प्रतिक्रियाहरु पाँए, सल्लाह सुझाब र प्रतिक्रिया दिनुहुने सम्पुर्णमा हार्दिक आभार प्रकट गर्दछु ।

यसै सन्दर्भमा बामगठबन्धन भित्रकै राजनिति गर्ने साथिहरुले खुल्ला पत्रको जवाफ शिर्षकमा मलाई व्यक्तिगत एंव सामाजिक संजालमा पोस्ट गरेको पाँए ।ऊहांले दिएको जबाफमा चित्त बुझ्दो ठांऊ कांहि कतै भेटाउन नसकि केहि लेख्ने जमर्को गर्दै छु ।
हो, बाम एकता हुदै पाटि एकता गर्नुलाई सकारात्मक रुपमै लिनु पर्दछ । नेपालमा २ पार्टिभन्दा बढिको आवस्यकता म पनि देख्दिन । तर बाम एकता गरेका राजनितिक दल भित्र केहि स्वार्थ लुकेको छ कि छैन?  र तिनिहरुको ईतिहांस पल्टाएर हेर्ने कि नहेर्ने, ईतिहाँस पल्टाएर हेर्ने हो भने देश र रास्ट्रका लागि गरेको काम, भन्दा आफ्नो व्यक्तिगत स्वार्थको लागि गरेको कार्यहरुको लामै फेहरिस्त उतार्न सकिन्छ ।

तपाईंले भनेजस्तै बाम एकता हुदै पार्टि एकता गर्नु हुदैन भनेर कतै लेखिएको छैन, र लेखिने कुरा पनि हैन । तपाईंले प्रश्न गर्नुभएको छ एकता गर्नु हुदैन भनेर कंहि बेद पुराण वा संविधानमा ऊल्लेख गरिएको छ?  ,यंहिनिर प्रतिप्रश्न गर्न मन लाग्यो, संविधान सभाबाट जारी गरिएको संविधान त सर्वमान्य भएन भनेर आन्दोलन चलिरहेको छ, देश धर्मनिरपेक्षतामा गईसकेको समयमा कुनेै एक धर्मको धार्मिक ग्रन्थमा लेखिएको भए, त्यो कुरा सर्वमान्य हुन्थ्यो त? 

तपाईंले धेरै पटक दोर्याऊनु भएको सकारात्मक सोंच भन्ने कस्तो सोंच हो? आफ्नो राजनितिक दलले गरेको जस्तो सुकै राम्रो नराम्रो कार्यहरुको समर्थन गर्ने अनि अन्य राजनैतिक दलले गरेको राम्रा कार्यको पनि बिरोध गर्ने यहि हो तपाईंको सकारात्मक सोंच? तपाईं र तपाईंजस्ता झोले राजनीति गर्ने कार्यकर्तामा राम्रो लाई प्रसंसा र नराम्रोलाई खबरदारि गर्न सक्ने मानसिकताको विकास गर्नुस, अनि त्यहींबाटै  हुन्छ सकारात्मक सोंचको सुरुवात । 

बाम गठबन्धनका मुख्य नाईकेहरु तपाईंकै भाषामा कमरेड प्रचण्ड र कमरेड केपिले केहि राम्रै कामहरु पनि गरेका छन, तर तिनिहरुले एक दुईवटा राम्रा काम गरेभन्दैमा नराम्रा कामको बारेमा खबरदारि गर्नु पर्छ कि पर्दैन?  कि तपाईंजस्तै अन्धभक्त भएर तारिफ गर्न तर्फ मात्रै लाग्ने? बेलाबखत गरिने टिकाटिप्पणि आरोप/ प्रत्यारोप ,गल्ति कमिकमजोरिहरु सबैलाई गौंण मान्ने?   २०६१ साल साऊन २७ गते दैलेखका पत्रकार डेकेन्द्र थापालाई आफ्नो पक्षमा समाचार नलेखेको आरोपमा   तत्कालीन नेकपा माओबादिले अपरण गरि केहिदिनपछि खाल्टो खनेर जिऊँदै पुरेर मार्यो ।२०६२साल जेष्ठ २३ गते चितवनको कल्याणपुर स्थित बाँदरमुडेमा माओबादिले एम्बुस बिस्फोट गराई, ३८ जना सर्वसाधारण जनता को ज्यान लियो । त्यसैगरि २०६५ पुस २६ मा जनकपुरकि पत्रकार उमा सिंहलाई घरमा खाना बनाईरहेको बेला घरबाट बाहिर निकालि यत्रततत्र खुकुरि परार गरि हत्या गरियो । यस्ता निन्दनिय घटनाहरु तपाईंकै गठबन्धनका एक घटकबाट घटाईएका हैनन?  

