arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

राष्ट्रिय जनमोर्चाको वाङ्गला र डिभर्नामा चुनावी कार्यक्रम सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २८, मंगलवार)

world news

वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चाका नेता तथा प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्धार सागर के.सी.ले नेपालको सत्ता संचालन भारतिय रवैयामा चल्दै आएको उल्लेख गर्दै अहिले ‘संबिधानलाई भारतीय इच्छा अनुसार संशोधन गरेर राष्ट्रियता कमजोर बनाउने पक्षमा नेपालकै केही शक्तिहरु लगिपरेको बताउनुभएको छ । 

आगामी मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनको निम्ती आज देखी औपचारीक प्रचार-प्रसारमा जुटेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज वाङ्गलाको भण्डारी पोखरामा सम्पन्न गरेको  वाङ्गला र डिभर्नाको संयुक्त भेलालाई सम्बोधन गर्दै के.सी.ले देश र जनताले जित्नको निम्ती आसन्न निर्बाचनमा त्यस्ता शक्तिलाई पराजित गनुपर्ने बताउनु भएको छ । गंगाराम खनालको अध्यक्षता,सिता भट्टराईको स्वागत मन्तव्य र गोपाल पाण्डेको संचालनमा सम्पन्न भएको अगुवा कार्यकर्ता प्रशिक्षण भेलाले गंगाराम खनालको संयोजकत्वमा ९ सदस्यिय निर्बाचन मुल परिचालन समिति, गोपाल पाण्डेको संयोजकत्वमा ५ सदस्यिय आर्थिक परिचालन समिति र बाबुराम एस.के.को संयोजकत्वमा ७१ सदस्यिय प्रचार-प्रसार समितिको गठन गरेको छ । भेलामा राष्ट्रिय जनमोर्चाका नेता कृष्ण के.सी. र बाबुराम पन्थी सुनारले मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाको जित नै राष्ट्रको जित हुने भन्दै आफ्ना उम्मेद्धारहरुलाई भोट दिन आग्रह गुर्नभएको छ । 

यसैबिच राष्ट्रिय जनमोर्चाको अर्को टोलीले आजै भुमिकास्थान नगरपालिकाको खिल्जी र असुरकोटमा पनि चुनाबी कार्यक्रम  सम्पन्न गरेको छ ।दोर्ण प्रसाद भण्डारीको अध्यक्षता,शिव प्रसाद बन्जाडेको स्वागत मन्तव्य र बुद्धि बन्जाडेको संचालनमा सम्पन्न भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा क्षेत्र नम्बर २ का उम्मेद्धार झबिलाल थापा,समानुपातिक उम्मेद्धार सकुन्तला राना, राष्ट्रिय जनमोर्चाका नेता कमल प्रसाद घिमिरे माधव प्रसाद बन्जाडे, राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्बाचित जनप्रतिनिध निम बहादुर बस्नेत,लक्ष्मी बि.क.,बिष्णु सारु र राम बहादुर नेपालीले ब्याक्तिगत स्वार्थमा फसेर राष्ट्रियहित बिपरित लाग्ने शक्तिहरुलाई पटक-पटक भोट दिएर नेपाली जनता झुक्कीएका कारण अहिले मुलुक गम्भिर संकटमा फसेको दाबी गर्नुभयो । संकटमा फसेको राष्ट्रलाई माथी उकास्न अब जनताले त्यो गल्ती दोहोराउन नहुने भन्दै सचेत हुन आग्रह गर्नुभएको छ । 

सयौं नेता तथा अगुवा कार्यकर्ताहरुको सहभागितामा सम्पन्न भएको भेलाले असुरकोट र खिल्जीमा क्रमश बिष्णु सारु र दोर्ण भण्डारी संयोजक रहेको ९ सदस्यिय निर्बाचन मुल परिचालन समिति,शिव प्रसाद बन्जाडे र निम बहादुर बस्नेत संयोजक रहेको १ सय एक र १ सय १५ सदस्यिय निर्बाचन प्रचार प्रसार समितिको गठन गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीको खिल्जी गाविसमा आगलागी हुदा आठ घर जलेर नष्ट - (तस्बिर सहित)
अर्घाखाँचीको बल्कोटमा ३ महिने बासका सामाग्री निर्माण तालीमको आयोजनामा
आगालागीले घर जलेपछि खिल्जीका ८ घर परिवार खुल्ला आकास मुनी बस्न वाध्य
कोइरालाको पुन्य तिथि, तरुणदलको आयोजनामा श्रर्दानजली कार्यक्रम सन्धिखर्कमा सम्पन्न
नेपालगन्ज बस दुर्घटनामा अर्घाखाँची घर भएका २८ वर्षीय शालिकराम ढकालको मृत्यु
फोरमको दुई दिने मधेश बन्दका कारण अर्घाखाँची लगायतका जिल्लाहरु प्रभाबित
नेपाल रेडक्रस सोसाईटी उपशाखा गुल्मीको तेस्रो अधिवेशनमा ज्ञवाली निर्विरोध निर्वाचित
धारापानी गाविसका बासिन्दाले अठ्ठाईस वर्षपछि खानेपानी पाए - (तस्बिर सहित)
माओवादी भट्टराई सन्धिखर्कमा, सहमति सहर्काय र एकताले नै निकास पाउने भनाई
सिद्धारामा स्थानीय गाउँले र माओवादीले बनाए काठे पुल - (तस्बिर सहित)
सदरमुकाममा एक रोपनी जग्गाको मुल्य डेढ करोड भन्दा बढी
सिद्धारा गाविसस्थित एक वनमा लागेको आगो अझै नियन्त्रणमा आएन
मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीको जिल्ला अधिवेशन सम्पन्न
सन्धिखर्कमा जनआन्दोलन दिवस,सत्ता कब्जा गर्ने माओवादीको चेतावनी - (तस्बिर सहित)
सन्धिखर्कमा श्री १०८ पन्च्यान मन्दिर ब्यबस्थापना समितीको बैठक सम्पन्न
जनताको विरुद्धलागे राजालाई माओवादीले बाकी नराख्ने-सन्धिखर्कबाट प्राप्त थप समाचार
अर्घाखाँचीको सन्धिखर्कमा २१ औ ऐतीहासीक जनआन्दोलन दिबस मनाइदै
अर्घाखाँचीको धारापानीमा पिउनेपानी तथा सरसफाइ योजनाको उद्दघाटन थालनी
सिद्दारामा माओवादीद्दारा द्धन्दकालमा कव्जा गरिएको जग्गा फिर्ता, पिडीतद्धारा गुनासो
अर्घाखाँचीको ठाडामा ट्टिप्परको ठक्करवाट मोटरसाईकलमा सवार एक वृद्धको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736