arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
खेल

नेपालले एसिया कप छनोट खेल्ने,कुवेत र ग्वाम फिफाको कारवाहीमा परेसँगै नेपालले पायो अवसरtext size increase   text size decrease   Print    rss (२०७३ पौष १२, मंगलवार)

         
  
हिमेश
(काठमाडौँ) नेपाली राष्ट्रिय फुटबल टिम सन् २०१७ २०१८ का लागि व्यस्त वर्ष रहने भएको छ । नेपालले एसिया कप छनोट खेल्ने भएपछि राष्ट्रिय टिमको कार्यक्रम बढ्ने भएको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राखेको एसिया कप छनोट खेल्ने प्रस्तावलाई स्वीकारेको हो ।

छनोटको तेस्रो चरणका दुई टिम कुवेत र ग्वाम अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एएफसीको कारवाहीमा परेपछि नेपालको भाग्य खुलेको हो । नेपालसँगै मकाउले यो सम्भावना पाउनेछ । सोलिडारिटी कपको विजेता र उपविजेताका रूपमा नेपाल तथा मकाउले यो अवसर पाएका हुन् । नेपाल यसअघि नै विश्वकप र एसिया कप छनोटको प्लेअफबाटै बाहिरिइसकेको भए पनि अहिले नयाँ अवसर प्राप्त भएको हो ।
 
त्यति बेला नेपाल छनोटको सुरुवाती चरणमा भारतसँग पराजित भएको थियो । अब नेपालले छनोटको तेस्रो चरण खेल्नेछ । सन् २०१९ मा यूएईमा हुने एसिया कपमा अहिलेसम्म १२ टिम छनोट भइसकेका छन् । प्रतियोतिगामा कुल २४ टिमले सहभागिता जनाउने छन् । अब छनोट हुने १२ टिमको निर्णय हुन बाँकी छ । तेस्रो चरणमा २४ टिम छन् । यी टिमलाई ६ समूहमा विभाजन गरिनेछ । त्यसयता तिनीहरूले होम एन्ड अवेका आधारमा समूहको लिग खेल खेल्नेछन् ।
 

एन्फाका अनुसार एसिया कप छनोटका ड्र जनवरी २३ मा हुनेछ । यी खेल एक वर्ष चल्नेछ । लिग खेल सन् २०१७ को मार्च २८ मा सुरु भएर सन् २०१८ को मार्च २७ सम्म चल्नेछ । नेपालले पछिल्लो पटक सन् २००४ को एसिया कप छनोट खेलेको थियो । त्यसमा दक्षिण कोरिया, ओमान, भियतनाम जस्ता टिमसँग ठूलो अन्तरको हार बेहोरे यता नेपालले फेरि दोहोर्‍याएर छनोट खेलेको छैन ।

छनोटमा नेपालले राम्रो प्रदर्शन गर्ने हो भने टिमको एसिया कपको अन्तिम चरण खेल्ने सम्भावना पनि पाउन सक्नेछ । एसिया कपमा सहभागी हुने टिमको संख्या बढाएर पहिलोपल्ट २४ देश पुर्‍याएपछि यो सम्भावना रहेको हो ।
 
एसिया कप छनोट तेस्रो चरणको ड्र भने आउने बाँकी छ । एएफसीको वेबसाइटका अनुसार सुरुवाती ड्र जनवरी १८ मा निकालिनेछ । छनोटको तेस्रो चरण खेल्ने टिममा जोर्डन, ओमान, फिलिपिन्स, बहराइन, किर्गिस्तान, उत्तर कोरिया, भारत, प्यालेस्टाइन, ताजकिस्तान, भियतनाम, हङकङ र तुर्कमेनिस्तान छन् । अरू टिममा माल्दिभ्स, लेबनान, यमन, अफगानिस्तान, चाइनिज ताइपेई, म्यानमार, मलेसिया, सिंगापुर, कम्बोडिया र भुटान छन् ।

कान्तिपुरबाट

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
रुपन्देहीमा दृष्टिविहिन क्रकेटको उपाधि लुम्बिनी एघारलाई
नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित
पतंजली सुरशाला आइडल जुनियर को बिजेता आयुष के सी, पब्लिक चोइस अवार्ड को बिजेता र तेस्रो स्रजल महर्जन, दोस्रो प्रितम आचार्य, सुरशाला आइडल जुनियर दोस्रो संस्करण छिट्टै शुरु हुने
सपना र संघर्षले छोटो समयमै चम्किएको एउटा नाम हो:- सोमपाल कामी
इमर्जिङ कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा
नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजित
आर्मीलाई पाखा लगाउदै संकटा उचाल्यो १९ औ तिलोत्तमा गोल्डकपको उपाधि
कप्तान पारस खड्का सद्भावनादूतमा नियुक्त
रुसले आसन्न विश्व एथ्लेटिक्स च्याम्पियनसीपमा भाग लिन नपाउने
रोनाल्डो विश्वकै सर्वाधिक महंगा खेलाडी
अर्घाखाँची क्रिकेट एकेडेमी सन्धिखर्कले आयोजना गर्न लागेको प्रथम ए.सि.ए. क्रिकेट टुर्नामेन्टको तयारी तिब्र
माघे संक्रान्तिको अवसरमा गोरु जुधाइ
सन्धिखर्कमा ए.सि.ए. क्रिकेट टुर्नामेन्ट हुने
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धुलावारीमा जारी जुडो विधामा नेपाल आर्मीको अग्रता
राष्ट्रिय खेलकुद प्रतियोगिताभर इटहरी जाँडरक्सी निषेधित क्षेत्र
रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सुरु
बुटवल टुडेको वार्षिकोत्सवमा भलिबल प्रतियोगिता
विश्व फुटबल महासंघ फिफाले जारी गरेको वरियता क्रममा नेपाल १ सय ८१ औं स्थानमा
मैत्रीपूर्ण खेलमा १-० गाेलले नेपालको जीत
बेलायतको महिला रग्बी क्लबका खेलाडीले खेललाई लोकप्रिय बनाउन नांगै मोडलिङ गरे