त्यसैगरि द्वोन्दकालमै तत्कालिन नेकपा माआेबादिले सुराकिको आरोपमा बिना प्रमाण  अर्घाखाँचिका हुमानन्द बन्जाडेको बिभत्स हत्या गर्यो । यि र यस्ता कार्यहरुलाई पनि गौंण नै मानेर बाम गठबन्धको समर्थन गर्दै हिडने र यसैको प्रतिफल स्वरुप प्रचन्डलाई धन्याबाद दिनु पर्ने ठान्नुभएको?? माथि उल्लेखित घटनाहरु त केहि प्रतिनिधि घटना मात्रै हुन, यि मृतकका परिवारमा गएर जबाफ दिनुहोस,अनि भन्नुहोस प्रचण्डलाई धन्याबाद दिन भनेर । 

नेपालमा सदियौ देखि मिलेर बसेको समाजलाई जातियताको नारा ऊठाएर द्वोन्द निम्त्याऊन खोज्ने, पार्टि गठबन्धनको हिस्सेदार हो कि हैन? 

त्यसैगरि उखानबिध एंव तपाईंकाे गठबन्धनको मुख्य नायक केपि ओलिको बोलिमा नेपालि जनताले बिस्वास गर्ने आधार के छ?  २०६५ बैशाख १०गते प्रकाशित दृस्टि साप्ताहीकलाई दिएको अन्तर्वार्तामा  "काँतरले मात्र माओबादीसँग सहकार्य गर्छ " भनेका थिए, त्यसअघिनै माअोबादिसंग शान्ति सम्झौता भईसकेको थियो ।यस बिचमा माओबादी सुद्रियो वा एमाले काँतर भयो हैन भने केहि स्वार्थ नलुकि सहकार्य गरियो?

अागामि मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा को निर्बाचन हुंदै छ, त्यसका लागि बाम गठबन्धनलाई भोट हाल्न समेत आग्रह गर्नुभएको रहेछ । के का आधारमा गठबन्धनलाई भोट हाल्ने? तपाईं आफैं सोंचेर भन्नुस माथि ऊल्लेखित घटनाहरु तपाईं हाम्रै परिवार भित्र घटाईएका हैनन?  र हामिले तिनलाई भोट हाल्ने?? 

आगामि निर्वाचनमा बामगठबन्धनको केहिगरि बहुमत आएर सरकार निर्माण भएछ भने पनि राजनितिक दल का नेताको मलद्वारलाई पनि हरिद्वार देख्ने तपाईंहरुको मानसिकतामा परिवर्तन नआएसम्म देशले कुनै काँचुलि फेर्ने वाला छैन । 

अन्त्यमा  आगामि निर्वाचनमा हामि जस्ता युवाले कुनै नेताको रखौटे नबनि हाम्रोलाई हैन राम्रोलाई मतदान गरि निर्वाचित गरायौं भने समुन्नत नेपाल बन्ने छ । धन्याबाद 

यो लेख कुनै ब्यक्तिसंगको आग्रह/ पूर्वाग्रह मा तयार पारिएको हैन ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विचार,विश्‍लेषण,अन्तरवार्ता
बिभेद हटाउन राज्यले अभियान संचालन गर्नुपर्छ
महिलाको उच्च मुल्याकंन कहिले?
प्रश्न संविधानसभाको चुनावको मात्र होइन ....
कला र कार हाम्रा गहना
अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु हुन्न
हिउँजस्तै हिमानी देखेर पारसको आँखामा बररर आँशु आओस् ।
लुम्बिनी अंचलको जनासंखिक अवस्था
कमन सेन्स चाहिन्छ सौरभ दाइ
डेकेन्द्र हत्या प्रकरण ः मरे भनी फ्याकिएका जुरूजुरू उठ्दछन्
डेकेन्द्र हत्याकाण्ड र कुमार लामाको गिरफ्तारीको अन्तरसम्बन्ध
हुण्डी कारोबार : गुम्दै राजश्व
नेपाली समाज यूएईको बारे गरिएको भ्रमपूर्ण लेखको सामुहिक खन्डन
संघीयतावादीहरुका बीचमा संघीयता विरोधी आरोप र प्रत्यारोपको गोलचक्र
एएनए नेपाल ग्रामिण बिकाश परियोजना सिंह दरबार प्रवेश
कुर्शीको मोह त्याग्न नसके भुमरीमा परिने निश्चित
भाषा पतन भए हाम्रो पहिचान मासिने
नेपालका खेलाडीको लागी राज्यले कुनै वास्ता गरेको छैन: महिला रेस्लर भगवति खड्का युनिका
राष्ट्रपतिको आह्वानलाई असंवैधानिक ठहर गर्नु मन्त्रिपरिषद्को आपत्तिजनक निर्णय ( सम्पादकीय)
बिदेसिएका नेपाली डुबाउने गम्भीर षडयन्त्र
किन भएको छैन राष्ट्रिय सहमति ?
http://go.oclaserver.com/afu.php?zoneid=1465736