arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

श्रीलङ्कामा मनसुन-पूर्वको भीषण वर्षातपछिको बाढी पहिरोबाट १४६ को मृत्यु, पाँच लाख विस्थापितtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड १४, आइतवार)


 श्रीलङ्कामा मनसुन-पूर्वको भीषण वर्षातपछिको बाढी र पहिरोमा परेका कारण पाँच लाख व्यक्ति विस्थापित हुनु परेको र अझै कतिपय जोखिमयुक्त स्थितिमा गुजारा चलाइ रहेका छन्। 

सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा शनिबार करिब पाँच लाखभन्दा बढी जनतालाई बाढी पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ। 

यस दैवी प्रकोपमा परी शनिबारसम्म कम्तीमा १४६ जनाको मृत्यु भइसकेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन्। श्रीलङ्काको प्रमुख सामुन्द्रिक द्विपका दक्षिणी र पश्चिमी क्षेत्रहरुका समथर मैदानी भूखण्डमा गत शुक्रबार आएको बाढीे र पहिरो विगतका १४ वर्ष पछिको सबभन्दा भयङ्कर भएको बताइएको छ। 

समथर भूभाग भएका तल्ला इलाका अझै पनि जलमग्न भई पूरै डुबानमा परेको स्थानीय अधिकारीले जनाएका छन्। 

उक्त बाढी र पहिरोमा परी १२२ जनाको मृत्यु हनुको साथै ९७ जना हराइरहेका श्रीलङ्काको सरकारी प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी)ले पनि पुष्टि गरेको छ। साथै यस प्रकोपमा परी घाइते भएका ४९ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ। 

यस प्रकोपमा मारिएका १२२ जनामध्ये पहिरोकै कारण अधिकांशको र डुबानमा परी केही सङ्ख्यामा मात्र मृत्यु भएको श्रीलङ्काका स्वास्थ्य मन्त्री तथा सरकारका प्रवक्ता राजिथा सेनारात्नेले बताएका छन्। उनका अनुसार कतिपय सर्वसाधारणलाई सम्झाउँदा बुझाउँदा पनि आफ्नो थात थलो छोडेर जान नमानेकाले केही बल प्रयोग गरी उनीहरुको बासस्थानबाट अस्थायी शिबिरमा लग्नु परेको थियो। 

सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घसंस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाहरुको खोजीलाई निरन्तरता दिएको छ। 

संयुक्त राष्ट्र संघीय बिश्व स्वास्थ संगठन, बिश्व बालबालिका कोष, भारत, पाकिस्तान लगायत अन्य मुलुकले यस बाढी पहिरो पीडित जनताहरुलाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ता कपडा तथा अन्य उद्धार सामाग्रीको सहयोग पठाइ रहेका छन्। 

श्रीलङ्कामा लामो समयसम्म परेको खडेरीका कारण सुक्खा लागी कृषि उत्पादनमा अत्यन्त नकारात्मक प्रभाव पर्नुका साथै नदी खोला नाला सुकी जल बिद्युतको उत्पादन र आपूर्ति अत्यन्तै न्यून भै रहेको थियो। अहिले भएको बर्षात्ले राष्ट्रलाई नै पीडा थपिए ता पनि कृषि उत्पादन तथा बालीनालीका लागि भने बरदान पाएजस्तो भएको छ। 

श्रीलङ्कालाई सन् २००३ देखि बाढी पहिरोले नराम्ररी सताउन थालेको हो। त्यस वर्ष परेको भीषण वर्षात्ले दुइसय पचास जनाको मृत्यु हुनाको साथै दश हजार जति घर धुरी नष्ट भएका थिए। 

गतः वर्ष आएको भीषण मनसूनी वर्षात्का कारण ठाउँठाउँमा भएका बाढी र पहिरोका घटनामा एकसय जनाभन्दा बढीको मृत्यु भएको थियो। रासस/एएफपी

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, सरकारी टेलिभिजन र रेडियो सेनाको नियन्त्रणमा
बंगलादेशको एक गाउँमा धार्मिक दंगा भड्किदा एकजना मारिए
साउदी नेतृत्वको सेनाद्वारा यमनी रक्षा मन्त्रालयमा आक्रमण
नयाँदिल्लीको प्रदूषित तुवाँलो हटेन, जनजीवन प्रभावित, सबै प्राथमिक विद्यालयहरु बन्द
पाकिस्तानको एट्टोक जिल्लामा बस दुर्घटना, कम्तीमा २२ जनाको मृत्यु
नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा बढेर दिउँसै विषालु हावाले अंधकार भएर जनजिवन अस्तव्यस्त
बेल्जियम प्रहरीसमक्ष आत्मसमर्पण गरेका पूर्व क्याटलन नेताहरु सशर्त रिहा
क्याटालनले स्वतन्त्र भएको घोषणा गरेपछि स्पेनद्दारा प्रत्यक्ष शासन लागु
भ्रष्टाचारको आरोपमा पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरीफविरुद्ध पक्राउ आदेश जारी
जापानमा आज संसदीय निर्वाचन
जर्मनी, फ्रान्सलगायतका मुलुक अखन्ड स्पेनका पक्षमा
अफगानिस्तानको कान्दाहारमा तालिबानको आक्रमण, ४३ सैनिक मारिए
भियतनाममा भारी बर्षापछि आएको बाढीपहिरोमा परी ३७ जनाको मृत्यु
क्यालिफोर्नियामा भीषण डढेलो अझै नियन्त्रणमा आएन, १५ जनाको मृत्यु, १८० हराए
नयाँदिल्लीमा दिपावलीभर पटका विक्रि तथा आतिसवाजीमाथि प्रतिबन्ध
यमनमा हैजाबाट २ हजारभन्दा बढी बिरामीको मृत्यु
कीर्गिस्तानकाका उपप्रधानमन्त्रीको कार दुर्घटनामा परी निधन
अमेरिकाको एक भब्य कन्र्सटमा अन्धाधुन्ध गोली प्रहार हुँदा ५८ भन्दा बढीको मृत्यु
भारतको मुम्बईस्थित एक रेलवे स्टेसनमा भागदौड मच्चिँदा कम्तीमा २२ जनाको मृत्यु
थाइल्यान्डकी पूर्वप्रधानमन्त्री यिङलक सिनावात्रालाई पाँच वर्षको जेल सजाय
http://go.oclaserver.com/afu.php?zoneid=1465736