arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

छत्रदेव - ७ र ८ लाई लक्षित गरि सुर्यथुममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन २, बुधवार)

सुर्य भुसाल 

छत्रदेव, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  छत्रदेव गाउँपालिकाको सहकार्य र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा आज छत्रदेव गाउँपालिका वडा नम्वर ७ र ८ लाई लक्षित गरि सुर्यथुममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 


कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले छत्रदेवको कसम खाई आफुहरु ५ बर्षका लागि जनताको सेवा गर्न आएको कारण आफनो गाउँपालिका सदैव एैना जस्तो छर्लङ्ग हुने बताउनु भएको थियो । 

यसैगरि, गाउँपालिका उपाध्यक्ष तुल्सी देवि श्रेष्ठले गाउँपालिका तथा वडा कार्यालयले के गरिरहेको छ भन्ने विषयमा आम नागरिक सचेत हुनु पर्दछ भन्ने मान्यताका साथ यो कार्यक्रम  आयोजना गरिएको उदघोष गर्नु भएको थियो । कार्यक्रममा आफनो भनाई राख्ने क्रममा प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले तपाईहरु गाउँपालिकामा सूचना माग्न आउनुश हामी तपाईलाई कारण नसोधी सूचना उपलब्ध गराउने छौ भन्दा सहभागीहरुले तालिद्धारा स्वागत गरेका थिए । 


कार्यक्रममा वडा नम्वर ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, स्थानिय हरिलाल पान्डे, ठाकुर प्रसाद पान्डे, जगं वहादुर परियार र राधा पान्डे लगायतका ब्यक्तिहरुले मनत्व्य राख्नु हुदै जनतालाई सचेत बनाउन छत्रदेव गाउँपालिकाले सिआईजी संस्था मार्फत सन्चालन गरेको अभियान सराहानीय भएको र यसलाई भविष्यमा थप व्यवस्थीतका साथ अझै धेरै विस्तार गरेर अगाडी बढाउनु पर्ने सुझाव दिनु भएको थियो । 

सूचनाको हक सम्वन्धमा सिआईजी अध्यक्ष तथा सूचनाको हकका अभियन्ता मुक्तिनाथ भुसालले गहिराईमा जानकारी गराउनु भएको सो कार्यक्रमलाई ८ नं. वडा सचिव बालकृष्ण पान्डेको सन्चालन वडा नं. ७ का सचिव टोपलाल घर्तिको स्वागत मनत्व्य र ७ नं. वडा अध्यक्ष शोभाखर पान्डेको सभापतीत्व रहेको थियो । 


कार्यक्रमलाई समापन गर्ने क्रममा वडाअध्यक्ष पान्डेले सूचना प्रवाहाको सवालमा आफनो वडालाई कसैले शंखा नगर्नुहुन आव्हान गर्दै आफु शासक नभई जनताको सेवक भएको बताउनु भएको थियो । यसैगरि भोली फाल्गुण ३ गते छत्रदेव गाउँपालिका वडा नम्वर ६ लाई लक्षित गरि ठुलापोखरामा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम तय गरिएको सूचना तथा सुशासन अभियान सिआईजीले जानकारी गराएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
नेपाल महिला संघ शितगंगाको प्रथम नगर अधिवेशन सम्पन्न, सभापतिमा जीबा पौडेल निर्वाचित, ५ वर्षपछि कांग्रेस मुलुकको पहिलो शक्ति हुने मुस्कान दावी (तस्बिर सहित)
धारापानीको फलाम खिल्जी स्थित श्री लक्ष्मी आधारभुत विद्यालयमा ३ कोठे पक्की भवन उद्घाटन कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा नेपाल अर्बुद रोग निवारण संस्थाको आठौं जिल्ला सभा सम्पन्न, पिताम्बर बन्जाडे पुन: अध्यक्षता (तस्बिर सहित)
पणेनाका ५० भन्दा बढी युवाले कुखुरा, बाख्रा र गाईभैंसी पालनबाट मनग्य आम्दानी गर्दै
सिमलपानीमा जग्गाधनी लालपुर्जा वितरण शुरु (तस्बिर सहित)
साथीभाइ र चिनजानका भेटेर भलाकुसारी गर्ने सन्धिखर्कको सुन्दर शान्ति बगैंचा
अर्घाखाँचीका दुई जनाको बुटवलमा बस ठक्करबाट मृत्‍यु
शितगंगा नगरपालीकाले आरन व्यबसायलाई औजार र क्षमता विकास तालीम प्रदान गर्ने
शितगंगाको बर्रेबाट अवैधरुपमा काठ लैजाँदै गरेको एक ट्रकसहित ५ जना पक्राउ
जुनोटिक रोगबारे सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न , मान्छेको जस्तै पशुको पनि स्याहार
सन्धिखर्कको ग्रीन इंगलिस बोर्डिंग स्कुल चुत्राबेसीमा पुरस्कार बितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सुपा देउरालीमा आउने दर्शनार्थीको संख्यामा दोब्बर वृद्धि, यस वर्ष ८० लाख आम्दानी पुग्ने अनुमान
सन्धिखर्क २ मा महिला नेतृत्व बिकास तालीम सुरु (तस्बिर सहित)
नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला ईन्चार्जद्दारा बन्दुक उठाउने चेतावनी
किमडाँडाको आँपखोला बोडखोलामा बाबु र छोराको स्मृतिमा प्रतिक्षालय निर्माण
डिभर्नाको जोगिमारे आधारभुत बिद्यालयको ४० औ बार्षिक उत्सब सम्पन्न, सामुदायीक बिद्यालय नमुना बनाउने सन्धिखर्क नगरप्रमुखको प्रतिबद्धता
मालारानी - २ मा प्रदेश सांसद चेतनारायणद्दारा सिलाइ कटाइ तालिमको उद्घाटन
नेपाल बन्द कारण दिनभर प्रभाबित भएको अर्घाखाँचीको जनजिबन साँझ बन्द खुलेसँगै सामान्य बन्दै
सन्धिखर्कमा नगर स्तरीय अगुवा कृषक तालिम सुरु
सन्धिखर्कको बिहार बरापमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको शोक सभा सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736