arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

राष्ट्रिय जनमोर्चाको वाङ्गला र डिभर्नामा चुनावी कार्यक्रम सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २८, मंगलवार)

world news

वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चाका नेता तथा प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्धार सागर के.सी.ले नेपालको सत्ता संचालन भारतिय रवैयामा चल्दै आएको उल्लेख गर्दै अहिले ‘संबिधानलाई भारतीय इच्छा अनुसार संशोधन गरेर राष्ट्रियता कमजोर बनाउने पक्षमा नेपालकै केही शक्तिहरु लगिपरेको बताउनुभएको छ । 

आगामी मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनको निम्ती आज देखी औपचारीक प्रचार-प्रसारमा जुटेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज वाङ्गलाको भण्डारी पोखरामा सम्पन्न गरेको  वाङ्गला र डिभर्नाको संयुक्त भेलालाई सम्बोधन गर्दै के.सी.ले देश र जनताले जित्नको निम्ती आसन्न निर्बाचनमा त्यस्ता शक्तिलाई पराजित गनुपर्ने बताउनु भएको छ । गंगाराम खनालको अध्यक्षता,सिता भट्टराईको स्वागत मन्तव्य र गोपाल पाण्डेको संचालनमा सम्पन्न भएको अगुवा कार्यकर्ता प्रशिक्षण भेलाले गंगाराम खनालको संयोजकत्वमा ९ सदस्यिय निर्बाचन मुल परिचालन समिति, गोपाल पाण्डेको संयोजकत्वमा ५ सदस्यिय आर्थिक परिचालन समिति र बाबुराम एस.के.को संयोजकत्वमा ७१ सदस्यिय प्रचार-प्रसार समितिको गठन गरेको छ । भेलामा राष्ट्रिय जनमोर्चाका नेता कृष्ण के.सी. र बाबुराम पन्थी सुनारले मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाको जित नै राष्ट्रको जित हुने भन्दै आफ्ना उम्मेद्धारहरुलाई भोट दिन आग्रह गुर्नभएको छ । 

यसैबिच राष्ट्रिय जनमोर्चाको अर्को टोलीले आजै भुमिकास्थान नगरपालिकाको खिल्जी र असुरकोटमा पनि चुनाबी कार्यक्रम  सम्पन्न गरेको छ ।दोर्ण प्रसाद भण्डारीको अध्यक्षता,शिव प्रसाद बन्जाडेको स्वागत मन्तव्य र बुद्धि बन्जाडेको संचालनमा सम्पन्न भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा क्षेत्र नम्बर २ का उम्मेद्धार झबिलाल थापा,समानुपातिक उम्मेद्धार सकुन्तला राना, राष्ट्रिय जनमोर्चाका नेता कमल प्रसाद घिमिरे माधव प्रसाद बन्जाडे, राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्बाचित जनप्रतिनिध निम बहादुर बस्नेत,लक्ष्मी बि.क.,बिष्णु सारु र राम बहादुर नेपालीले ब्याक्तिगत स्वार्थमा फसेर राष्ट्रियहित बिपरित लाग्ने शक्तिहरुलाई पटक-पटक भोट दिएर नेपाली जनता झुक्कीएका कारण अहिले मुलुक गम्भिर संकटमा फसेको दाबी गर्नुभयो । संकटमा फसेको राष्ट्रलाई माथी उकास्न अब जनताले त्यो गल्ती दोहोराउन नहुने भन्दै सचेत हुन आग्रह गर्नुभएको छ । 

सयौं नेता तथा अगुवा कार्यकर्ताहरुको सहभागितामा सम्पन्न भएको भेलाले असुरकोट र खिल्जीमा क्रमश बिष्णु सारु र दोर्ण भण्डारी संयोजक रहेको ९ सदस्यिय निर्बाचन मुल परिचालन समिति,शिव प्रसाद बन्जाडे र निम बहादुर बस्नेत संयोजक रहेको १ सय एक र १ सय १५ सदस्यिय निर्बाचन प्रचार प्रसार समितिको गठन गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
मंसिर २१ मा हुने चुनावका लागि अर्घाखाँचीमा ९३ मतदान स्थल, १७४ मतदान केन्द्र कायम
अर्घाखाँचीमा कांग्रेस उम्मेदवार डा. राम बहादुर विसी प्रतिष्ठा र बाम गठबन्धनका उम्मेदवार टोप बहादुर रायमाझी निरन्तरताको दौडमा
अर्घा भगवती विमानस्थलको शिलान्यास भएको १६ महिना बित्दा पनि काम शुरु भएन
गुल्मी माइक्रो जिप दुर्घटनामा छत्रदेव गाउँपालिका भगवतीका रामप्रसाद पाण्डेको मृत्यु
अर्घाखाँचीमा म्यादी प्रहरीको तालिम शुरु (तस्बिर सहित)
सन्धिखर्क रोकाहटोलाकी १८ वर्षिया एक युवतीद्दारा बिहे गरेको १ वर्ष नपुग्दै झुन्डिएर अात्माहत्या
भगवतीमा उषा किरण कृषि सहकारी संस्थाको प्रथम साधारणसभा सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीमा कांग्रेस, वाम गठबन्धन एमाले - माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका उम्मेदवार यस्ता छन् (पुरा विवरण सहित)
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्धारा निर्बाचन केन्द्रित प्रशिक्षण भेला सम्पन्न (तस्बिर सहित)
पोखराथोकमा सिर्जनशिल साहित्य शिवीर सम्पन्न (तस्बिर सहित)
शितगंगा नगरपालिकाको नयाँबस्तीमा सरसफाइ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
बागीमा क्यानसर पीडित र महिला समूहलाई धनिया र प्याजको बीउ वितरण
डिभर्नामा स्थानीय सभा सम्पन्न
५ नम्बर प्रदेश प्रहरी प्रमुखद्दारा निर्वाचनको बेला अर्घाखाँचीमा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन (तस्बिर सहित)
अर्घाखाँचीमा म्यादी प्रहरीको नतिजा सार्वजनिक, ८५३ जना उतिर्ण (उतिर्ण हुनेको नामावली सहित)
सन्धिखर्कमा टेम्पो संचालन
बल्कोट बहुमुखी क्याम्पसको सम्बन्धन र महेन्द्र विद्याबोध माविको स्वर्ण जयन्ती मनाउन काठमाण्डौंमा छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, निर्वाचन कार्यतालिका सार्वजनिक
अर्घाखाँचीमा असोज महिनामा १,२४६ जनालाई नागरिकता प्रमाण-पत्र वितरण
डिभर्नामा एमालेको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736