arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

महोत्तरीलाई पशुमा लगाइने औषधि 'डाइक्लोफेन्याक' मुक्त जिल्ला घोषणाtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २४, मंगलवार)

महोत्तरीलाई पशुमा लगाइने औषधि 'डाइक्लोफेन्याक' मुक्त जिल्ला घोषणा गरिएको छ ।

जिल्ला पशुसेवा कार्यालय जलेश्वरमा सोमबार स्थानीय विकास अधिकारी युवराज पौडेलले डाइक्लोफेन्याक नामक पशुमा लगाइने औषधि नेपालमा निषेध भएको झण्डै ११ वर्षपछि मुक्त जिल्ला घोषणा गरेका हुन् ।

नेपाल, भारत, बंगलादेश, पाकिस्तानलगायत देशमा डाइक्लोफेन्याक औषधिको कारणले मर्ने गिद्धको प्रतिशत अत्यधिक रहेको पाएपछि २०६३ जेठ २३ गते नेपालमा समेत सो औषधिमाथि प्रतिबन्ध लगाइएको थियो ।

विसं २०४७ अगावै नेपालमा मात्र नौ प्रजातिका पाँच लाखभन्दा बढी गिद्ध रहेकामा सो औषधि लगाइएको जनावर मरेपछि त्यसको सिनो खाँदा मिर्गाैलामा समस्या भई गिद्ध मर्ने संख्या उलेख्य मात्रामा बढेर गिद्धको संख्या ९१ प्रतिशतले घटेको थियो ।

नेपालमा पाइने गिद्धमध्ये 'डंगर' एकहजारदेखि दुई हजारको हाराहारीमा तथा सानो खैरो गिद्ध ५० देखि ७५ सम्म छ । नेपालका ५७ जिल्ला यसअघि नै 'डाइक्लोफेन्याक' मुक्त गिद्ध संरक्षित जिल्ला घोषणा भइसकेको छ ।

गिद्ध विभिन्न हानिकारक र सडेगलेका सिनोसमेत पचाउन सक्ने पंक्षी हो । 'डाक्लोफेन्याक' दुखाइ कम गर्ने औषधि हो । यो मानिस र पशुसमेतका लागि छुट्टाछुट्टै उत्पादन गरिन्छ । औषधि लगाइएको जनावर एकसाताभित्र मर्ने गरेको पाइएको छ । जनावरको सिनो खाने गिद्धको मिर्गाैलामा समस्या उत्पन्न भई दुई–तीन दिनभित्र मर्ने गरेको पशुसेवा कार्यालयका प्रमुख डा.जीवनकुमार सिंहले बताए ।

नेपाल पंक्षी संरक्षण संघका फिल्ड अधिकृत भूपाल नेपालीले नेपालमै गिद्धको संख्या बढाउन गिद्ध प्रजनन केन्द्रसमेत स्थापना भई गिद्धको संख्या बढाउन सुरु भइसकेको बताउँदै 'जटायु रेष्टुराँ'को माध्यमले मरेको जनावर संकलन गरी निश्चित क्षेत्रमा राखी गिद्धको आहारको समेत व्यवस्था गरिएको जानकारी दिए ।

हाल औषधि बन्द गराइएपछि पटक-पटक गरिएको अनुगमनमा सो औषधि नभेटिएपछि महोत्तरीलाई गिद्धका लागि संरक्षित जिल्लाका रुपमा घोषणा गरिएको उनले बताए । उनले औषधि ऐन २०३५ बमोजिम पशु उपचारका लागि ‘डाइक्लोफेन्याक’ उत्पादन, प्रयोग, बिक्रीवितरण, आयात, निर्यात र भण्डारण गरेको पाइएमा तीनवर्ष कैद वा रु २५ हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानूनी प्रावधान रहेको जानकारी दिए । रासस 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
मंसिर ४ गते ३१ जिल्लामा केन्द्र र प्रदेशसभाको निर्वाचन गर्न सुझाव
अविरल वर्षा र बाढीले पूर्वी तराईका पाँच जिल्लामा ४ अर्बको कृषि उपजमा क्षति
आगामी मंसिरभित्रै एकैपटक निर्वाचन गराउन तीन दल सहमत
रौतहटमा मृत्यु हुनेको संख्या १९ पुग्यो, बाढीले बगाउँदा बालकको मृत्यु
बाढी प्रभावित जिल्लाहरुमा रोगको संक्रमण भइ नसकेको भन्दै नआत्तिन आग्रह
अहिलेसम्म देशभर बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १२०
राजधानीका सडकमा लत्रिएका तारहरु ७ दिनभित्र हटाउन सन्चारमन्त्रीको निर्देशन
प्रदेश नम्बर-२ मा निर्वाचन आचारसंहिता लागू
बाढी-पहिरोले देशलाई ठूलो विपत्तिमा पुर्‍याएको भन्दै डा. केसीले अनशन स्थगित गरे
अब मौसममा सुधार आउने, अविरल वर्षा नहुने
मृत बालकलाई पुर्ने ठाउँ नपाएर कोशीमा बगाइयो (बाढीको दर्दनाक तस्बिर)
वर्षासँगै आएको बाढीका कारण सुनसरीमा थप दुईजनाको मृत्यु
देश बाढीपहिरोको चपेटामा ! मृत्युको संख्या ७०, बेपत्ता ५० जना
बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ७० पुग्यो, ५० जना बेपत्ता, ३४ हजार घर डुवानमा
सीमावर्ती रक्सौलस्थित भारतीय आयल डिपोले कम इन्धन दिएको भन्दै ढुवानी ठप्प
प्रधानमन्त्रीद्वारा बिमस्टेकका आदर्श र उद्देश्यप्रति नेपाल पूर्णप्रतिबद्ध रहेको उल्लेख
सर्वोच्चद्वारा स्थानीय तहको संख्या हेरफेर गर्ने सरकारको निर्णय सदर
सरकारद्वारा कृषियोग्य जमिनमा प्लटिङ र कित्ताकाट गर्न रोक
बालविवाह अन्त्य गराउन सरकारी कार्यक्रम प्रभावकारी हुन सकेन : राष्टपति
इन्धन ढुवानीका क्रममा हुने नोक्सानी क्षतिपूर्ति बढाउन माग गर्दै पेट्रोलियम व्यवसायी पुन: आन्दोलनमा