arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

राष्ट्रिय जनमोर्चाको वाङ्गला र डिभर्नामा चुनावी कार्यक्रम सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २८, मंगलवार)

world news

वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चाका नेता तथा प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्धार सागर के.सी.ले नेपालको सत्ता संचालन भारतिय रवैयामा चल्दै आएको उल्लेख गर्दै अहिले ‘संबिधानलाई भारतीय इच्छा अनुसार संशोधन गरेर राष्ट्रियता कमजोर बनाउने पक्षमा नेपालकै केही शक्तिहरु लगिपरेको बताउनुभएको छ । 

आगामी मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनको निम्ती आज देखी औपचारीक प्रचार-प्रसारमा जुटेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज वाङ्गलाको भण्डारी पोखरामा सम्पन्न गरेको  वाङ्गला र डिभर्नाको संयुक्त भेलालाई सम्बोधन गर्दै के.सी.ले देश र जनताले जित्नको निम्ती आसन्न निर्बाचनमा त्यस्ता शक्तिलाई पराजित गनुपर्ने बताउनु भएको छ । गंगाराम खनालको अध्यक्षता,सिता भट्टराईको स्वागत मन्तव्य र गोपाल पाण्डेको संचालनमा सम्पन्न भएको अगुवा कार्यकर्ता प्रशिक्षण भेलाले गंगाराम खनालको संयोजकत्वमा ९ सदस्यिय निर्बाचन मुल परिचालन समिति, गोपाल पाण्डेको संयोजकत्वमा ५ सदस्यिय आर्थिक परिचालन समिति र बाबुराम एस.के.को संयोजकत्वमा ७१ सदस्यिय प्रचार-प्रसार समितिको गठन गरेको छ । भेलामा राष्ट्रिय जनमोर्चाका नेता कृष्ण के.सी. र बाबुराम पन्थी सुनारले मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाको जित नै राष्ट्रको जित हुने भन्दै आफ्ना उम्मेद्धारहरुलाई भोट दिन आग्रह गुर्नभएको छ । 

यसैबिच राष्ट्रिय जनमोर्चाको अर्को टोलीले आजै भुमिकास्थान नगरपालिकाको खिल्जी र असुरकोटमा पनि चुनाबी कार्यक्रम  सम्पन्न गरेको छ ।दोर्ण प्रसाद भण्डारीको अध्यक्षता,शिव प्रसाद बन्जाडेको स्वागत मन्तव्य र बुद्धि बन्जाडेको संचालनमा सम्पन्न भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा क्षेत्र नम्बर २ का उम्मेद्धार झबिलाल थापा,समानुपातिक उम्मेद्धार सकुन्तला राना, राष्ट्रिय जनमोर्चाका नेता कमल प्रसाद घिमिरे माधव प्रसाद बन्जाडे, राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्बाचित जनप्रतिनिध निम बहादुर बस्नेत,लक्ष्मी बि.क.,बिष्णु सारु र राम बहादुर नेपालीले ब्याक्तिगत स्वार्थमा फसेर राष्ट्रियहित बिपरित लाग्ने शक्तिहरुलाई पटक-पटक भोट दिएर नेपाली जनता झुक्कीएका कारण अहिले मुलुक गम्भिर संकटमा फसेको दाबी गर्नुभयो । संकटमा फसेको राष्ट्रलाई माथी उकास्न अब जनताले त्यो गल्ती दोहोराउन नहुने भन्दै सचेत हुन आग्रह गर्नुभएको छ । 

सयौं नेता तथा अगुवा कार्यकर्ताहरुको सहभागितामा सम्पन्न भएको भेलाले असुरकोट र खिल्जीमा क्रमश बिष्णु सारु र दोर्ण भण्डारी संयोजक रहेको ९ सदस्यिय निर्बाचन मुल परिचालन समिति,शिव प्रसाद बन्जाडे र निम बहादुर बस्नेत संयोजक रहेको १ सय एक र १ सय १५ सदस्यिय निर्बाचन प्रचार प्रसार समितिको गठन गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीका कांग्रेस प्रतिनिधि सभा उम्मेद्वार डा. राम बहादुर बिसिद्दारा चुनाव जितेपछि कुनै सुबिधा नलिने उद्घोष, निशुल्क क्यान्सर पिडितको उपचार गर्ने
अर्घाखाँचीमा बाम गठबन्धन एमाले - माओवादी केन्द्रका उम्मेदवारहरुले चुनाव जित्नलाई चाहिने भन्दा बढी झुटा भ्रम सृजना गर्दै | टोप बहादुर रायमाझीले काम केही गरेनन् गफ धेरै गरे
पाणिनीको पणेना फागुन मसान्त सम्म पुर्ण सरसफाइयुक्त वडा घोषणा हुने
कांग्रेसको चुनावी कार्यक्रम १ को हंसपुर र २ को सुवर्णखालमा सम्पन्न, टोप बहादुर रायमाझी पटकपटक मन्त्री भएपनि जिल्लाको विकास नगरेको डा. रामबहादुर विसीको आरोप
गुणस्तरीय बिउ उत्पादन गर्दै अर्घा भगवती गुणस्तरीय बिउँ उत्पादन कृषि समुह (तस्बिर सहित)
बाम गठबन्धनकाे केरुङ्गा र बल्काेट दुन्द्रुकमा चुनावी सभा सम्पन्न, कांग्रेस अत्तालिएको टाेपबहादुर रायमाझीकाे आरोप
अन्तत राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बाम गठबन्धनका उम्मेद्धार टोपबहादुर रायमाझीलाई भोट नदिने
अर्घाखाँचीमा १७ जना कर्मचारी छडकेमा परे
सन्धिखर्क नगरपालिकाले अउलाखोलामा जथाभावी प्लाष्टिकजन्य फोहोर जलाउदा वातावरण प्रदुषित, स्थानियबासी चिन्तित
पालीमा श्री बाबुराम प्राविको संस्थापक चन्दादाताको स्वागत र सम्मान कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा पूर्ण सरसफाइं सम्बन्धि सैद्धान्तिक र ब्यबहारिक प्रशिक्षण सम्पन्न
बाम गठबन्धनको ठूलापोखरा र छत्रगञ्जमा चुनावी सभा सम्पन्न, बिकास र सम्बृद्धिको लागि बाम गठबन्धन भएको टोप बहादुर रायमाझी भनाई (तस्बिर सहित)
कांग्रेसको चुनावी कार्यक्रम १ को गोखुंगा र २ को जुकेना र सितापुरमा सम्पन्न
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्दारा चुनाबी कार्यक्रम तथा प्रतिबद्धतापत्र सन्धिखर्कमा सार्बजनिक
पाणिनी गाउँपालिकाकाे मैदान बाेखरमा जिप दुर्घटना
प्रहरीद्दारा बिप्लब कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला सचिबालय सदस्य चाैहानलाई सन्धिखर्कबाट गिरफ्तार
सुपादेउराली युथ नेटवर्कद्दारा ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क दन्त शिविर संचालन
बाम गठबन्धनको मालारानी १ र २ तथा छत्रदेव ७ र ८ मा चुनावी सभा सम्पन्न, आफ्नो विजयलाई कसैले रोक्न नसक्ने टोप बहादुर रायमाझीको भनाई
कांग्रेसको चुनावी कार्यक्रम अर्घा-धरमपानी, लापेमा र जलुकेको लापेमा सम्पन्न (तस्बिर सहित)
शीतगंगाको जुकेना गल्दामा बाम गठबन्धको चुनाबी भेला सम्पन्न (तस्बिर सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736